‘समाजवाद र लोकतन्त्र भन्ने सधैं गरीबीमा बाँच्ने’- अधिकारी (भिडियोसहित)

नेकपा एमालेका नेता तथा कास्की क्षेत्र नं. २ का लागि वाम साझा उम्मेदवार रवीन्द्र अधिकारीले हामीलाई गरीब भैरहने लोकतन्त्र र गरीब भैरहने समाजवाद नचाहिने बताउनुभएको छ ।

मंगलबार पोखरामा बुद्धिजीवीहरुको भेलालाई कास्कीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुका तर्फबाट बोल्दै नेता अधिकारीले मुलुकको राजनीतिक स्थिरता र त्यो स्थितिरताको माध्यमबाट देशको समृद्धि, विकास, राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अखण्डता कायमका लागि भएको स्पष्ट पार्नुभएको छ ।

विगतमा अस्थिर सरकारका कारण विदेशी चलखेल बढेको, राष्ट्रिय एकता कमजोर भएको भन्दै अधिकारीले यसको अन्त्य आवश्यक भएको र त्यसका लागि वाम गठबन्धनको बहुमत अनिवार्य भएको बताउनुभयो ।

 

हेर्नुहोस् यो भिडियो

 

Source:Nepaljapan.com