Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
रोटि बेटी र बिजुली

Articles

रोटि बेटी र बिजुली

By Dhurba Pokharel

January 06, 2012

हामि विदेश भ्रमण भने पछी हुरुक्कै हुन्छौ। नेताहरुको त कुरै नगरौ । जान्न र सिक्न का लागि भनेर बिकसित देशहरुमा जाने एक प्रकारको होडबाजी नै छ । एस पटक  हाम्रै छनोटमा नेपाल को  सिमाबर्ती भारत का दुइ महत्वोपूर्ण  प्रदेशको अध्ययनका लागि निस्कियौ । बिहारी गणतन्त्र चाहिन्न भन्दै गर्दा बिहारले गरेको प्रगति र पश्चिम बंगालमा ३४ वर्षा देखि बिजयप्राप्त गर्दै आएका बामपन्थी हरु को पराजय । एसियाली परिदृश्य मा देखिएका परिबर्तन हरु र  नेपाल र भारतमा द्रुतगति मा देखिएका परिबर्तान्हारुले नेपाल -भारत सम्बन्धलाइ समय समय मा   सिम्हाबलोकन गर्दै मुल्याकन गर्ने दिगो र निरन्तर प्रयासको माग गर्छन । एस हिसाबले पनि एक पटक अध्ययनगर्ने इच्छा थियो ।

नेपालमा ५६ हजार बर्गमिल क्षेत्रफल भएको देश  र  १० लाख बर्गमिल क्षेत्रफल भएको भारत । तिन करोड पनि नपुगेको नेपाल जनसंख्या र एक खर्ब   भन्दा बढी जनसंख्या भएको भारत । राजनीतिमा संख्या र आयेतनको महोत्यो हुन्छ भन्नेकुरा हामिलेबिर्सिनुहुदैन , तथापी अन्तरास्ट्रिय सम्बन्धहरूमा र जीवनका अन्य क्षेत्रहरुमा संख्या र साइज मात्र सबै कुरा होइनन । जसलाई हाम्रो मुलुकको हितमा कसरि प्रयोग गर्ने भन्ने सन्दर्भ नै सबै भन्दा महत्योपुर्ण हो ।

हाम्रो तराइ को अर्थतन्त्र ले सीमापारिका भारतिय जिल्लाहरु को अर्थतन्त्र सित प्रतिस्पर्धा गर्नुपर्छ । यस अबस्थामा हामीले भारत लाइ आबश्यक नपर्ने र भारतलाई आबश्यक पर्ने भन्दा बढी उत्पादन गर्नेहो भने हामीलाई अनेक बाधा -कठिनाई आइपर्छन । आजभन्दा ४०-५० बर्ष अगाडी हामीले ठुलो मात्रामा कृषि उत्पादन  भारतमा निर्यात थियो गर्थ्यौ,। तर त्यति  बेला ब्यापार सन्तुलन हाम्रो पक्षमा थियो ।  आज भारत आफै अत्येन्त राम्रो कृषि उत्पादन गरिरहेको कारण नेपालको अति कम कृषि उत्पादनको निर्यातमा मात्र अल्झिनेहो  हो भने हाम्रो भारतसंग को ब्यापार घाटा कहिल्ल्यै घट्ने छैन । त्येस कारण भारतसंग कोब्यापार सन्तुलन को लागि इलेक्ट्रिसिटी  सबैभन्दा  महत्योपूर्ण हुन्छ ।

नेपाल भारतको करिब १७०० किलोमिटर सिमाना भएकोमा ७२६ किलोमीटर त बिहार मात्र पर्छ । त्येहाका राजनीतिक नेताहरुले भनिरहेका थिए , बिहारका लागि झारखण्ड र उत्तरप्रदेश भन्दा नेपाल मह्त्य्वपूर्ण  छ, दिल्ली त धेरै टाढा को कुरा भयो । तर नेपाल को नेतृत्व वर्ग बिहार संग भन्दा बढी दिल्लीसंग नाता जोड्न चाहान्छ , किनभने दिल्ली नेपालको सत्ता राजनीतिमा किंगमेकरको भूमिका खेल्न चाहान्छ ।

