Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
सार्क : कुरा हैन काम गरौँ

Articles

सार्क : कुरा हैन काम गरौँ

By Krishna

November 28, 2014

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनलाई सम्बोधन गर्दै भनेका छन “दक्षिण एशियाली राष्ट्रहरुको कुल ब्यापार भारतको पक्षमा रहेपनि यो दिगो हुन् सक्दैन,त्यसकारण यो क्षेत्रको व्यापारिक सम्बन्ध अझै बिस्तार हुनुपर्छ ।” ब्यापार विस्तारका लागि दक्षिण एसियाली स्वतन्त्र ब्यापार क्षेत्र (साफ्टा) स्थापना भयो तर यो क्षेत्र भित्र कुल ब्यापारको ५ प्रतिशत हिस्सा मात्रै छ । ब्यापार बिस्तार र क्षेत्रीय आबद्द्ता बृद्दी गर्नकालागी ठोस कार्यक्रम बनाएर अगाडी बढ्न सके मात्र सार्कको सफलता रहनेछ । सम्मेलनको समयमा धेरै राम्रा प्रतिबद्दता व्यक्त गर्ने तर कार्यान्वयन कहिल्यै प्रभावकारी नहुने पुरानै रोग हो । साफ्टाको प्रभावकारी भूमिका नहुनु पनि यस्तै कारण हो ।

दक्षिण एसियाको कुल ग्राहस्थ उत्पादनको ७० प्रतिशत भन्दा बढी आर्थिक उत्पादन भारतले ओगट्छ । दक्षिण एसियामा १ अर्ब ६० करोड मानिस मध्य ६० करोड गरिबीको रेखामुखी छन । यस क्षेत्रको समग्र बिकास बिना कुनै एक राष्ट्र अघि बढ्न सक्दैन तर भौगोलिक रुपा नजिक भएर पनि भौतिक पूर्वाधार यातायात र व्यापारिक अबरोधका कारण सम्बन्ध धेरै टाढा छ । त्यसकारण सडक,जल,भिषा,भन्सार र ब्यापार सरलीकरण लगायतका समस्या समाधान नगरी ब्यापार बढ्न सक्दैन । नेपालमा आयातको ९३ प्रतिशत भारतबाट हुन्छ । ब्यापार तथा निकासी प्रबर्धन केन्द्रको तथ्यांक अनुसार अन्य सात मुलुक संग अत्यन्तै न्यून छ । भारत पछी बंगलादेश बाट ३.४ प्रतिशत ,आयात हुन्छ, बाँकी भुटान,माल्दिभ्स, पाकिस्तान,श्रीलंका र अफगानिस्तान संगको ब्यापार नगन्य छ ।

नेपालमा उत्पादित सामानहरुको माग यस क्षेत्रमा राम्रै छ । तर भारतले लामो बाटो बाट मात्र लैजान दिएकोले निकासी कठिन भएको छ । जस्तो नेपालबाट भुटानमा बिएर, तयारी चाउचाउ, साबुन ,जुस,धुप,हाते झोला लगायत बस्तुको बजार भएर पनि मागअनुसार हामीले सामान पठाउन सकेका छैनौ ।काकरभिट्टाको बाटो भन्दा बिराटनगर बाट सोझै जयगाउँ मार्फत सामान पठाउदा सजिलो हुन्छ र नेपाली समानले प्रतिष्पर्धा गर्न सक्दथे तर नेपालले बर्षौ देखि मागेको यो बैकल्पिक मार्ग अहिले सम्म पनि प्राप्त हुन सकेको छैन । यो एउटा प्रतिनिधि उदाहरण हो । यदि ब्यापार सन्तुलन भारतको पनि चिन्ताको बिषय हो भने यस्ता समस्या लाइ छिटो सम्बोधन गर्न सक्नु पर्छ । नत्र ओठे चिन्ताको अर्थ रहदैन ।

बास्तबमा सार्क राष्ट्र बिच अझै सम्म यातायात सम्पर्क स्थापित छैन,जसले गर्दा सार्क राष्ट्रसंग भन्दा बाहिरका मुलुक संग नेपालको सम्बन्ध राम्रो छ । सिमा क्षेत्र र बन्दरगाहको पूर्वाधार कमजोर छ र कागजी र प्रक्रियागत झन्झट यति डरलाग्दो छ जो कसैले ब्यापार गर्ने आँट नै गर्दैन । त्यसकारण ब्यापार सहजीकरणका लागि प्रक्रियागत र कागजी झन्झट नहटाइकन यस क्षेत्रको ब्यापार बिस्तार असम्भब छ । सार्क राष्ट्रहरुले व्यापारका लागि छोटो बाटो र सरल प्रक्रियाका लागि ठोस कदम चाल्न धेरै नै ढिलो भएको छ । ठुला ठुला कुरा भन्दा साना साना कामबाट सार्क क्षेत्रमा ब्यापार सम्बन्ध बिकास हुन सक्दछ ।

Email : mail@rabindraadhikari.com

यो लेख अनलाइन खबर डट कमनेपाल जापान डट कममा प्रकाशित छ |