Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
१०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (पूर्ण पाठ)
ko{6gdGqLsf] ;o lbg] sfo{of]hgf ;fj{hlgs ;+:s[lt, ko{6g tyf gful/s p88og ko{6gdGqL /jLGb| clwsf/L z'qmaf/ dGqfnon] !)) lbgdf ;Dkfbg ul/g] k|d'v sfdsf] ljj/0f ;fj{hlgs ub}{ . t:jL/ M k|bLk/fh jGt, /f;;

Media Coverage

१०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (पूर्ण पाठ)

By Dhurba Pokharel

March 30, 2018

नेपाल सरकार

संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सिंहदरवार , काठमाण्डौ ।

वर्तमान सरकार गठन भएको १०० दिनमा सम्पादन गरिने प्रमुख कार्यहरुको सार्वजनिकीकरण (PDF) को लागि यहाँ थिच्नुहोस् ।

For English

१. पृष्ठभूमि

मुलुकमा भएको अभूतपूर्व राजनीतिक परिवर्तनलाई आर्थिक सामाजिक समृद्धिको माध्यमबाट संस्थागत गर्दै मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउनु आजको आवश्यकता हो । संघीय नेपालको समृद्धिको मुख्य आधार कृषि, उर्जा र पर्यटन हो । उक्त तीन क्षेत्र मध्ये पनि तुलनात्मक लाभको दृष्टिबाट पर्यटनलाई आकर्षक क्षेत्रको रुपमा लिनु पर्दछ । विश्वसँग प्रतिष्पर्धा गर्नु नै नपर्ने अद्धितीय पर्यटकीय उपजहरु नेपालमा हुनुका साथै यस क्षेत्रको प्रवर्द्धनसंगै अन्य क्षेत्र सहितको समावेशी विकास प्राप्त गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य छ । उदयीमान दुई अर्थतन्त्र एवं विश्वको एक तिहाई जनसंख्याको बीचमा रहेको नेपाललाई विश्वमा एक प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरी देशको अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउन जरुरी रहेको छ । पर्यटनको विकास मार्फत मुलुकमा गरिवी निवारण तथा रोजगारीका थुप्रै अवसर सिर्जना गरी आधारभूत आवश्यकता पूर्ति कै लागि विदेशी भूमिमा नेपाली युवाले पसिना चुहाउनु पर्ने अवस्थाको अन्त्य हुन सक्दछ । यस क्षेत्रको विकासबाट मात्र समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो दूरदृष्टि पुरा हुन सक्दछ ।

२. वर्तमान अवस्था

पहिलो पटक नेपाली जनताका प्रतिनिधिद्वारा संविधानसभावाट जारी नेपालको संविधानले पर्यटन क्षेत्रलाई उच्च महत्व दिई पर्यटन सम्वन्धी नीति सहित संवैधानिक मार्गदर्शन गरेको छ । पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास, पर्यटन संस्कृतिको विकास तथा पर्यटनको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने संवैधानिक नीतिले हामीलाई समावेशी पर्यटनतर्फ दिशानिर्देश गरेको छ । अन्तराष्ट्रिय जगतमा सन् २०३० सम्म प्राप्त गर्ने गरी हामीले प्रतिवद्धता जनाएको दिगो विकासका लक्ष्य (SDG) प्राप्त गर्न यस क्षेत्रको विकास अपरिहार्य छ । सवै प्रकारका गरिवीको अन्त्य गरी समावेशी एवं दिगो विकास हासिल गर्न रोजगारीका अवसरहरु सिर्जना हुनु पर्दछ । नेपालमा रोजगारीको एक प्रमुख माध्यम पर्यटन क्षेत्र हो ।पर्यटन क्षेत्रको विकासका लागि नेपाल सरकारबाट स्वीकृत नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६-२०२५) को कार्यान्वयन गर्दै स्थानीय स्तरमा पर्यटनको लाभ जनताले प्राप्त गर्ने गरी रोजगारीका अवसर सिर्जना गर्ने, स्थानीय संस्कृतिको संरक्षण र पर्यटकीय उपजको विकास मार्फत गरिवी निवारणमा टेवा पुर्याउने हाम्रो प्रतिवद्धता रहेको छ ।

विश्वमा पर्यटन अत्यन्तै प्रतिष्पर्धी उद्योग हो । यसको सफलता मूलभूत रुपमा राम्रो अन्तराष्ट्रिय छवी, पूर्वाधारमा यथेष्ठ लगानी, पर्यटन प्रवर्द्धन र बजारीकरण तथा गुणस्तरीय सेवाको उपलव्धतामा निर्भर रहन्छ । नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानव निर्मित सम्पदाहरुको संरक्षण र प्रवर्द्धन गरी हाम्रो मुलुकलाई सुरक्षित, रमणीय, आकर्षक एवं दिगो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनु पर्दछ ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, शुक्रबार मन्त्रालयले १०० दिनमा सम्पादन गरिने प्रमुख कामको विवरण सार्वजनिक गर्दै । तस्वीर ः प्रदीपराज वन्त,