नेपाल -भारत सास्कृतिक ,धार्मिक , सामाजिक दृस्टी ले पुरक हुन् अर्थात् हाम्रो रोटि-बेटीको सम्बन्ध छ भनिन्छ । तर अब रोटि-बेटीको सम्बन्ध ले मात्र पुग्दैन । रोटि , बेटी  र इलेक्ट्रिसिटी । दुवै देशका नागरिक एक अर्काको देश मा रोटीको   लागि काम गर्छन , बिहेबारी चल्छ भने पानि को सम्बन्ध किन हुदैन ? किनकी नेपाल -भारत दुबैले पानि मा राजनीति बढी गरेका छन् । भारत औद्योगिक बिकासमा अगाडी लम्केको मुलुक हो । २०१२ को सुरुवात्    संगै भारत पर्चेजिंग पावर प्यारिटी अनुसार संसारको तेस्रो ठुलो अर्थान्तंत्र बन्दै छ । भारतीये हरु भन्दै छन् हामीलाई एक लाख मेगावाट  बिजुली चाहिन्छ । आफ्नै प्रगतिका लागि हामि संग पैसा छ   र नेपाल संग बिजुली उत्पादन गर्न सकिने स्रोत छ । तर नेपाल बिद्युत उत्पादनको सय बर्ष को इतिहास र८३०००  मेगावाट भन्दा बढी स्रोत र क्षेमता भएको मुलुक जम्मा ७०० मेगावाट मात्र उत्पादन गरेर बसेको छ ।

अन्तरक्रिया मा बिहारको एक जना मन्त्रीले भने , भारतको के कुरा , नेपाल ले जति उत्पादन गरेपनि बिहारले बिजुली किनीदिन्छ, किनकी नेपाल को भन्दा झन्डै ४ गुणा बढी जनसंख्या छ हाम्रो । नेपालको आफ्नै भौगोलिक परिवेश छ, पूर्व-पस्शिम ट्रान्समिसन लाइन को अभाब मा नेपालमा उत्पादन गरेको बिजुली नेपाल मा बेच्न कठिन छ । बरु त्येहा बिजुली सिमाबर्ती भारतमा बेच्न सजिलो छ,र हामि लाई चाहिने बिजुली सुगमता का कारण कतिपय ठाउमा भारतबाट लिन सक्छौ । उदाहरण का लागि पस्शिम सेतीको बिजुली दिने र हाम्रो पुर्बी क्षेत्रमा चाहिने बिजुली भारतसंग लिन सकिन्छ । उर्जा ब्यापार सम्झौता गरेर एस्तो  प्रबन्ध गर्न सके नेपाल र भारत दुवै लाभान्भित हुन् सक्छन । र येही अनुसार सिंचाई लाइ ब्येबस्थापन गर्न पनि सकिन्छ । अहिले करिब ४८०० मेगावाटका १२ ओटा आयोजना हरुमा भारतले  लाइसेन्स लिएको छ। एस मा मात्र करिब ८ खर्ब  लगानी गर्नु पर्छ ,त्यो लगानी मात्र नेपालमा आयो भने पनि धेरै ठुलो परिबर्तन हुन्छ। तर दुर्भाग्य,कतिपय अबस्थामा लाइसेन्स लिएर आयोजना होल्ड गरिराख्ने चिन्तन पनि भारतियेहरुसंग  छ । तर त्यो बाताबरनलाई बदलेर अगाडी जान सक्ने  स्रोत भएर पनि बस्नुपर्ने र स्रोत खेर जाने परिस्थितिको अन्त्य गर्न सकिन्छ । र आजको अवस्थामा ब्यापार सन्तुलन कायेम गर्न  पनि सकिन्छ । हाम्रो पानि भारतको लगानी प्रतिफल को न्यायोचित वितरण भन्ने मान्येता आत्मसाथ गरेर अगाडी जाने बिषयमा दुवै पक्ष गम्भीर हुनुपर्छ । बिगतमा हाम्रो कमजोरीमा हाम्रो स्रोत साधनमाथि दोहन हुने भएकोले नेपालि हरु ससंकित भएका छन् ।

