व्यवस्थापिका–संसद विकास समिति
मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण प्रतिवेदन
१.पृष्ठभूमि
व्यवस्थापिका संसद– संसद विकास समितिको २०७१ साल कात्तिक २६ गते बसेको बैठकको छलफल र २०७१÷९÷३ गतेको समितिको निर्णय अनुसार विकास समितिले समितिका माननीय सभापति श्री रवीन्द्र अधिकारी, माननीय सदस्यहरु, आमन्त्रित सदस्यहरु, समिति सचिवालयका कर्मचारीहरु, सञ्चारकर्मी, मेलम्ची खानेपानी आयोजना प्रमुख सहितको सहभागितामा काठमाडौं उपत्यकाको खानपानी अभावलाई दीर्घकालिन रुपमा समाधान गर्ने उद्देश्यले निर्माणधिन रहेको मेलम्ची खानेपानी आयोजनाको २०७१÷०९÷०४ गते स्थलगत भ्रमण ग¥यो । आयोजना स्थलको अध्ययन तथा अनुगमनका लागि रहेको उक्त भ्रमणमा आयोजनाको वर्तमान वस्तुस्थिति, कार्यसम्पादनको अवस्था, समस्या तथा चुनौतिहरुका सम्बन्धमा आयोजना प्रमुख, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायी ऋःऋ कम्पनीका आयोजना प्रमुखसँग अन्तरक्रिया गरी आयोजनाको सम्पूर्ण वर्तमान अवस्थाको जानकारी प्राप्त भयो ।
२. परिचय ः–
काठमाडौं उपयकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालिन रुपमा समाधन गर्ने र काठमाडौं उपत्यकाका बासिन्दाको स्वास्थ्य स्थिति तथा जीवनस्तर सुधारमा योगदान गर्ने उद्देश्यका साथ निर्माणाधिन रहेको मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकादेखि ४२ कि.मि. को दूरीमा उत्तर–पूर्वी दिशामा अवस्थित छ । सन् १९९८ मा आयोजना कार्यान्वयनका लागि मेलम्ची खानेपानी विकास समिति गठन भएको र पछि सन् २००० मा मेलम्ची खानेपानी आयोजना सुरु गरिएको हो । आयोजनाको पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गा.वि.स. अन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्कस) निर्माण गरी रिवर्मा देखि सुन्दरीजलसम्म २६.५ कि.मि. लामो सुरुङका माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यका भित्र्याउने र आयोजनाको दोस्रोे चरणमा याङ्ग्री र लार्के खोलाबाट दैनिक १७÷१७ करोड लिटरका दरले थप पानी काठमाडौं ल्याउने लक्ष्य रहेको छ ।
३. मेलम्ची खानेपानी आयोजनाको समग्र वस्तुस्थिति तथा वर्तमान अवस्था ः–
सन् १९९८ मा आयोजनाको विस्तृत अध्ययन सुरु भई सन् १९९९ मा ल्यचउबिल ब्।क्। बाट अन्तिम डिजाइन अध्ययन भएको यस आयोजनाको आरम्भ सन् २००० बाट भयो । सन् २००१ मा एसियाली विकास बैकद्धारा १२० मिलियन डलर बराबर लगानी गर्ने गरी ऋण स्वीकृत भएको थियो । एडिबी, नेपाल सरकार, विश्व बंैक , जापान तथा अन्य म्भखभयिऊभलत एबचतलभचक को सहयोग रहने यस आयोजनाको सुरुको प्रक्षेपित लागत ४६४ मिलियन यु. एस् डलर थियो । सन् २००७ भित्र आयोजना सम्पन्न गर्ने गरी गरिएको ऋण सम्झौताको अवधि सम्म पनि आयोजनाको कुनै काम अगाडि नवढिरहेको अवस्थामा एसियाली विकास बैंकले ऋणको अवधि यथास्थितिमा बढाउन नचाहेकाले सन् २००८ मा आयोजनाको पुनसंरचना गरियो ।
