Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
लेखनाथ महोत्सव शुरु : कास्कीलाई एकिकृत बिकासको आबस्यक

News

लेखनाथ महोत्सव शुरु : कास्कीलाई एकिकृत बिकासको आबस्यक

By Dhurba Pokharel

December 05, 2014

कृपा भण्डारी,  सर्बाधिक अबलोकनकर्ताको पर्याय ११ औँ लेखनाथ महोत्सव विहिबारबाट सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग महासंघको संयुत आयोजनामा सुरु भएको  ११ औँ लेखनाथ महोत्सवको गर्भनर युवराज खतिवडाले उद्घाटन गर्दै,  प्रकृतिद्धारा सिर्जित  श्रोत र साधनमा राज्यको नियन्त्रण हुनु पर्ने बताए । उनले कृषि र उर्वरशिल जग्गा खण्डिकरणको क्रम तिव्र रहेको उल्लेख गर्दै, अवको संविधानमा मानव निर्मित बाहेक अन्य श्रोत र साधन राज्यको नियन्त्रणमा हुने व्यवस्था गर्नु पर्नेमा जोड दिए । गर्भनर खतिवडाले वित्तिय अनुशासन अन्र्तगत पुँजीमा पहुँच बढाउन लघुवित्तिय कार्यक्रमलाई समावेशीरुपमा अगाडि बढाउन नेपाल राष्ट्र बैङक अगाडि बढिसकेको बताए । 

उद्घाटन समारोहमा कार्यक्रमका विशिष्ट अतिथि संसदिय विकास समितिका सभापति सभासद् रविन्द्र अधिकारीले लेखनाथ र पोखराको एकिकृत विकास विना कास्कीको समग्र विकास असम्भव रहेको बताए । उनले लेखनाथमा सात ताल बाहेक अन्य पनि थुप्रै पर्यटकिय सम्भावना भएका ठाउँहरु रहेको बताउदै ति ठाउँहरुको खोजी तथा प्रचारप्रसार गर्न आबाश्यक रहेको बताए । अधिकारीले सातताललाई जोड्ने सडकको योजना अहिले सुस्ताएको बताउदै अब सबै मिलेर छिटो भन्दा छिटो सात ताललाई जोड्ने सडक निर्माण गर्ने काममा लागिपर्नुपर्ने बताए ।

 अधिकारी ले भने, ग्रामिण क्षेत्रलाई समेट्दै कृषिमा आधारित कृषिजन्य तथा हस्तकलाका सामान जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवर्द्धनमा टेवा पुर्‍याउने, यो महोत्सबको सफलताको शुभकामना । 

त्यस्तै शुभकामना मन्तब्य दिदै सभासद् यज्ञवहादुर थापाले बेगनास र रुपा सहितका सात तालको संरक्षणमा नीजि क्षेत्र र सरकारले विस्तृत परियोजना बनाएर अघि वढ्नु पर्नेमा जोड दिए । उनले माघ ८ मा संविधान बन्नुको विकल्प नभएको दोहोर्याए । समयमै संविधान बन्नेमा ढुक्क हुन आग्रह समेत गरे ।

अर्की सभासद  सिता गिरीले मुलुकका लागि संविधानसँगै विकासको आवश्यकता रहेको उल्लेख गरिन । उनले सहमति नभए पनि माघ ८ मा संविधान जारी गर्नेक्रम रोक्न नहुनेमा जोड दिदै, सवैको अपनत्व महसुस हुने गरी संविधान आउने बताईन । कास्की को बिकास मा हातेमालो गरेर अगाडी बढ्नु पर्ने गिरीको भनाई थियो । 

 ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ सर्बाधिक अबलोकनकर्ताको पर्याय लेखनाथ महोत्सव यही मङ्सिर  २९ गतेसम्म कास्कीको लेखनाथमा चल्नेछ  । ग्रामिण क्षेत्रलाई समेट्दै कृषिमा आधारित कृषिजन्य तथा हस्तकलाका सामान जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवर्द्धनमा टेवा पुर्‍याउने, साथै घरेलु एवं नयाँ प्रविधि तथा सीपको प्रदर्शनी, आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनका लागि प्रदर्शनी, फुड फेस्िटवल, अटोमोवाइल, युवाका लागि प्रतिभाको खोजी  लगायतका कार्यक्रमहरु महोत्सवमा रहेका छन् । स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाका बारेमा जानकारी हुने आयोजकको दाबी छ ।