नेपाली सेनाले सडक निर्माण तथा विस्तारमा पुर्याएको योगदान सम्बन्धि निर्णय

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७२।९।२२ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको  छ ।

समितिको आजको वैठकमा नेपाली सेनाले सडक निर्माण तथा विस्तारमा पु¥याएको योगदान, समस्या र चुनौतिहरुका विषयमा माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, मन्त्रालयका सचिवहरु (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, वन तथा भू–संरक्षण मन्त्रालय, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिवहरु आदि), सडक विभागका महानिर्देशक लगायत सम्बद्ध पदाधिकारीहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय वमोजिम निर्णय ग¥यो ः

देश विकासका लागि आवश्यक पर्ने विकास निर्माणका पूर्वाधार एवं संरचनाहरु एवं सडक सञ्जाल विस्तारका लागि प्रारम्भिक ट्रयाक खोल्ने, नयाँ सडक निर्माण गर्ने जस्ता सडक विस्तारकार्यमा नेपाली सेनाले पु¥याएको योगदान सराहनिय रहेको छ । आगामी दिनहरुमा देश विकासका विभिन्न संरचनाहरु निर्माणमा नेपाली सेनाको उल्लेखनीय भूमिका एवं योगदान रहने कुरामा समिति विश्वस्त छ । देशको एवं समयको आवश्यकता अनुसार खास खास प्रकृतिका विकास निर्माण कार्यहरुलाई प्राथमिकीकरण गर्दै कार्य सम्पादनमा केन्द्रित हुुनु पर्ने अवस्थामा समेत नेपाली सेनाको परिचालनले विकास निर्माण कार्यले तीब्रता पाउने स्पष्ट छ । सडक सञ्जालको विस्तार तथा आयात–निर्यातका लागि सडकको सुदृढीकरण एवं छिमेकी मुलुकहरु जोड्ने सडकहरु (खास गरी हालको सन्दर्भमा उत्तरी सीमा जोड्ने सडकहरु) को अवस्था यदि राम्रो भएको भए देशले हाल बेहोरिरहेकोे अत्यावश्यक आवश्यकताका वस्तुहरुको अभाव भोग्नु पर्दैन थियो । यस्ता प्रकारका असहजता एवं अप्ठ्यारोबाटै शिक्षा हासिल गर्दै सकेसम्म छिटो उत्तरी सीमा नाकाहरु तथा सडक सञ्जाल विस्तार गर्दै देशको सन्तुलित विकास प्रारम्भ गर्नुको विकल्प छैन । निर्माण कार्य प्रारम्भ गर्नु अघि विद्यमान नियमानुसार पूरा गर्नु पर्ने लामो प्रक्रिया तथा देखिएका प्रवृत्तिहरुमा अलमलिंदा यस्ता राष्ट्रिय महत्वका पूर्वाधारहरु शीघ्र पूरा हुन नसक्ने स्पष्टै छ तसर्थः