आयोजना पुनः संरचना पछिको वित्तिय अवस्था
लगानीको श्रोत मेलम्ची परियोजना काठमाडौं उपत्यका जम्मा कैफियत
नेपाल सरकार ७३.९ १६.७ ९०.६
एशियाली वि. बैंक १०३.८ ३३.२ १३७.० ऋण
जेबिक ४७.५ – ४७.५ ऋण
जाइका – १८.० १८.० अनुदान
एनडिएफ १०.५ – १०.५ ऋण
ओपेक १३ं.७ – १३.७ ऋण
जम्मा २४९.४ ६७.९ ३१७.३
आयोजना सम्बन्धि विवरण ः–
आयोजना सुरु मिति – जनवरी २००१
आयोजना सम्पन्न गर्ने सुरुको लक्ष्य – डिसेम्बर २००७
आयोजना पुनः संरचना भएको मिति – जनवरी २००८
आयोजना सम्पन्नसगर्ने संशोधित मिति – डिसेम्बर २०१३
आयोजना सम्पन्न गर्नुपर्ने पुनःसंशोधित मिति – सेप्टेम्बर २०१६
सुरुङ निर्माण कार्य ः–
हेड वक्र्स तथा डाइभर्सन टनेल निर्माण कार्यका लागि निर्माण व्यवसायीका रुपमा चाईनिज ऋच्ऋऋ(ऋःक्ष्क्ष्ऋ व्ख् कपम्नीले सन् २००९ फेब्रुअरी १९ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार मिति २००९ अप्रिल २१ मा काम सुरु भयो । आयोजनाको ठेक्का रकम करिब ४ अर्ब २९ करोड रुपैयाँ (भ्याट सहित) र काम सम्पन्न गर्नु पर्ने मिति २०१३ सेप्टेम्बर २ रहेको थियो । निर्माण व्यवसायीबाट ऋयलतचबअत को प्रावधान अनुसार आवश्यक मानव संसाधान, मेसिनरी औजार उपकरण तथा निर्माण सामग्रीको उचित व्यवस्थापन गर्न नसक्नु, स्वीकृत कार्यतालिका अनुसार सुरुङ निर्माण गर्न नसक्नुको कारणले (७८.६५% ऋयलतचबअत को अवधि समाप्त हुँदा १५.५% मात्र प्रगति हुनु) उक्त कम्पनीको ठेक्का तोडिएको थियो ।
तत्पश्चात पुनःबोलपत्र प्रकृयाबाट नयाँ निर्माण व्यवसायी इटालियन ऋःऋ मष् च्बखभललब कम्पनीसँग मिति २०७१÷३÷३१ (व्गथि ज्ञछ, द्दण्ज्ञद्ध) मा ठेक्का सम्झौता सम्पन्न भयो । आयोजनाको लागि आवश्यक पर्ने थप बजेट व्यवस्था गर्न नेपाल सरकार तथा एसियाली विकास बैंकबीच सहमति भई एसियाली विकास बैंकको श्रोतबाट २ अर्ब ५० करोड (२५ मि. यु. एस् डलर) र नेपाल सरकारको श्रोतबाट १ अर्ब ३० करोड (१३ मि. यु. एस् डलर) थप गर्न ऋण सम्झौत भयो । यो बजेट आयोजना पूनसंरचनामा व्यवस्था भएको ३१७.३ मिलियन यु. एस् डलरमा थप गरिएको बजेट हो । ठेक्का सम्झौता अनुसार कार्य सम्पन्न गर्नुपर्ने मिति २०१६ सेप्टेम्बर ३० रहेको छ । निर्माण व्यवसायीलाई सन् २०१३ अक्टोबर १ मा कार्यादेश दिएको र २०१३ अक्टोबर ६ मा साइट (क्ष्तभ) हस्तान्तरण गरिएको थियो ।
