संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।१०।२७ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमका निर्णय भएका छन ।
समितिको आजको बैठकमा सवारी साधनमा प्रयोग हुने इन्धनको मूल्य अनुसार सवारी साधनहरुको भाडा दर सामयिक एवं आवधिक रुपमा समायोजन गर्ने व्यवस्था सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधिहरुसँग छलफल हुनुका साथै देहाय वमोजिम निर्णय भयो ः–
१. इन्धनको मूल्यमा हुने घटवढका आधारमा सार्वजनिक सवारी साधनको वैज्ञानिक रुपमा भाडादर निर्धारण गरी लागु गर्नका लागि नेपाल सरकारले तयार गरेको Cost Analysis Chart बमोजिम छुट हुन आउने भाडादरलाई हाल कायम मापदण्ड अनुसार रु ५।– घटवढ भए पश्चात् १५÷१५ दिनमा समायोजन गर्दै पारदर्शी रुपमा भाडादर निर्धारण गरी तत्कालै लागू गर्न (२ दिनभित्र) समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।
२. नेपाल सरकारले सार्वजनिक यातायातको वैज्ञानिक भाडादर निर्धारणको लागि तयार गरेको पद्धति/Cost Analysis Chart मा रहेका सूचकहरु परिमार्जन गर्दै सुधार गर्न तथा बैज्ञानिक भाडादर निर्धारणका लागि SAARC मुलुकहरुले अपनाएको मापदण्ड अनुसार परिमार्जन गर्न तथा SAARC मूलुकहरुका यस सम्बन्धी आधार एवं मापदण्ड २ महिनाभित्र समितिलाई उपलब्ध गराउन समिित नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।
३. सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्ने सम्बन्धमा अन्य सूचकहरु प्रायः स्थिर (Constant) रहेको अवस्थामा इन्धनको मूल्यमा हुने घटवढले महत्वपूर्ण प्रभाव पार्ने निश्चित एवं स्पष्ट देखिन्छ । तसर्थ इन्धनको मूल्यमा हुने घटवढका आधारमा उपभोक्तालाई महशुस हुने गरी भाडादर निर्धारण गर्ने स्वचालित प्रणालीको तुरुन्तै विकास गर्न र कार्यान्वयवनमा ल्याउन हाल निर्धारित कायम रहेको मापदयड अनुसार रु ५।– घटबढ भए पश्चात् भाडादर पुनरावलोकन÷समिक्षा गर्न र सो को प्रतिवेदन समितिलाई उपलब्ध गराउन समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई निर्देश गर्दछ ।
४. वैज्ञानिक भाडादर समायोजन गरी लागू गर्ने सम्बन्धमा विशेष गरी आम उपभोक्ताहरुको हित खासगरी अपाङ्ग, महिला, विद्यार्थी एवं जेष्ठ नागरिक लगायतको हितलाई ध्यानमा राखि भाडादर समायोजन गर्न समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलार्ई निर्देश गर्दछ । साथै समायोजित भाडादर आवधिक रुपमा राजपत्रमा प्रकाशन गर्ने व्यवस्था मिलाउन समेत समिति उल्लिखित निकायलाई निर्र्देश गर्दछ ।
५. नेपालका अधिकांश ग्रामीण तथा शहरी स्थानहरुमा प्राइभेट प्लेट भएका सवारी साधनहरुले गैरकानुनी रुपमा सार्वजनिक सेवा दिइरहेको र यस्ता सवारी साधनहरुको तेस्रो पक्ष विमाले प्रयोगकर्ता यात्रु उपभोक्ताको विमा Coverage गर्ने नदेखिएकोले प्राइभेट प्लेट भएका तर सार्वजनिक यातयातको सेवा प्रदान गर्ने यस्ता सवारी साधनहरुका सम्बन्धमा अनुगमन गरी नियन्त्रण गर्न तथा सेवाग्राहीले प्राप्त गर्ने विमामा एकरुपता कायम गर्न स्पष्ट विमा नीति निर्धारण गरी कार्यान्वयनमा ल्याउन समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलार्ई निर्देश गर्दछ ।
६. सार्वजनिक यातायातहरुमा सिटभन्दा बढि यात्रु राख्न, विशेष अवसरहरु खास गरी चाडबाडहरुमा निर्धारण भन्दा बढि भाडा लिन तथा प्रयोग कर्ता उपभोक्ताहरुको हितलाई बढि भन्दा बढि ध्यान दिई चुस्त सेवा प्रवाह गर्ने गराउने व्यवस्था मिलाउन समिति सम्बन्धित मन्त्रालय तथा सेवा प्रदायकहरुलाई गम्भीरतापूर्वक निर्देश गर्दछ ।
७. यातायातको व्यवस्थापन सञ्चालनको अनुगमन कार्यलाई प्रभावकारी बनाउन यातायात व्यवसायी समेत रहेको अनुगमन समिति गठन गरी निरन्तर कार्य सम्पादन गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग तथा सेवा प्रदायकलार्ई निर्देश गर्दछ ।
८. सार्वजनिक सडक (मर्मत सम्भार÷स्तरोन्नति) प्रयोग तथा व्यवस्थापन निर्देशिका निर्माण गरी ३ महिनाभित्र लागू गर्न र उक्त निर्देशिका समितिलाई उपलब्ध गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलार्ई निर्देश गर्दछ ।
श्रोत : समितिको सचिवालय