संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७२।१२।२ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय छ ।
छलफल तथा निर्णय
समितिको आजको बैठकमा कलाकारहरुको रोयल्टी, परिचयपत्र लगायत कलाकारवर्गको समस्या र समाधानका सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयका मा.मन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष, ल्त्ऋ र ल् ऋभिि का कार्यकारी अधिकृत, लगायत सम्बद्ध पदाधिकारीहरुसँग विस्तृत छलफल भयो । छलफलमा सूचना तथा सञ्चार मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २०७१।०८।०३ को बैठकले दिएको निर्देशन कार्यान्यनको स्थिति सम्बन्धमा समेत बिस्तृत छलफल भयो । छलफल पश्चात् समितिले देहाय वमोजिम निर्णय ग¥यो ः–
ज्ञ। रोयल्टी सम्बन्धमा प्रतिलिपि अधिकार ऐन, २०५९ का प्रावधानहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा रोयल्टी व्यवस्थापन सम्बन्धी संयन्त्र निर्माण गर्न समितिले ०७१।०८।०३ मा सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देश गरिएकोमा सूचना तथा सञ्चार मन्त्रालयबाट विशेष कार्यदल मार्फत रोयल्टि वितरण सम्बन्धी मापदण्ड २०७२ सम्बन्धी प्रतिवेदन तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यान्वयनका लागि पठाइएको र उक्त प्रतिवेदन अनुरुप संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हाल सम्म रोयल्टी निर्देशन तथा अनुगमन कमिटि गठन गर्ने कार्य र सूचना तथा सञ्चार मन्त्रालयबाट चलचित्रकर्मी परिचय पत्र जारी गर्न मस्यौदा तयार गर्ने सम्मको कार्य गरेको पाइएको हुँदा गठित निर्देशन तथा अनुगमन समितिलाई सक्रिय एवं प्रभावकारी बनाई उक्त समितिको प्रगति विवरण प्रत्येक महिना यस समितिमा पठाउने र प्रारम्भिक कार्यलाई प्रभावकारी रुपमा निरन्तरता दिई यस अघिको रोयल्टी वितरण सम्बन्धी मापदण्ड, २०७२ सम्बन्धी सुझाव सहितका प्रतिवेदनमा उल्लेख भएका व्यवस्थाहरु कार्यान्वयन गराउने व्यवस्था तत्काल प्रारम्भ गर्न समिति नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र उक्त कार्यका लागि पर्न सक्ने व्ययभारका लागि आर्थिक अभाव हुन नदिने व्यवस्था मिलाउन समिति अर्थ मन्त्रालयलाई समेत निर्देशन गर्दछ । यस सम्बन्धमा प्रतिलिपि अधिकार ऐन, २०५९ का प्रावधान कार्यन्वयन गर्न प्रभावकारी समन्वय गर्न र ऐन पालन नगर्नेका व्यक्ति, संघ, संस्था उपर कडाइका साथ दण्ड जरिवाना वा अन्य कारवाही प्रकृयाको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समिति विशेष निर्देशन गर्दछ ।
1 कलासष्ट्रा (रचनाकार, संगीतकार,गायक र लेखक) हरुले प्रतिलिपि अधिकार ऐन, २०५९ अनुुसार उनीहरुको सृजना प्रयोग भए वापत पाउनु पर्ने रोयल्टी पारिश्रमिक प्रयोगकर्ताबाट उठाई सम्बन्धित सष्ट्राले पाउने व्यवस्था मिलाई सो अनुसारको कामको प्रगति विवरण सम्बन्धित निकाय मार्फत प्रत्येक ३÷३ महिनामा यस समितिमा समेत पठाउने व्यवस्था गर्न तथा यसका लागि सूचना तथा सञ्चार मन्त्रालय, अन्तर्गतका सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुलाई समेत यस सम्बन्धमा सक्रिय बनाई परिचालन गर्न तथा आवधिक रुपमा विवरण सार्वजनिक गर्न समेत समितिले दिएको निर्देशनको सम्बन्धित स्रष्टावर्गले अनुभूत गर्ने स्तरमा प्रगति भएको नपाइएकोले यस सम्बन्धी पूर्व निर्देशन एक महिनाभित्र सम्बन्धित वर्गको सहमतिमा पारदर्शी रुपमा कार्यान्वयन गराउन समिति सूचना तथा सञ्चार मन्त्रालय तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पुनः निर्देशन गर्दछ ।