निर्माण व्यवसायिबाट दु्रतगतिमा निर्माण कार्य सम्पन्न गराउन तोकिएको समयभन्दा अगावै उक्त कार्य सम्पन्न गरेमा प्रतिदिन सम्झौता रकमको ०.०५% का दरले अधिकतम ९% सम्म बोनस भुक्तिनी दिने प्रावधान रहेको हुँदा निर्माण व्यवसायीलाई तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
नयाँ सम्झौता अनुसार हालसम्मको अवस्था ः–
— जनवरी १, २०१४ मा सुन्दरीजलबाट सुरुङ निर्माण कार्य पुनः सुरु भएको ।
— अप्रिल २०१४ देखि सिन्धु–अम्बाथान खण्ड बाहेक अन्य सबै फेसहरुबाट सुरुङ निर्माण कार्र्य सुरु गरिरहेको ।
— पहँुच मार्गहरुको सुधार कार्य गरी सुचारु अवस्थामा रहेको ।
— अम्बाथान अडिटदेखि हेडवक्र्स निर्माणस्थलसम्मको सडक निर्माण कार्य सम्पन्न भएको ।
— रिवर हेडवक्र्समा पानी पथान्तरण सुरुङ (Diversion tunnel) निर्माण भइरहेको ।
— रिबर हेडवर्कस्मा Open Cut Excavation कार्य भइरहेको
— निर्माण व्यवसायिबाट अहिलेसम्म ४०.२८% समयावधीको समाप्तिमा १७.५१% मात्र कार्य सम्पन्न भएको छ ।
— हालसम्म वर्तमान निर्माण व्यवसायीले लगभग ३.७ कि.मि. सुरुङ्ग निर्माण कार्य सम्पन्न गरेको छ । पूर्व निर्माण व्यवसायी चाइनिज कम्पनीबाट सम्पन्न ६.४ कि.मि.सहित कूल १०.१ कि.मि. (अडिट टनेल लगभग १.४ कि.मि. र वाटर टनेल ८.७ कि.मि.) मात्र सुरुङ्ग खनिएको पाईयो ।
— हयोल्मो सिन्धु मेलम्ची उपत्यका समाजिक उत्थान कार्यक्रम संचालन समिति मार्फत् यस परियोजनाबाट प्रभावित १४ वटा गाउँ विकास समितिका जनताको प्रतिनिधित्व गराई २०६४ देखि सामाजिक उत्थान कार्यक्रम शिक्षा, स्वास्थ्य, आय–आर्जन, ग्रामिण विद्युतिकरण तथा मध्यवर्ती विकास क्षेत्र कार्यक्रम सञ्चालनमा रहेका देखियो ।
यसका अलावा काठमाण्डौंको सुन्दरीजलमा प्रतिदिन ८ करोड ५० लाख लिटरको पानी प्रशोधन केन्द्र निर्माणाधिन अवस्थामा रहेको र उक्त प्रशोधित पानीलाई काठमाण्डौं उपत्यकाभित्र व्यवस्थित रुपमा वितरण गर्नको लागि पाइपलाइन विस्तार कार्य भइरहेको पाइन्छ ।
क्षतिपूर्ती, पुनर्वास तथा मुआब्जा वितरणको स्थिति ः
जम्मा घरधुरी –२९९३
क्षतिपूर्ती वितरण गरेको घरधुरी – २,६२४
प्रभावित कित्ता संख्या – ५,२०९
मुआब्जा वितरण गरिएको कित्ता संख्या – ४,७८९
जम्मा क्षेत्रफल, हेक्टर – ८०.७८
मुआब्जा वितरण गरिएको क्षेत्रफल, हेक्टर – ७२.१३
कूल रकम – ९२ करोड ५० लाख
मुआब्जा तथा क्षतिपूर्ती वितरण गरिएको रकम – ८४ करोड
सामाजिक उत्थान कार्यक्रमको जम्मा रकम – ४७.६२ करोड
हालसम्म भएको खर्च – ३६ करोड
पुनर्वास र क्षतिपूर्ती रकम वितरण भएका क्षेत्रहरु ः– जग्गा, घर, बालीनाली, सामुदायिक जंगल, वन, वागवानी, पानी घट्ट, मिल आदि निर्माण र पुनः निर्माण
