दोश्रो पटक समितिको आफ्नै समिक्षा र बिपत ब्यबस्थापन सम्बन्धि निर्णय

छलफल एवं निर्णय

व्यवस्थापिका–संसद विकास समितिको आजको बैठकमा समितिले आफ्नो कार्यक्षेत्रका सम्बन्धमा विगत ४ महिनामा भए गरेका काम कारवाहीहरुको समग्रमा समीक्षा (दोस्रो समीक्षा) तथा मुल्याङ्कन गर्दै हालैको बिनासकारी भूकम्प पश्चात्को अवस्था एवं सन्दर्भमा समितिको कार्य प्रभावकारीतालाई कसरी अभिवृद्धि गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल गर्दै समितिले हाल सम्म नेपाल सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयन स्थिति, र सम्बन्धित निकायले निर्वाह गर्नु पर्ने भूमिकाका सवल एवं कमजोर पक्षहरु र सुधार गर्नुपर्ने पक्षहरुका सम्बन्धमा समेत छलफल गर्दै देहाय बमोजिमको निर्णय ग¥यो ः

१. समितिको आज बसेको दोस्रो समीक्षा बैठकले समितिले २०७१ साल पुस २० गते पश्चात् हाल सम्म नेपाल सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विस्तृत जानकारी समितिलाई ७ दिनभित्र उपलब्ध गराउन नेपाल सरकारलाई निर्देशन दिने साथै विस्तृत जानकारी प्राप्त भैसके पछि सम्बन्धित मन्त्रालयलाई समितिमा आमन्त्रण गरी समितिले दिएका निर्देशनहरु कुनै कार्यान्वयन हुन नसकेको भए किन हुन नसकेको हो जानकारी लिने निर्णय ग¥यो ।

२. समितिले हाल सम्म दिएका निर्देशनहरुको कार्यान्वयनको स्थितिको यथार्थ अवस्था बुझ्न स्थलगत अवलोकन भ्रमण तथा निरीक्षण कार्यहरु क्रमशः प्राथमिकताका आधारमा गर्ने ।bikas samiti 2
३. विकास निर्माण एवं पुर्ननिर्माणका सम्बन्धमा समितिले नेपाल सरकारलाईदिएका निर्देशनहरुको जानकारी एवं निर्देशनहरुको कार्यान्वयनको जानकारी आम नागरिकलाई उपलब्ध गराउने उद्धेश्यले समितिले सामूहिक रुपमा पत्रकार सम्मेलन गरी विवरण उपलब्ध गराउने निर्णय ग¥यो ।

४. हालैको विनासकारी भूकम्पले राष्ट्रिय जीवनमा पारेको प्रभावलाई न्यूनीकरण गर्न व्यवस्थापिका–संसद अन्तर्गतको राष्ट्रिय विपत व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले गरेका कामकारवाहीहरु नदोहोरिने गरी विकास समितिले आफ्नो कार्यक्षेत्र भित्र रही राष्ट्रिय जनजीवनलाई सामान्य बनाउने सम्बन्धमा केन्द्रित रही कार्य सम्पादन गर्ने निर्णय ग¥यो ।

५. राष्ट्रिय प्राथमिकताका योजनाहरुको कार्यान्वयन पक्षहरु विनासकारी भूकम्प पश्चातको पुर्ननिर्माणका कार्यहरु साथै दुर्गम क्षेत्रको विकासलाई प्राथमिकता दिंदै र भएका विकास निर्माणका कामहरुलाई स्थायित्व दिने समसामयिक विषयहरु (भू–उपयोग नीति, अन्तर्राष्ट्रिय विमान स्थल, व्यवस्थित वस्ति विकास भूकम्प प्रतिरोधी विकास निर्माण लगायतका भौतिक पूर्वाधारहरु) सार्वजनिक महत्वका विषयहरु, नीतिगत र व्यावहारिक विषयहरुलाई क्रमशः आवश्यकता अनुसार कार्यसूचीमा समावेश गर्दै अगाडि बढ्ने निर्णय ग¥यो ।

६. बिनासकारी भूकम्पका कारण आगामी वर्षायाममा हुनसक्ने विपत विशेष गरी बाढी पहिरोका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विषेश गरी जोखिम युक्त वस्ती स्थानान्तरण गर्न तथा सार्वजनिक जग्गा वन अतिक्रमण गरी अव्यवस्थित वस्ती विकास हुन सक्ने जोखिमलाई रोक्न तत्काल कार्ययोजना सहित कार्य प्रारम्भ गर्न र उक्त कार्ययोजना ३ दिनभित्र समितिलाई उपलब्ध गराउन समितिले नेपाल सरकारलाई निर्देशन दिने निर्णय भयो । bikas samiti1
७. विनसकारी भूकम्पका कारण नियमित विकास निर्माणका काममा गम्भिर प्रभाव पारेको कारण स्थानीय जिल्ला विकासको लागि विनियोजित वजेट आर्थिक वर्षको अन्त्यसँगै फ्रिज हुने व्यवस्थालाई पुनरावलोकन गरी निश्चित समय सम्म फ्रिज नहुने व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिने निर्णय गर्यो ।

 श्रोत : समितिको सचिवालय