Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
संसदको विकास समितिले सरकारलाई भन्योः निर्माण गरिएका संरचनाको संरक्षण गर्नु

News

संसदको विकास समितिले सरकारलाई भन्योः निर्माण गरिएका संरचनाको संरक्षण गर्नु

By Dhurba Pokharel

December 09, 2014

काठमाडौं। संसदको विकास समितिले १८ औं सार्क शिखर सम्मेलनका बेलामा निर्माण भएका भौतिक संरचनाको संरक्षण तथा विकास र ब्यबस्थापन गर्न, सडकको अवस्था यथास्थानमा राख्न र सुधार गर्नुपर्ने सडकको अवस्था सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले सडकको विचमा रोपिएका विरुवा, बगैँचा तथा रेलिङ र सडक बत्तीको संरक्षणमा ध्यान दिन पनि काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको समितिका सभापति रविन्द्र अधिकारीले बताए । सडक वत्ती, फूल विरुवाको संरक्षण, व्यवस्थित यातायात सञ्चालन लगायतका कार्यहरुमा आवश्यक पर्ने सहयोग गरी सभ्य, सुन्दर काठमाडौं उपत्यका निर्माणको लागि मातहत निकायलाई आवश्यक पर्ने निर्देशन प्रवाह गर्न  सूचना प्रविधि समेतको प्रयोग गरी निर्माण गरिएका भौतिक संरचनाहरुलाई सुरक्षा प्रदान गर्नु पर्ने अधिकारीको भनाई थियो ।

आफ्ना भनाई राख्दै उपस्थित समिति सदस्हरुले संरक्षण सम्बर्द्धनका लागि जनचेतना दिनु पर्ने राय व्यक्त्त गरेका थिय । मंगलबार बसेको समिति बैठकले सडकको अवस्था तथा सुधार गरिएका विषय समेटेर हेरक चार/चार महिनामा प्रतिवेदन बठाउन पनि सरकारलाई निर्देशन दिएको छ । 

त्यस्तै समितिले काठमाडौं तथा काठमाडौं उपत्यका बाहिरका क्षेत्रीय सहरमा अन्तर्राष्ट्रिय सम्मेलनका लागि आवस्यक पर्ने सम्मेलन केन्द्र, भौतिक पूर्वाधार एवं आवश्यक अन्य संरचनाको निर्माण गर्न पनि शहरी विकास मन्त्रालयलाई  निर्देशन दिएको छ ।

समितिको निर्णय को लागि यो link यहाँ थिच्नु होला ।

समाचार श्रोत : बिज माण्डु डट कम