Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
कस्तो रहनु पर्छ त समितिको प्रभावकारीतामा सभापति सदस्यहरु तथा कर्मचारीको भूमिका

News

कस्तो रहनु पर्छ त समितिको प्रभावकारीतामा सभापति सदस्यहरु तथा कर्मचारीको भूमिका

By Dhurba Pokharel

November 25, 2014

       व्यबस्थापिका संसदको विकास समितिले विकास समिति तथा समिति सचिवालयको काम कारवाहीको प्रभावकारीत सम्बन्धि दुई दिने कार्यशाला (Workshop) यहि मङ्सिर ५ र ६ गते सम्पन गरेको छ । समितिका सभापति रबिन्द्र अधिकारीको सभापतित्वमा संचालन भएको दुई दिने कार्यशाला गोष्ठीमा बिकास समितिको प्रभावकारीतामा, सभापति सदस्यहरु तथा कर्मचारीको भूमिका, संसदीय समितिको वर्तमान अवस्था अनुगमन र अभ्यास, नेपालको बिकाश प्रक्रिया र मापदण्ड त्यस्तै योजना, विकास र बजेटमा विकास समितिको भूमिका तथा संसदीय समितिहरुका अन्तर्राष्ट्रिय अभ्यास आदि बिषयमा बिशेषज्ञहरुले सो कार्यशालामा आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

      उद्घाटन सत्रको सुरुवाती सगै संसद सचिवालयका पूर्व महासचिव, सुर्यकिरण गुरुङगले Mini Parliament को रुपमा रहने व्यबस्थापिका-संसदीय समितिहरुको प्रभावकारीताको लागि सभापति, सदस्यहरु तथा कर्मचारीहरुको विषेश भूमिका रहने बताए । सदन तथा समितिको कार्य बिधायिका मात्र नभई निर्मित कानुनको दक्ष प्रसासन सुनिश्चिता गर्नु हो । गुरुङग भन्छन,  हाम्रोमा परम्परागत प्रचालानमै सिमित समितिहरु, बिश्व प्रचलनमा भने सासन सत्तामा भूकम्प पैदा गरेका छन ।

पूर्व महासचिव थप्छन, सभापतिको सक्रियता, सदस्यहरुको बिषयगत गहिरो अध्यन सगै साधन श्रोत सहितको कर्मचारीको सहकार्यमा समितिको प्रभावकारिता बृद्दि गर्दछ ।

    पहिलो दिनको दोस्रो सत्रमा निकै रोचक सैलीमा संसदीय समितिको वर्तमान अवस्था अनुभव र अभ्यासको बारेमा बिकास समितिका सभापति रबिन्द्र अधिकारीले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । अधिकारीले उद्धृत गर्दै भन्छन, जित्नेहरु सधै समाधानका अंग हुन्छन, हार्नेहरु सधै समस्यका अंग बन्दछन । त्यसैले समितिमा रहने हरेक सदस्यले सबैको मन वचन काम कर्तब्य जित्ने गरि काम गर्नु अनिवार्य छ । वर्तमान समितिको अवस्था सोचे अनुरुप अगाडी बढ्न नसकेको यथार्थ प्रस्तुत गर्दै बुदागत रुपमा संसदीय समितिको प्रभावकारीता बढाउनु पर्नेमा जोड दिए ।

समितिको प्रभावकारीतामा आफ्नो कार्यक्षेत्रमा पर्ने मन्त्रालय, बिभाग, आयोग तथा निकायको बार्षिक कार्यसम्पादन अनुगमन र मूल्यांकन हुनु जरुरी छ, समितिमा जनताको पहुँच बढाउनु पर्छ, गुनासो दर्तागर्ने छलफलमा सहभागी हुने मौका प्रदान गर्नु पर्छ । संसदीय समिति र सरकार, मिडिया/नागरिक, अदालत, आख्तियार/सतर्कता केन्द्र सँगको सम्बन्ध  सन्तुलित रहनु पर्छ ।

