निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एवं काठमाडौँ–निजगढ FAST TRACK का सम्बन्धमा निर्णय

व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७३।५।२३ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।

मितिः २०७३।५।२३
बैठक प्रारम्भ ः ८ः३०
बैठक अन्त्य ः ११ः००
छलफल तथा निर्णय ः
समितिको आजको बैठकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एवं काठमाडौँ–निजगढ Fast track  का सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री, सचिव लगायत सरोकारवाला पदाधिकारीहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिमको निर्णय ग¥यो ः–

1 नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल कुनै कारणले बन्द हुन पुगेमा नेपालको अन्तर्राष्ट्रिय उड्डयन सम्बन्ध अवरुद्ध हुने निश्चित छ । प्राविधिक कारणहरु (-Runway  मा समस्या, Airport Upgradation लगायतका कारण) तथा प्राकृतिक प्रकोप (भूकम्प आदि) का कारण अहिलेको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा कुनै बाधा उत्पन्न भएमा मानबीय संकट समेत आउन सक्ने तर्फ समयमा नै ध्यान दिन जरुरी छ । Plane landing  मा साधारण समस्या आउदा समेत आफ्नै देश भित्रको अर्को Airportमा Divert गर्न सक्ने सुविधा÷अवस्था समेत छैन । तसर्थ छिटो भन्दा छिटो प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलहरुको द्रुत गतिमा निर्माण गरिनु पर्ने तर्फ समितिको यो बैठक गम्भीरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

2 नेपालको विकासलाई आधारभूतरुपमै योगदान दिन सक्ने एक कदम अगाडि लैजान सक्ने अधिकांश आयोजनाहरुको निर्माणमा अग्रसर कम्पनीहरुले पुँजी संकलन वा अन्य बाहानामा Project Hold  ज्यमि गरेर राख्ने कार्यले गर्दा देशको क्षेत्रगत विकासमा प्रतिकूल प्रभाव परेको छ । तसर्थ आफ्नै श्रम, सीप, श्रोत, साधन, कुशलता एवं सामर्थताको उपयोग गर्न साथै आवश्यक परे वैदेशिक ऋण÷सहायता समेत लिई सरकार आफैले प्रस्तावित महत्वपूर्ण आयोजनाहरु (निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौँ निजगढ द्रुत मार्ग समेत) को निर्माण गर्न गराउन समिति नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ÷ध्यानाकर्षण गराउँदछ ।

14291723_1801182146835592_7321384342398284739_n
3 नेपालको आर्थिक, सामाजिक र वित्तीय सुदृढीकरणका लागि महत्वपूर्ण योगदान पु¥याउन सक्ने चिरप्रतिक्षित काठमाडौं निजगढ द्रुतमार्ग निर्माणका लागि आयोजना निर्माण, अनुगमन तथा सहजीकरण सहितको विशेष संयन्त्रको निर्माण गरी आवश्यक प्राविधिक जनशक्ति सहितको विशिष्टिकृत आयोजना कार्यालयको स्थापना गरी आयोजना सम्पन्नको लागि आवश्यक बजेट मिलाई कार्य तत्काल प्रारम्भ गर्न, गराउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग, नागरिक उड्डयन प्राधिकरणलाई निर्देश गर्दछ ।

4 देशको आर्थिक, सामाजिक तथा वित्तीय रुपान्तरणका लागि उल्लेखित दुई आयोजनाहरु अन्योन्यास्रितरुपमा सम्बन्धित छन् । द्रुत गतिमा यी आयोजनाहरुको निर्माण देशको समग्र विकास तथा प्राकृतिक प्रकोप व्यवस्थापनका प्रस्थान विन्दु पनि हुन सक्छ । साथै यी दुई आयोजना कार्यान्वयनका लागि विद्यमान Planning, सिद्धान्त, नीति, Modality, नक्सा, रुख÷जंगल व्यवस्थापन, वस्ती व्यवस्थापन लगायतका विषयमा स्पष्ट खाका, सोच सहित कार्य तालिका एक महिनाभित्र बनाई प्रतिबद्ध भई कार्यान्वयनमा लैजान र हाल सम्म भए गरेका कामहरुको श्वेतपत्र एक महिनाभित्र जारी गर्न समिति नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग, नागरिक उड्डयन प्राधिकरणलाई निर्देश गर्दछ ।