2 रोयल्टी सङ्कलनका सम्बन्धमा विद्यमान चुनौतिहरुको समीक्षा गर्दै देशका परिचायक÷धरोहरका रुपमा रहेका विविध विधाका कलाकारहरुको हक अधिकार संरक्षण गर्दै कलाको विकास एवं संरक्षण गर्न पारदर्शीरुपमा तत्कालै अनुभूत हुने गरी यसको संकलन सम्बन्धमा आवश्यकता अनुसार नवीन प्रविधिको प्रयोग समेत गर्दै समयानुकूल यथोचित व्यवस्था गर्न एवं रोयल्टीको प्रक्रियामा संलग्न नरहेका÷नआएका प्रयोगकर्ताहरुलाई समेत प्रक्रियामा ल्याउन समिति सूचना तथा सञ्चार मन्त्रालय र अन्तरगत निकायहरुलाई निर्देश गर्दछ । साथै प्रभावकारी रुपमा रोयल्टी संकलन भई निर्वाध रुपमा सष्ट्राकहाँ पु¥याउने कार्यमा सम्बद्ध सबैले पारदर्शी रुपमा परिचालन हुन आवश्यक सबै व्यवस्था मिलाउन समेत सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन गरिएकोमा सो सम्बन्धमा पारदर्शिताका लागि प्रक्रियागत तथा प्रविधिगत परिवर्तनका लागि गरिएका व्यवस्थाहरुबारे समितिलाई अविलम्व जानकारी दिनुहुन समिति संस्कृति, पर्यटन तथा नागरिक उडेडयन मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन गर्दछ ।
3 प्रतिलिपि अधिकार ऐन, २०५९ लाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन नेपाल प्रहरी संगठनभित्र एउटा प्रतिलिपि अधिकार प्रहरी इकाई (ऋयउथ च्ष्नजत एयष्अिभ ऋभिि) गठन गरी कार्यान्वयनमा ल्याउनका लागि समिति गृह मन्त्रालयलाई निर्देश गर्दछ ।
4 प्रतिलिपि अधिकार ऐन, २०५९ कार्यान्यन गर्ने निकाय नेपाल प्रतिलिपि अधिकार राजिष्टारको कार्यालय भएको साथै यो विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत समेत पर्ने भएकोले कलाकारहरुको साथसाथै लेखकहरुले समेत प्राप्त गर्नुपर्ने रोयल्टीलाई समग्र रुपमा व्यवस्थापन गर्न समिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रतिलिपि अधिकार कम्पनी रजिष्टारको कार्यालयलाई समेत निर्देश गरिएकोमा यस सम्बन्धी अद्यावधिक प्रगति विवरणका साथै स्रष्टा, लेखक, कलाकारहरुको सुझाव, सल्लाह÷सहमति कार्यान्वयनको क्षेत्रमा भएका नीतिगत र अन्य समस्याहरु समाधानार्थ मन्त्रालयको समयानुकूल स्रष्टा तथा कलामैत्री सोच÷कार्यक्रमहरु १ महिनाभित्र समिति समक्ष प्रस्तुत गर्न समिति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देश गर्दछ ।
5 नेपालको संविधानको भाग–३, धारा २५ मा सम्पत्तिको हक अन्तर्गत सम्पत्ति भन्नाले बौद्धिक सम्पतिलाई समेत जनाउँछ भनि स्पष्ट गरेको र प्रत्येक नागरिकलाई कानुनको अधीनमा रहि सम्पत्तिको भोग गर्ने, वेचविखन गर्ने, व्यवसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोवार गर्ने मौलिक हक प्रत्याभूति गरेको हुँदा कला स्रष्टाहरुको सृजित कला बापत पाउने पर्ने रोयल्टी तथा पारिश्रमिक कडाईकासाथ उठाई सम्बन्धित स्रष्टाहरुले पाउने व्यवस्था मिलाउन समिति नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देश गर्दछ ।
6 सूचना तथा सञ्चार मन्त्रालयबाट जारी गरिएको चलचित्रकर्मीहरुको परिचय पत्र दोहोरो नपर्ने गरी उपलब्ध गराउन आवश्यक पर्ने मापदण्ड निर्धारण गरी तत्काल कार्यान्वयन गर्ने व्यवस्था मिलाउन समेत समिति नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देश गर्दछ ।
7 भूकम्प प्रभावित क्षेत्र गोरखा र धादिङ जिल्लामा म्ँक्ष्म् को सहयोगमा भएको अनुगमनको प्रतिवेदन अगाडि बैठकमा पेश भई पारित भएको घोषणा गरिन्छ ।
श्रोत : सचिवालय