पोखरा विमानस्थल निर्माणमा बढ्यो उच्चस्तरीय सहयोग समितिको सक्रियता

पोखरा, ८ मङ्सिर ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका अध्यक्ष सभासद रबीन्द्र अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले पोखरामा बन्ने क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका लागि बाकीं काम तथा थप जग्गा अध्रि्रहण र मुआब्जा वितरणमा सहयोग गर्न छ सदस्यीय सहयोग उपसमिति गठन गरेको छ ।

विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको सोमबार बसेको बैठकले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाको संयोजकत्वमा विश्व लामिछाने, बासु त्रिपाठी, गणेश भट्टराई, र्सूय भुजेल र मिनबहादुर केसी सदस्य रहेको सहयोग उपसमिति गठन गरेको हो । यो उपसमितिले विमानस्थलका लागि आवश्यक पर्ने थप जग्गाका साथै दिनुपर्ने मुआब्जाको मूल्य निर्धारणमा सहयोग गर्ने आयोजना निदेशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

बैठकमा आयोजनाका संयोजक सभासद रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल आयोजनाको खरिद प्रक्रिया, थप जग्गा अध्रि्रहण, निर्माण कार्यलगायतका विषय समेटिएको प्रोजेक्ट स्टाटससम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । अधिकारीको कार्यपत्रमा नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएलगत्तै विमानस्थलको निर्माण कार्य सुरु हुने, मुआब्जा वितरणको कार्य यही मङ्सिर १५ गतेबाट सुरु गर्ने, थप नाला निर्माण एवं वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका विषय समेटिएको छ । जिल्लाका क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँगै सरोकारवालाको सहभागितामा भएको बैठकले थप जग्गा अध्रि्रहण जतिसक्दो छिटो मूल्याङ्कन गरी सूचना प्रकाशन गर्ने र त्यस क्षेत्रका बाढीपिडितको समस्या समाधान गर्न यसै वर्ष नाली निर्माण सुरु गर्नेलगायतका निर्णय गरेको छ ।

श्रोत:- आदर्शसमाज डट कम