रोयल्टी ब्यवस्थापन बारे समितिको निर्णय

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।८।३ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा, माननीय सूचनाा तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल, मन्त्रालयका सचिव लगायत अन्य कलाकर्मीहरुको उपस्थितिमा बसेको बैठकले निम्न  निर्णय गरेको छ ।

निर्णय

कला (संगीत, चलचित्र, लेखन) उद्योगलाई स्थापित गर्दै सष्ट्रा, कलाकार एवं लेखकको हक, अधिकार एवं गौरवलाई प्रवर्धन गर्न सृजित कला (संगीत, लेख लगायत) को सार्वजनिक प्रयोगकर्ताबाट रोयल्टी उपलब्ध गराउने सम्बन्धमा देहाय बमोजिमको कार्यहरु गर्न÷गराउन समिति निर्देश गर्दछ ः–
१.  रोयल्टी सम्बन्धमा प्रतिलिपि अधिकार ऐन, २०५९ का प्रावधानहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा रोयल्टी व्यवस्थापन सम्बन्धी संयन्त्र निर्माण गर्न समिति सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देश गर्दछ ।
द्द। कलाको सार्वजनिक उपयोग गरे पश्चात् नियमानुसार उपलब्ध गराउनु पर्ने रोयल्टी सम्बन्धित कलाकारलाई उपलब्ध गराउन आवश्यक नीतिहरु यथाशीघ्र कार्यान्वयन गर्न÷ गराउन समिति सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देश गर्दछ ।
२.  कलासष्ट्रा (रचनाकार, संगीतकार,गायक र लेखक) हरुले प्रतिलिपि अधिकार ऐन, २०५९ अनुुसार उनीहरुको सृजना प्रयोग भए वापत पाउनु पर्ने रोयल्टी पारिश्रमिक कडाइका साथ उठाई सम्बन्धित सष्ट्राले पाउने व्यवस्था मिलाई सो अनुसारको कामको प्रगति विवरण प्रत्येक ३÷३ महिनामा यस समतिमा समेत पठाउने व्यवस्था गर्न सूचना तथा सञ्चार मनत्रालयलाई निर्देश गरिन्छ । यसका लागि मन्त्रालयले अन्तर्गतका सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुलाई समेत यस सम्बन्धमा सक्रिय बनाई परिचालन गर्न तथा आवधिक रुपमा विवरण सार्वजनिक गर्न समेत समिति निर्देश गर्दछ ।
३. रोयल्टी सङ्कलनका सम्बन्धमा विद्यमान चुनैतिहरुको समिक्षा गर्दै देशका परिचायक÷धरोहरका रुपमा रहेका कलाकारहरुको हक अधिकार संरक्षण गर्दै कलाको विकास एवं संरक्षण गर्न पारदर्शीरुपमा तत्कालै अनुभूत हुने गरी यसको संकलन सम्बन्धमा आवश्यकता अनुसार नवीन प्रविधिको प्रयोग समेत गर्दै समयानुकूल यथोचित व्यवस्था गर्न एवं रोयल्टीको प्रक्रियामा संलग्न नरहेका÷नआएका प्रयोगकर्ताहरुलाई प्रक्रियामा ल्याउन समिति सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देश गर्दछ । प्रभावकारी रुपमा रोयल्टी संकलन भई निर्वाध रुपमा सष्ट्राकहाँ पु¥याउने कार्यमा सम्बद्ध सबैले पारदर्शी रुपमा परिचालन हुन आवश्यक सबै व्यवस्था मिलाउन समेत सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन गरिन्छ ।
४. प्रतिलिपि अधिकार ऐन, २०५९ कार्यान्वयन गर्ने निकाय नेपाल प्रतिलिपि अधिकार कम्पनी रजिष्टारको कार्यालय भएको साथै यो विषय पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत समेत पर्ने भएकोले एवं कलाकारहरुको साथसाथै लेखकहरुलाई समेत प्राप्त गर्नुपर्ने रोयल्टीलाई समग्र रुपमा व्यवस्थापन गर्न समिति पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रतिलिपि अधिकार कम्पनी रजिष्टारको कार्यालयलाई समेत निर्देश गर्दछ ।
५. कलाकारहरुलाई परिचय पत्र उपलब्ध गराउन आवश्यक पर्ने मापदण्ड निर्धारण गरी ३ महिनाभित्र कार्यान्वयन गर्न समेत समिति नेपाल सरकारलाई निर्देश गर्दछ ।

श्रोत:- बिकाश समिति को सचिवालय