हाल विश्वमा वर्षेनी अन्तराष्ट्रिय पर्यटकको संख्या करिव १ अर्व ३० करोड रहेको छ । पर्यटक वजारको प्रमुख स्रोतको रुपमा रहेको चीनबाट सन् २०२० मा करिव २० करोड पर्यटक विश्व भ्रमणमा निस्कने प्रक्षेपण गरिएको छ । ठूलो संख्यामा बौद्ध धर्मावलम्वी रहेको चीनसँग सिमाना जोडिएको गौतमबुद्धको जन्मभूमी नेपालले सन् २०२० लाई नै नेपाल भ्रमण वर्षको रुपमा मनाउदैं छ । साथै सन् २०२० मा करिव ५ करोड भारतीय पर्यटक भ्रमणमा निस्कने प्रक्षेपण रहेकोछ । नेपालको पर्यटनको पहिलो स्रोत बजार तथा अत्यधिक हिन्दु धर्मावलम्वी रहेको भारतबाट नेपाल आउने धार्मिक पर्यटकको पनि अपार सम्भावना रहेकोछ ।World Tourism & Travel Council बाट प्रकाशित पछिल्लो प्रतिवेदन Travel & Tourism Economic Impact अनुसार विश्वका १८५ देश मध्ये नेपालको पर्यटन क्षेत्र १२४ औं वरियतामा रहेको छ भने कूल ग्राहस्थ उत्पादनमा यसको योगदान ७.५ प्रतिशत रहेको तथा करिव १० लाख रोजगारी यस क्षेत्रमार्फत प्राप्त भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।यस्ता तथ्यहरुबाट नेपालको सम्भाव्यता अनुरुप पर्यटनबाट लाभ लिन नसकिरहेको यथार्थ चित्रण हुन्छ। नेपालमा साहसिक पर्यटन, प्राकृतिक पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, शिक्षा एवं स्वास्थ्य पर्यटन, खेल पर्यटन, कृषि पर्यटन, ग्रामिण पर्यटनको उच्च सम्भावना रहेको छ ।

३. दूरगामी सोच

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कूल ग्राहस्थ उत्पादनको २५ प्रतिशत पुर्याउने गरी हाम्रो दूरगामी कार्यदिशा तय हुनुपर्छ । नेपालमा आउने विदेशी पर्यटकको संख्या कम्तीमा १५ लाख पुर्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष सन् २०२० स्वीकृत भएकोछ । सन् २०२५ सम्ममा नेपाल आउने विदेशी पर्यटकको संख्या वर्षेनी २५ लाख एवं विदेशी विनिमय आर्जन ३४००* मिलियन अमेरिकी डलर पुर्याउने दूरगामी सोचसहित हाम्रा प्रयासहरु अघि बढाउन आवश्यक छ । यसका लागि मूलभूत रुपमा नीतिगत सुधार, पर्यटन पूर्वाधारहरुको विकास, हवाई पूर्वाधार विकास तथा सवलीकरण, दक्ष जनशक्तिको विकास, पर्यटन प्रवर्द्धन तथा वजारीकरण र पर्यटकीय उपजहरुको विकासमा केन्द्रित हुन आवश्यक छ । उच्चस्तरीय सेवा सुविधामा लगानी गरी गुणस्तरीय पर्यटक भित्राउने तर्फ कार्ययोजना सहित लाग्न’ पर्ने देखिन्छ ।आन्तरिक पर्यटन प्रवर्द्धनका लागि समेत विशेष अभियान संचालन गर्नु पर्ने हुन्छ ।

यसका लागि नेपालको हवाई यातायातलाई थप सुरक्षित, व्यवस्थित, भरपर्दो एवं विश्वसनीय बनाई यसको माध्यमबाट विदेशी पर्यटकहरुको आगमनलाई सहज, सुलभ एवं पहुंचयोग्य वनाउन जरुरी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, गौतमवुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा शिघ्रता ल्याउनुका साथै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढलाई अघि बढाउँदा मात्र नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सक्दछ । साथै विविधतायुक्त नेपाली संस्कृतिलाई एकताको बलियो आधार वनाउँदै विविधतामा गौरव गर्ने नेपाली समाजको निर्माण हाम्रो पहिचान हो । विभिन्न भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गरी यसको प्रचार प्रसारको माध्यमबाट पर्यटकीय आकर्षण बढाउन जरुरी छ । पुरातात्विक सम्पदाहरुको पुर्ननिर्माण गरी धार्मिक तथा सांस्कृतिक पर्यटनको माध्यमबाट हाम्रा अद्वितीय सम्पदा एवं संमृद्ध संस्कृतिको बजारीकरण गर्नु पर्दछ ।

४. सय दिनको कार्य योजना

वर्तमान सरकार गठन पश्चात् यस मन्त्रालयको कार्यक्षेत्रसँग सम्वन्धित निम्नलिखित प्रथम १०० दिनको महत्वपूर्ण कार्यहरुको कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन अघि बढाइएको छ । कार्यान्वयन प्रभावकारीताका लागि विभिन्न विभाग एवं निकायहरुबाट सम्पादन हुने कार्यहरुको अनुगमन मन्त्रालयको सम्बन्धित महाशाखाबाट र मन्त्रालयका महाशाखाहरुबाट हुने कार्यहरुको अनुगमन सचिवस्तरबाट हुनेछ ।

 

 

*सच्चाईएको

श्रोत: संस्कृति , पर्यटन तथा नागरिक उड्डय मन्त्रालय