आफ्नो रास्ट्र हितको ग्यारेन्टी गरेर इलेक्ट्रिसिटी को व्यापारमा अगाडी बदन नसक्ने हो भने हाम्रो आर्थिक बिकासमा उल्यख्य प्रगति गर्न सकिदैन । हामि अध्ययनकै क्रम मा पहिला को कलकत्ता र अहिलेको कोलकात्ता मा पुग्यौ । त्येहा हामि सबैका लागि जिज्ञासाको बिषय थियो । वेस्ट बंगालमा ३४ बर्ष सम्म लगातार जनता बाट निर्वाचित बामपन्थिहरु, गएको  निर्वाचनमा पराजित भएका थिए । बास्तबिकता के रहेछ, हामीलाई गहिरो अध्ययन गर्नु थियो । हामि धेरै अन्तरक्रिया मा सहभागी भयौं । मजदुर , रिक्सा चालक , किसान , ट्याक्सी ड्राइभर , शिक्षक, प्रोफेसर , संचारकर्मी ,राजनीतिज्ञसंग छुट्टा छुटै कुरा पनि गर्यौ र त्रिणमूल कांग्रेस र भाकपा (माक्सबादी) क़ा नेताहरु संग पनि हामीले वेस्ट बङ्गाल बिधान सभा संचालन पनि हेर्यौं । त्यो बिधान सभा मा बामपन्थी हरुले प्रभाबकारी रुपमा बिषयहरु राखेका थिए । तर सत्ता पक्षको जवाफ एउतै थियो, बिगतमा तिम्रो सरकार हुदा के गर्यौ ? सत्ता पक्षको एउतै जवाफ बाट बुज्न सकिन्थ्यो , त्येहा एक प्रकारको प्रतिसोध थियो । सत्तापक्ष मा एक प्रकारको उन्माद र प्रतिपक्ष स्थानीयको ।