1  हाल देशले सामना गरिरहेको अप्ठ्यारो परिस्थितिलाई छिटो भन्दा छिटो समाधान गर्न तथा भविष्यमा यस्ता समस्या आउन नदिन देशको भौगोलिक अवस्था÷विकटता तथा कम समयमा धेरै कामहरु गर्नु पर्ने परिस्थिति रहेकोले उत्तरी सीमा नाका जोड्ने प्रमुख सडकहरु (स्तरोन्नति गर्नु पर्ने सडकखण्डहरु समेत) को ट्रयाक खोल्ने लगायत निर्माण, स्तरोन्नति समेतका महत्वपूर्ण कार्यहरु नेपाली सेनालाई परिचालन गरी सम्पादन गर्न गराउन समिति नेपाल सरकरलाई निर्देश गर्दछ ।
2 क्ष्भ्भ्, भ्क्ष्ब्, जग्गा प्राप्ती, मुआब्जा, रुखहरुको कटान लगायतका विविध पक्षहरुलाई सम्बोधन गर्दै नियमित प्रक्रियाबाट कार्य सम्पादन गर्दा लामो समयलाग्ने भएकोले अति महत्वपूर्ण सडक निर्माण कार्यलाई खास गरी गल्छिदेखि रसुवागढी नाकासम्मको सडक निर्माण कार्यलाइ ँबकत तचबअप प्रक्रियामा लैजान साधारण एचयवभअत को रुपमा नभइकन क्उभअष्ब िएचयवभअत को रुपमा इलभ म्ययच ःभअजबलष्कm मार्फत कार्यसम्पादन गर्न गराउन तथा यस सडक मार्गलाई भ्mभचनभलअथ च्यबम करिडोरको रुपमा घोषणा कार्य गर्न एवं सो को लागि विभिन्न निकायहरुविच समन्वयका साथै चाहिने बजेटको अभाव हुन नदिन, सडक निर्माणमा आवश्यक बन्दोबस्तीका सामानहरु समयमा नै उपलब्ध गराउन, सडक निर्माणका सम्बन्धमा देखिएका तथा आइपर्ने समस्याहरु तत्कालै मन्त्रिपरिषद्ले नै सिधा समाधान गर्ने व्यवस्था मिलाउन र युद्ध स्तरमा कार्य सम्पादन गर्न सो सम्बन्धी विस्तृत कार्य योजनाको जानकारी समेत यस समितिलाई १५ दिनभित्र उपलब्ध गराउन साथै यस कार्यकाल लागि रक्षा मन्त्रालयले अग्रणी भूमिका निर्वाह गर्न समेत समिति गम्भीरतापूर्वक नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय तथा सम्बद्ध सम्पूर्ण निकायलाई निर्देश गर्दछ ।

Joj:yflksf–;+;bcGtu{t ljsf; ;ldltsf] a'waf/ l;+xb/af/df a;]sf] a}7sdf ;ldltsf ;efklt /ljGb| clwsf/Lnufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

3 उत्तरी सीमा नाका जोड्ने सडकहरु तथा पहुँचमार्गहरुको सम्बन्धमा यस समितिले विभिन्न मितिमा गरेको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई उपलब्ध गराइएको उल्लेखित प्रतिवेदनहरुको कार्यान्वयनको प्रगतिको विवरण यथाशीघ्र यस समितिलाई उपलब्ध गराइदिन समेत समिति सम्बद्ध मन्त्रालयहरुलाई निर्देश गर्दछ ।
4 गल्छि रसुवागढी सडकमार्गमा रहेका साना घुमाउरा एबककष्लन श्यलभ हरु तत्काल विस्तार गर्न, यस सडक मार्ग निर्माण तथा विस्तार कार्यका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ उर्जा मन्त्रालय अन्तर्गत त्यस क्षेत्रमा निर्माणाधिन रहेका जनविद्युत आयोजनामा स्टकबाट भए पनि उपलब्ध गराउन, अन्य स्थानीय समस्याहरु तत्काल समाधान गर्न समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्दश गर्दछ ।
5 विकास निर्माणका पूर्वाधार एवं संरचनाहरु निर्माणमा आम नेपाली नागरिकको नेपाली सेना प्रतिको बड्दो आशा तथा अपेक्षा एवं देश, काल, परिस्थिति अनुसार विकास निर्माणका क्षेत्रमा नेपाली सेनाले बहन गर्नु पर्ने थप जिम्मेवारीलाई समेत मध्यनजर गर्दा हाल नेपाली सेना अन्तर्गतको विकास निर्माण निर्देशनालयको संगठन विस्तार र सुदृढीकरण गरी आवश्यक प्राविधिक जनशक्ति, उपकरण, तालिम लगायतका क्षेत्रमा क्षमता अभिवृद्धि गर्नु सान्दर्भिक र अत्यावश्यक देखिएकोले आवश्यक व्यवस्था हुन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय तथा नेपाली सेना, सैनिक मुख्यालयलाई समेत निर्देश गर्दछ ।

श्रोत : समितिको सचिवालय