Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: getimagesize(https://rabindraadhikari.com/wp-content/uploads/melamchi.jpg): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 928

Warning: getimagesize(https://rabindraadhikari.com/wp-content/uploads/melamchi.jpg): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPContext.php on line 682

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
मेलम्चीलाई विकास समितिको कडा निर्देशन

News

मेलम्चीलाई विकास समितिको कडा निर्देशन

By Dhurba Pokharel

November 12, 2014

काठमाडौं उपत्यकाबासीका लागि पर्याप्त खानेपानी उपलब्ध गराउन भन्दै दशकभन्दा अघिदेखि सुरु भएको मेलम्ची खानेपानी आयोजना पछिल्लोपटक पनि निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि यसप्रति सांसदहरुको चासो बढेको छ ।

मेलम्चीको पानी काठमाडौं ल्याउने सबैभन्दा महत्वपूर्ण आधार सुरुङ निर्माणका कारण आयोजना २०७३ वैशाखभित्र सम्पन्न नहुने देखिएको छ । चाइना रेल्वेले प्रतिबद्धता बमोजिम काम नगरेपछि ठेक्का रद्द गरी इटालियन कम्पनीलाई सुरुङको जिम्मा दिइएको थियो ।

तर, उसले पनि निर्धारित समयमा काम सम्पन्न गर्न नसक्ने जनाउ दिएपछि तोकिएको समयमा आयोजना सम्पन्न नहुने देखिएको हो । यस्तोमा व्यवस्थापिका संसद विकास समितिले शहरी विकास मन्त्रालय र मेलम्ची खानेपानी विकास आयोजनालाई आयोजनाको टनेल बनाउने मौजुदा कार्य प्रणालीको गतिलाई बढाई समयमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा भएको बैठकले मेलम्ची खानेपानी आयोजना सम्पन्न भएपछि उपत्यकाका भक्तपुर, मध्यपुर ठिमी र कीर्तिपुर नगरपालिका समेतका क्षेत्रहरुमा पानी वितरण गर्ने गरी वर्तमान चरणमै कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिएको छ ।

काठमाडौँको वर्तमान खानेपानी माग प्रतिदिन ३६ करोड लिटर रहेको र यस आयोजनाले १७ करोड लिटर मात्र सप्लाई गर्ने भएकाले वर्तमान र भविष्यको मागलाई सम्बोधन गर्न सँगसँगै अन्य कार्य योजनाहरु प्रारम्भ गर्न निर्देशन दिएको छ ।

यस्तो छ निर्देशन :हेर्न यहाँक्लिक गर्नुहोस  |  

समाचार स्रोत : नेपाल जापान डट कम