Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
प्रधानमन्त्रीलाई प्रश्नै प्रश्न

Articles

प्रधानमन्त्रीलाई प्रश्नै प्रश्न

By Dhurba Pokharel

February 20, 2012

प्रधानमन्त्री डा. भट्टराईले आफ्नो लगातारको असफलताका बाबजुद आँफुलाई प्रधानमन्त्रीबाट हटाए कहिले मुलुक नै दुर्घटनामा पर्ने, कहिले मुलुक विलय हुने त कहिले मुलुक नै डुब्ने जस्ता अभिव्यक्ति दिइरहनुभएको छ । यो उहाँको राष्ट्र र जनतालाई धम्क्याउँने काम मात्र नभई चरम सत्ता–लिप्सा पनि हो । मानौँ डा. भट्टराई प्रधानमन्त्री रहेनन् भने नेपाल राष्ट्र र जनताले ठूलो विपत्ति भोग्नुपर्नेछ । आजभन्दा ५० देखि १०० वर्ष अगाडिका तानाशाहहरू भन्थे, “म हावा र पानी अर्थात् प्रकृतिलाई पनि नियन्त्रण गर्न सक्छु” हाम्रा प्रधानमन्त्रीलाई पनि त्यही रोग लागेको छ ।

राष्ट्रिय सहमतिको राग अलापेर नथाकेका डा. भट्टराई मधेसका दलहरूसँग चारबुँदे सम्झौता गरेर प्रधानमन्त्री पदमा आसीन भए र आज प्रधानमन्त्री पद जोगाउन जस्तोसुकै सौदाबाजी गर्न पछि परेका छैनन् । सुशासनको नारा दिएर नथाक्ने प्रधानमन्त्रीले नेपालको इतिहासमै सबैभन्दा ठूलो ५० जनाको जम्बो मन्त्रिमण्डल बनाउनुभयो । यो सुशासनका लागि कि कुशासनका लागि प्रधानमन्त्रीज्यू ? भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुभयो, तर इतिहासमै सबैभन्दा भ्रष्टाचार उहाँकै पालामा भइरहेको छ । अख्तियारले डामेका सबैभन्दा भ्रष्टहरूसँग घाँटी जोडेर कसरी शून्य सहनशीलता कायम हुन सक्छ ? प्रधानमन्त्री आँफुले गरेको निर्णयमा २४ घन्टा पनि अडिन सक्नुहुन्न, आफ्ना कर्मचारीलाई व्यवस्थापन गर्न सक्नुहुन्न । प्रत्येक सरकारी मामिलामा पैसाको खेल भइरहेको छ । राष्ट्रको नाममा सपथ खाएको एउटा मन्त्री देश विभाजन गर्छु भन्छ, संविधान र कानुन विपरीत नागरिकता बाँड्ने आदेश दिन्छ । तर, मुलुक कालोसूचीमा पर्नै लाग्दा पनि प्रधानमन्त्रीलाई कुनै लज्जाबोध र कर्तव्यबोध छैन । त्यस्तो मान्छेले कसरी भन्न सक्यो होला कि मबिना देश रहँदैन ? यति निरीह प्रधानमन्त्रीले कसरी भन्छन् मेरो अपरिहार्यता छ ? मुस्ताङ म्याक्स चढेर सुरु भएको प्रधानमन्त्रीको यात्राका क्रममा त्यस गाडीका सबै पाङ्ग्रा पङ्क्चर भएका छन् । कर्मचारीको मनपरी सरुवा गर्ने अनि सुशासन खोज्ने ? कहाँनेर सामन्जस्यता छ प्रधानमन्त्रीज्यू सुशासन र जथाभावी सरुवामा ? प्रधानमन्त्रीले व्यक्त गरेका प्रतिबद्धताहरू उल्टो दिशामा गइरहेका छन् । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोग १५ दिनमा बनाउने, संवैधानिक निकायमा रिक्तता हुन नदिने, मितव्ययिता, मूल्यमा सहुलियत, शान्ति सुरक्षा, सार्वजनिक सेवा, कृषि, रोजगारी आदि विषयमा प्रधानमन्त्रीले व्यक्त गरेका प्रतिबद्धताअनुसार के काम भयो ? छ लाख रोजगारी दिने घोषणा गर्ने, युवा रोजगारीको कुरा गर्ने तर स्वेच्छिक अवकाशमा जाने लडाकुको चेक खोस्ने यो कस्तो व्यवस्था हो ? हिजो डा. भट्टराईप्रति आशा गरेका प्रत्येक नेपालीको एउटै प्रश्न छ किन विपरीत दिशाको यात्रा गरेको ? उहाँका कुनै पनि प्रतिबद्धताले मूर्तरूप पाएनन्, सबै हावामा उडे, यस्ता बतासे प्रतिबद्धता र आश्वासनले जनतामा निराशा बढेको छ । तपाईँले ९५ वटा बुँदा समावेश गरी घोषणा गरेका २ सय ४३ वटा काममध्ये कुन काम भएको छ प्रधानमन्त्रीज्यू, जनता तपाईँको जवाफको पर्खाइमा छन् । हाम्रा प्रधानमन्त्रीलाई काम गर्न होइन, प्रतिबद्धता व्यक्त गर्न रमाइलो लाग्दो रहेछ । प्रधानमन्त्रीज्यू, तपाईँको प्रतिबद्धताको सूचीमा ‘नेपाल मर्ज’ पनि थपिएको छ । आजसम्म कुनै पनि प्रधानमन्त्रीले व्यक्त गर्न नसकेको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।

