रेल्वे निर्माणका निम्ति बिकास समितिले दियो निर्देशन

काठमाडौं/सिहंदरवार ब्यबथापिका- संसदको बिकास समितिले नेपालको रेल्वे यातायातको विकासका सम्बन्धमा भौतिक पुर्वाधार तथा यातायात सचिव, रेल विभागका महानिर्देशक, रेल्वे यातायातका बिज्ञ समुह सँग छलफल संचालन गरेको छ ।

बैठकको संचालन गर्दै समितिका सभापति रबिन्द्र अधिकारीले गर्न सक्ने काम हामी गर्दै जाउ, हामी काहाँ मुख्य पूर्वाधारहरु के के हुन भन्नेनै दुबिधा रहेकोले पनि आजको छलफल सम्भावित समस्या पहिचान गरि प्रकृया अगाडी लैजान सजिलो हुने बताए । अबको रेल निर्माण परम्परागत भन्दा पनि माथी उठेर निर्माण गर्नु पर्ने बताए ।
बैठकमा बोल्दै भौतिक तथा पूर्वाधार सचिवले रेल यातायातलाई अबको प्रथमिकताका साथ अगाडी बढाउने बताए । त्यस्तै रेल्वे यातायातको विकासको बर्तमान स्थितिको वारेमा रेल विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी गराएका थिए ।

Chairman of Development Committee under the Legislative Parliament Rabindra Adhikari highlighting the possible Railway Service connecting to China and India during a meeting held on Monday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha/RSS

Chairman of Development Committee under the Legislative Parliament Rabindra Adhikari highlighting the possible Railway Service connecting to China and India during a meeting held on Monday at Singha Durbar, Kathmandu. Photo: Kumar Shrestha/RSS

आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बिज्ञ डा. सुर्यराज आचार्य तथा इन्जिनियर रमेश पोखरेलले नेपालमा रेलको सम्भाव्यता तथा बिश्व परिबेसको वारेमा आफ्नो प्रस्तुति राखेका थिए । आचार्य भन्छन बिश्वले यातायात पूर्वाधारमा लगानी गर्दाको परिणाम उनीहरुको ग्रोथ दर को उच्च बृदिले देखाएको बताए । युरोप तथा चीनको तुलनामा अमेरिका रेल यातायातमा सबैभन्दा नाराम्रो छ । यातायात पूर्वाधारको अन्तराष्ट्रिय विकास क्रम वाट नेपालले धेरै सिक्नु पर्ने बताए ।

आचार्यको तर्क छ, मासिक ४० लाख तलव लिने बिदेशी लाई प्रयोग गने हो भने हाम्रो लागत धेरै लाग्छ तर नेपालकै मानव श्रोत साधन को प्रयोग गर्न सकियो भने भौतिक पूर्वाधार निर्माणमा निकै कम लागत लाग्ने बताए । नेपाल को मानव साधन सक्षम छ, उपयोग गरिनु पर्दछ । अझ आगाडी आचार्य भन्छन, हो रेल्वे मार्ग निर्माणमा चुनौती छन, जस्तै ठुलो पुँजीगत लगानीको आवश्यकता , प्राबिधिक तथा संस्थागत क्षमताको कमी , यात्रुलाई आकर्षण लाग्ने रेल सेवाको सुनिश्चितता तथा नाफामुलक रेल सेवा संचालनको अनिवार्यता आदि चुनौती हुदाहुदै पनि आवश्यक इच्छ शक्ति भएमा नेपालमा रेल यातायात सहज बन्नेनैछ ।

रेल क्षेत्रमा अनुभ संगालेका दुर्गा बंशीले आफ्नो अनुभव सुनाएका थिए । बैठकमा आफ्नो बिचार उपस्थित सभासदहरूले पनि राखेका थिए ।

बैठक मा बोल्दै सभासद महेन्द्र यादवले भने रेलमार्ग संकाको घेरामा देखिन्छ । हामीलाई वास्तविकता चाहिन्छ, हाम्रो भू-बनेट अनुसार हाम्रा योजना बन्नु पर्दछ ।
त्यस्तै बैठकमा आफ्नो बिचार राख्दै सभासद केशब बुढाथोकीले घर भत्किन्छन, जंगलमा अलि अलि असर पर्छ भनेर अब विकास निर्माण रोक्न नहुने बताए ।

Socio-economy को अवधारणालाई आत्मसात गरेर अबको रेल मार्ग को निर्माण गरिनु पर्ने भन्दै सभासद रन्जना साकारले रेल्वे मार्गले नेपाल संगै तराईको रुप फेर्न बताएकी थिईन । त्यस्तै सभासद लाल बहादुर गुरुङअजय शंकर नायक, लगाएत उपस्थित सभासदले कार्यपत्र प्रस्तोतालाई बिशेष धन्यवाद दिएका थिए ।

छलफलको जवाफ दिने क्रममा सूर्यराज अधिकारीले भने, सपना देखाउने काम र जिम्मेवारी हाम्रो होइन, तथ्यांकका आधारमा सम्भाव्य अध्यन गरेर प्राप्त नतिजा हामी प्राबिधिकहरुले बताउने हो जनतामा सपना देखाउने र काम सम्पन्न गर्ने जिम्मा सभासद तथा राजनीतिक दल को हो ।

छलफल पछि समितिले चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा-केरुङको सम्भाव्य रेल लाइनको तत्काल विस्तृत अध्ययन गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

आजको बैठकको निर्णय हेर्न यो लिंक यहाँ थिच्नु होला

श्रोत: समितिको सचिवालय