मेलम्ची खानेपानी आयोजनाका समस्या तथा चुनौतीहरु ः–
आ.ब. २०७०÷७१ को अन्त्यमा मात्र सुरुङ निर्माणको ठेक्का सम्झौता सम्पन्न भएको हुँदा प्रारम्भिक कार्यहरुमा ढिलाई हुन गएको छ । साथै सुरुङ्ग निर्माणको क्रममा कमजोर भौगर्भिक अवस्था लगायत, समग्र व्यवस्थापनमा भएको कमी कमजोरीबाट सुरुङ निर्माण र समग्र आयोजनाको कार्यप्रगतिमा अवरोध पुग्न गएको देखिन्छ । यस आयोजनाका अन्य समस्या तथा चुनौतीहरु देहाय बमोजिम रहेका छन् ।
> हेडवक्र्स एवं सुरुङ निर्माणको लागि निर्माण व्यवसायीबाट मेशिनरी औजारहरुको समयमै व्यवस्थापन हुन नसक्नु ।
> ठेक्का सम्झौता भए लगत्तै निर्माण व्यवसायीबाट अग्रिम भुक्तानीको लागि बैंक जमानत पेश गर्नु पर्नेमा दुई महिना ढिला गरी पेश गरेकोले अग्रिम भुक्तानीमा ढिलाई भएको ।
> निर्माण व्यवसायीबाट दक्ष जनशक्ति तथा स्रोत साधन नियमित आपूर्तीको व्यवस्थापनमा कमि देखिएको ।
> म्चष्ििष्लन गर्दा इखभच भ्हअबखबतष्यल रहेको देखिएको ।
> सुपरिवेक्षण तथा अनुगमनमा अपेक्षाकृत कमि रहेको पाईयो ।
> पूर्व निर्माण व्यवसायीबाट भण्डारण गरिएको भ्हउयिकष्खभ को प्रयोग भएको पाईयो । जस्को प्रभावकारिता केही कम रहेको कारणले समेत कार्य प्रगतिमा असर परेको पाईयो ।
> आयोजनामा संलग्न भईरहेको कर्मचारी एवम् अन्य जनशक्तिहरुको तलिम र व्यवसायीक क्षमतामा कमि
> मेलम्ची खानेपानी आयोजना कार्यान्वयनको लागि गरिएको विस्तृत वातावरणीय प्रभाव मूल्याङकन(भ्क्ष्ब्) प्रतिवेदनले औल्याएका क्षेत्रहरुमा हालसम्मको उपलब्धिको पूर्ण अध्ययन नहुनु ।
> आयोजना प्रभावित क्षेत्रका जनताहरु आयोजनाका पक्षमा रहँदा रहदै पनि सुरुङ निर्माण कम्पनीले आफ्नो तर्फबाट काममा भइरहेको ढिलासुस्तीको ढाकछोप गर्नु । आयोजनाबाट अनावश्यक फाइदा लिन स्थानीय समुदायबीच यदाकदा अनावश्यक द्वन्द्व सिर्जना गराउन खोज्नु ।
> राजनीतिक अस्थिरताले समेत अप्रत्यक्ष रुपमा आयोजनाको प्रगतिमा असर पर्न गएको देखियो ।
> निर्माण व्यवसायीद्वारा तोकिएको समयावधिभित्र निर्माण कार्य सम्पन्न गर्नको लागि हालको अवस्थामा दैनिक रुपमा करिब ४० मि. सुरुङ निर्माण कार्य गरिनु पर्ने रहेकोमा हालको उपलब्धि केवल औसतमा २०–२५ मि. प्रतिदिन रहेको हँुदा तोकिएको समयमा सुरुङ निर्माण गर्नु चुनौतीपूर्ण रहेको छ ।
> मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा पथान्तरण भइसकेपछि प्राप्त राजस्वको अनुपातमा केही अंश आयोजना प्रभावित क्षेत्रमा भिखथ को रुपमा उपलब्ध गराउने प्रावधान रहेकोमा सोको कार्यान्यनको लागि हालको अवस्थामा ऐन नियमको पर्याप्त व्यवस्था नभएको ।