आधिकारी थप्छन, चिप्लन सजिलो छ, स्थिर भएर हिड्न गार्ह्रो छ । गल्ति गर्न गल्ति दोहोर्याईरहन सजिलो छ । तर राम्रो काम गर्न गार्ह्रो हुन्छ । समितिलाई चुनौती सगँ जुध्नका लागि भन्दा पनि अवसरलाई परिणाममा बदल्न हाम्रो भूमिका रहनु पर्दछ । समितिमा रहने हरेक सदस्यले छलफलको बिषयमा राम्रो तयारी गरि सुझाब सहित उपस्थित हुन आवश्यक रहेको छ । जसले सरोकारवाला निकायलाईलाई निर्देशन दिन तथा अनुगमन गर्न सहयोग पुर्याउछ ।

    कर्यक्रयमको दोस्रो दिनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेपालका “Think Tank” का पर्यवाचीको रुपमा चिनिने राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा. डा. पिताम्बर शर्माले बिकासको निकासको सन्दर्भमा नेपालको विकासको रुपरेखा सजिलै केलाएका थिए । नेपालको बिकाश गुणात्मक रह्य पनि बृदि भने मात्रात्म रुपमा रहेको अवधारणा प्रस्तुत गर्दै प्रा. शर्माले जन जीविकाको स्तरमा बृदि, व्यक्ति समुहको आत्मसम्मान बृदिमा संस्थागत संरचनाको निर्माण गर्न आवश्यकता रहेको बताए । मानव बिकासमा मान्छेको क्षमता/सामर्थ को विस्तार हुनुपर्दछ । न्यायिक वितरण, आधुनिकीकरण, उत्पादनमा बृदीमा जोड, आर्थिक बृदि सगै मानब बिकासनै बिकास भन्ने सोच भएता पनि दिगो बिकासको सोचको नभएको बताए । नेपालको विकासमा दातृराष्ट्र सहयोगी हुनु पर्यो हस्तक्षपकारी हुनु भएन शर्माको जोड थियो । विकास गर्न राजनीतिक इच्छा शक्ति हुनु पहिलो शर्त देखिन थालेको छ शर्मा औल्याउछन ।

 त्यस्तै अन्तर्राष्ट्रिय अभ्यासको जानकारी गराउदै न्यु ब्रुन्सविक बिधान सभा क्यानाडाकी पुर्व सांसद एलिजावेथ वेयरले संसदीय समिति सदस्यहरुको भूमिकामा धेरै

काम हुन्छन तर संसदीय समितिको मूल शक्ति भनेकै सार्वजनिक दवाव र प्रभाव: हो । आफ्नो अनुभव सुनाउदा निकै भाबुक बनेकी वेयर ले आफुले निकै दु:ख हण्डर बेहोरेको तर ब्यापक अध्यन र खोज ले गर्दा ति दु:ख धेरै टिक्न नसकेको भन्दै सहभागी सभासदहरुलाई बिश्व सेरोफेरो अध्यन गर्न गरुरी रहेको सुल्झाएकी थिइन् ।

      दोस्रो दिनको आन्तिम कार्यपत्र प्रस्तोताको रुपमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. शंकर शर्माले योजना, विकास र बजेटमा बिकास समितिको भूमिकाको बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा योजनालाई बढी व्यवहारिक बनाउन मद्दत गर्न, क्षेत्रगत रणनीतिमा सुधार गर्न, कार्यक्रम बढी छरिएको बनाउन बाट रोक्न, कार्यन्वयन पक्ष सुदृढ गराउन, अनुगमनलाई प्रभावकारी बनाउने काममा समितिले बिषेश भूमिका खल्नु पर्दछ ।

   उल्लेख्य र उत्साहित रुपमा सभासद कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यशालामा हरेक बिषय विशेषज्ञले प्रस्तुत गरेको कार्यपत्र माथि छलफल बहस तथा प्रश्नउत्तर चलेको थियो ।

बिकास समितिका सभापति रबिन्द्र अधिकारीको सभापतित्वमा संचालित कार्यशालामा कार्यक्रमको संचालन भने बिकास समितिका सचिब हिमलाल सुबेदीले गरेका थिए  । बुढानिलकण्ठ स्थित Resort पार्क भिलेज मा NDI को सहकार्यमा  उक्त कार्यक्रम सम्पन्न  भएको थियो ।

  श्रोत : बिकास समितिको सचिवालय