  बास्तबमा त्येहा भाकपा (माक्स्बादी) स्थापित भएको मुख्यकारण नै श्रमजीबी जनताको पक्षपोषण गरेर हो । भूमिहीन लाई कम्तिमा दुइ बिघा जमिन दिएर भूमिसुधार गर्यौं । गरिब हरुकालागी रासन कार्ड को ब्येबस्था मजदुरलाई न्युनतम ज्याला, सिक्षा र स्वास्थ्य मा सबैलाई पहुच । त्येतिबेला भारत भरिकै लागि नमुना थियो वेस्ट बङ्गाल , ज्योति बसु र भाकपा (माक्स्बादी )। तर समय क्रम मा उदारीकरण को हावाले क्रमश: भत्काउँदै गयो, पुराना मान्यताहरु । अध्योगिक बिकासको आबश्यक्ताले क्रमश : किसान र मजदुर को हित मात्रै होइन यो पुंजी पिताहरुका लागि लगानीको बाताबरण बनाउने अवस्था । किसानलाई दिएको जग्गाको राम्रो मुआब्जा दिदा पनि राज्यले लिन नसक्ने र लिनका लागि बल प्रयोग  गर्नु पर्ने अवस्था । नया जेनेरेसनको आगमन र उनीहरुका इच्छा-आकांक्षा लाइ सम्बोधन गर्न नसक्ने परिवेश । आर्थिक बृद्दी कम,जनताका असन्तुस्टी बढी , पार्टी को नोकरशाहीकरण,क्रमस: पार्टी राज चल्दै गर्दा अनपेक्षित हार कहायो भाकपा(मार्क्सवादी ) ले । सुरुमा क्रान्तिकारी जनताको पक्ष मा काम गर्ने र पछाडी बढी जड र यथास्थिति बादी र सम आनुसार चल्न नसक्दा झन्डै सोभियत समाजबाद असफल भए जस्तै प्रवृति देखियो । एक जना प्रोफेसर भन्दै थिए, अहिलेबिहार ले १० प्रतिसत भन्दा बढी आर्थिक बृद्दी गरेको छ,र कोलकाता( पस्शिम बङ्गाल ) जतिकै सुसंकृत हुन् लगातार २० बर्ष येही आर्थिक बृद्दी दर कायेम रहनु पर्छ । अहिले पनि बिश्वास छैन कि ममता  बेनर्जी को त्रिणमूलले राम्रै गर्ने छ । तर विकल्प नभय पछी बामपन्थी को बदलामा ममता बेनर्जी लाइ रोजे जनताले । कति पय भन्छन, फेरी आफुलाई सच्याएर भाकपा(मार्क्सवादी )  अगाडी आउन सक्छ, तर अब बाम्पन्थिका लागि सजिलो छैन।  हेरौ, त्येहाका बामपन्थी हरुले आफुलाई कसरि प्रस्तुत गर्छन । असफलताबाट के सिक्षा लिन्छन ? पस्शिम बंगालमा बामपन्थी हरुको पराजय अस्थाई हो वा सधैका लागि, त्यो त भबिष्य कै गर्भ मा छ । तर नेपालका कम्निस्ट हरुले त्येस बाट सिक्षा लिन सके आफ्ना लागी फलदाई नै हुने छ ।

 बिहारको भ्रमण पछी भारतीय पत्रकार हरुले सोधेका थिए बिहार मा के परिबर्तन देख्नु भयो ? दस बर्ष अगाडी आउदा साझ  सात बजे पछी बजार ननिस्कनु भन्थे साथि हरु एस पटक साझ ९-१० बजे सम्म बजारमै थियौ । बास्तबमा जनताको राज्य प्रतिको भरोसा बढिरहेको,सरकारी बजेट को खर्च गर्ने क्षमता बढाएको, ठुल्ठुला पुर्बधार का काम अगाडी बढेका, बास्तबमा बदलिदै गरेको बिहार संग साक्षात्कार भयो । तर अझै पनि बौद्धिक पलाएन हुने क्रम रोकिएको छैन र ठुल्ठुला अध्योगिक लगानी हरु आकर्षित हुनै बाकि रहेछ । बाहिरि लगानी आकर्षित गर्ने कुरा सजिलो रहेनछ । नितिशकुमार मुख्य मन्त्रीको रुपमा स्थापित छन्, उनको कानुनि शासनको मन्त्रले काम गरिरहेको छ । प्रोफेशर कौशिकले भने, नेपाल ले बदलिदो अबस्थामा असल नेतृत्व खोजिरहेको छ र बिहार अहिले असल नेतृत्व को नतिजा पाई रहेको छ । एतिबेला नेपाल मा एउटा मन्त्र  छ – जनता,जनता, जनता । बिहार मा सुशासन ,सुशासन ,सुशासन । बास्तबमा अब बिहारबाट नेपाल ले सिक्न ढिला गर्नु हुदैन जुन कुरा अरुले गर्न सक्छन,त्यो काम हामीले पनि गर्न सक्छौ भन्ने आत्मविश्वास हुनुपर्छ । आशा जगाउनु पर्छ,र राज्य प्रति भरोसा उत्पन्न गराउनु पर्छ । आखिर गर्ने त जनताले नै हो , राज्य ले बाताबरण बनाइदिने हो ।

This Article published in Kantipur Publications On 6th January 2012)