> आयोजनाको निर्माण कार्य सम्बन्धी विभिन्न विषयहरुमा स्वीकृती लिनको लागि प्रक्रियागत जटिलता भएको र अन्तरनिकायगत समन्वयको कमि रहेको । उदाहरणका लागि आयोजनाको केहि क्षेत्र राष्ट्रिय निकुञ्ज एवं लामटाङ्ग मध्यवर्ती विकास क्षेत्रभित्र पर्ने हँुदा सो क्षेत्रभित्र निर्माण कार्य गराउँदा सम्बन्धित निकायबाट स्वीकृति लिँदा लामो समय खर्चिनु पर्ने अवस्था रहेको देखियो ।
> निर्माण व्यवसायीबाट निर्माण कार्य अविछिन्न रुपमा संचालन गर्नको लागि आवश्यक हुने निर्माण सामग्री, मेशिनरी औजारको नियमित मर्मत सम्भार लगायत दक्ष जनशक्तिहरुको अभाव भइरहँदा दैनिक लक्ष्य अनुसारको प्रगति हासिल हुन कठिनाइ भएको पाईयो ।
> हेडवक्र्स तथा सुरुङ निर्माणको म्भकष्नल एवं सुपरीवेक्षण परामर्शदाताको म्याद सन् २०१५ मार्च सम्म रहेको अवस्थामा छोटो अवधिमा परामर्शदाता छनौट गर्ने कार्य चुनौतीपूर्ण रहेको ।
> मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणमा १७ करोड लिटर प्रतिदिन पानी उपलब्ध हुने भएतापनि हाल निर्माणाधीन पानी प्रशोधन केन्द्रको क्षमता केवल प्रतिदिन ८.५ करोड लिटर प्रशोधन गर्न सक्ने रहेको पाइयो ।
> काठमाण्डौं उपत्यकाभित्र भईरहेको पाईपलाईन विस्तारको कार्य समग्रमा अपेक्षाकृत कम गतिमा भएको पाइयो ।
निर्देशन र सुझावहरु ः–
> निर्माण व्यवसायीबाट निर्माण प्रविधि, निर्माण सामग्रीहरु, मेशिनरी औजार र उपकरणहरुको नियमित मर्मत सम्भार एवं दक्ष जनशक्तिको आवश्यकता अनुसार उपलब्धता गराई व्यवस्थापनमा सुधार ल्याउनु पर्ने जसले गर्दा दैनिक ४० मि. सुरुङ निर्माण कार्य गर्न सकियोस् । साथै विद्यमान जनशक्तिले तोकिएको समयमा तोकिएको काम सम्पन्न गर्न नसक्ने देखिएकोले कम्तिमा पचास प्रतिशत जनशक्ति बढाई निधारित समयमै कार्य सम्पन्न गर्नुपर्ने ।
> निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी अन्तरगतका सम्पूर्ण कार्यहरु पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण मानवीय जनशक्ति, प्रविधि, आर्थिक श्रोतको व्यवस्थापनमा कमि हुन नदिई इच्छाशक्तिका साथ जिम्मेवारी बोध गरी समयभित्रै कार्य सम्पन्न गर्न प्रयाश गरिनुपर्ने ।
> आयोजना निर्माण कार्यको शिलसिलामा सरकारले आईपर्ने विभिन्न समस्या एवम् विषयहरुमा स्वीकृतिको लागि अन्तरनिकायगत समन्वय हुनुपर्ने साथै प्रक्रियागत ढिलासुस्तीको अन्त्य गर्नुपर्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयको समन्वयमा भैरहेका संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने ।
> समयसिमाभित्रै कार्य सम्पन्न गर्नको लागि प्रक्रिया छोट्टयाउन विभिन्न विषयमा स्वीकृतिका लागि ँबकत त्चबअप एचयअभमगचभ अवलम्वन गर्नकालागि सरकारलाई निर्देशन गर्दछ ।
