निर्णय नं. १ :
समितिको आजको बैठकमा काठमाण्डौं–तराई–मधेश फास्ट ट्रयाक सडक आयोजनाको वर्तमान अवस्थाका सम्बन्धमा आयोजना प्रमुख तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि (सहसचिव)बाट भएको प्रस्तुती माथी विस्तृत छलफल भयो ।
निर्णय नं. २ :
काठमाण्डौं–तराई मधेश दु्रत मार्ग (ँबकत त्चबअप) को हालसम्म सम्भाव्यता अध्ययन मात्रको आधारमा काम कारवाही अगाडी बढेको, हालसम्म विस्तृत आयोजना प्रतिवेदन नबनेको समेतबाट ठेक्का बन्दोबस्त हुन नसकी काम अगाडी नबढेको स्थिति विद्यमान रहेकोले र यस आयोजनासँग प्रस्तावित निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण समेत आवद्ध रहेकोले यो आयोजना सम्बद्ध सबै पक्षहरुको अध्ययन गरी सम्बन्धित निकायलाई छिटो छरितो कार्यान्वयन प्रक्रिया सम्बन्धमा ठोस रुपमा निर्देशन गर्न, विस्तृत छलफल गर्न समितिको आगामी बैठकमा अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पर्यटन मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र सचिवलाई आमन्त्रण गर्ने ।