> आयोजनालाई छिटो सम्पन्न गर्न केन्द्रदेखि स्थानीय स्तरसम्म राजनीतिक प्रतिवद्धता व्यक्त गरी काम गर्नुपर्ने ।
> आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने काठमाण्डौं बासीबाट आयोजनालाई समयमै सम्पन्न गराउन सकरात्मक चासो लिई पहलकदमी लिनु पर्ने ।
> आयोजना सम्पन्न पश्चात आयोजना प्रभावित क्षेत्रमा उपलब्ध गराउन प्रतिवद्धता गरिएको ीभखथ को कार्यान्वयनको लागि यथाशिघ्र मौजुदा ऐन नियमलाई परिमार्जन गरिनुपर्ने ।
> यथासम्भव स्थानीय जनशक्तिको उपयोग गरी कार्यसञ्चालन गरिनुपर्ने ।
> सुरुङ्ग तथा हेडवक्र्स निर्माणको डिजाईन एवम् सुपरिवेक्षण परामर्शदाताको समयावधि यहि मार्च २०१५ सम्ममात्र रहेको पाईएकोले हाल शुरु गरिएको परामर्शदाता नियुक्तिको प्रक्रिया काममा कुनै असर नपर्ने गरी समयमै सम्पन्न गर्नुपर्ने ।
> आयोजनाको सम्पूर्ण बस्तुस्थितिका सम्बन्धमा आयोजनाले सम्बन्धित संसदीय समितिमा प्रत्येक महिना आयोजनाको प्रगति प्रतिवेदन पेश गर्नुपर्ने र आयोजनाको वेवसाइटमा नियमित रुपमा कार्यप्रगति अद्यावधिक गर्नुपर्ने ।
> विद्यमान निर्माणाधीन ८.५ करोड लिटर प्रतिदिन प्रशोधन गर्ने क्षमता रहेको प्रशोधन केन्द्रलाई प्रतिदिन १७ करोड लिटर प्रशोधन क्षमता पु¥याउन तत्काल कार्य प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिइएको छ । यसको लागि आवश्यक हुने बजेट व्यवस्थापनको लागि अर्थ मन्त्रालयलाई निर्देशन दिईयो ।
> मेलम्ची खानेपानी आयोजनाको प्रथम चरणको कार्य सम्पन्न भएसंगै दोश्रो चरणमा याङ्री र लार्केको पानी ल्याउने काममा अहिल्यैदेखि पूर्वाधार कार्य तदारुकतासाथ शुरु गर्नको लागि निर्देशन दिईन्छ ।
निष्कर्ष ः–
मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजना मात्रै होईन धेरै लामो समयदेखि काठमाडौं उपत्यकामा खानेपानीको अभावलाई पूर्ती गर्ने एउटामात्र निर्विकल्प आयोजना हो । यसलाई समयमै सम्पन्न गरी काठमाण्डौं उपत्यकामा खानेपानी उपलब्ध गराउनु राज्यको प्राथमिक दायीत्व हो । तर आयोजना शुरु भएको यत्तिका वर्ष भैसक्दापनि आयोजनाको प्रगति ढिलो हुनु ज्यादै दुःखद कुरा हो । त्यसकारण यो आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्नकालागि सरकार एवम् सम्बन्धित सरोकारवालाले माथि उल्लेख गरिएका निर्देशन र सुझावहरुलाई कार्यरुप दिई काम गर्न आवश्यक छ । यो प्रतिवेदनलाई सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गरेर नतिजा हासिल गर्नेछ भन्ने यो समिति विश्वास व्यक्त गर्दछ ।
धन्यवाद !
श्रोत: समितिको सचिवालय