मुलुकको कार्यकारी प्रमुखको आसनमा बसेको व्यक्तिले बोलेको यो अभिव्यक्तिले मुलुकको राष्ट्रिय अस्मितालाई कहाँ पुर्याउछ? नेपालीहरू सोच्न बाध्य छन् । उहाँले यो अभिव्यक्ति कसलाई खुसी पार्न दिनुभयो ? उहाँलाई आपूm कसैको निगाहबाट प्रधानमन्त्री भएको लागिरहेको छ । नेपाल त्यति कमजोर राष्ट्र होइन । डा. भट्टराईजीले विलय हुन्छ भन्नेबित्तिकै डराउनु पर्दैन तर विलयको सोच प्रधानमन्त्रीमा आउनाले नेपाल एउटा भयानक र खतरनाक जोखिममा जाँदैछ भन्ने कुराको सङ्केत गर्छ । प्रधानमन्त्रीले आफ्नो खुबी र आफ्नै राष्ट्रिय शक्तिमा भर परेर होइन, अन्यत्रकै भर र इसारामा नेपाल राष्ट्रलाई चलाउन खोज्नुभएको छ । उहाँको यो सोचाइ ज्यादै सङ्कीर्ण र राष्ट्रिय आत्मसमर्पणवादी छ । यसमा बेलैमा हेक्का राख्नु बेस होला । नेपाली जनताले सबै हिसाब–किताब गरेर बसेका छन् ।

नेकपा (एमाले) ले शान्ति र संविधानका लागि सरकारका कतिपय काम कारवाहीप्रति चर्को स्वरमा विरोध गरेको छैन । वास्तवमा हामी शान्ति र संविधान निर्माण गर्ने अभिभाराले गर्दा सरकारी कामकारवाहीमा गतिलो प्रतिपक्ष पनि हुन सकेनौ । यसको मतलब यो होइन कि वर्तमान सरकारका सम्पूर्ण अपराध र कर्तुतलाई क्षमा दिएका छौँ । वर्तमान सरकार इतिहासकै नालायक र भ्रष्ट छ भन्ने कुरा अब दोहोयाइरहनु पर्दैन । आज शान्ति र संविधानका लागि जे जति काम भएको छ, त्यो सबै राजनैतिक दलहरूको सात बुँदे सम्झौताअनुसार भएको हो । आपूm गर्न केही नसक्ने, अनि भएका जति मैले नै गरेको हुँ भन्ने मनोरोग प्रधानमन्त्रीमा छ । त्यस रोगबाट मुक्त नभै डा. भट्टराईले यथार्थ बुझ्न सक्नुहुन्न । जनतालाई एकदुई पटक ढाँट्न सकिन्छ, तर सधैँ सकिँैदैन । त्यसकारण प्रतिबद्धताको समय सकियो, परिणाम चाहियो, होइन भने बाटो खुला गरे कसो होला ?This Article published by sourya daily on 20 Feb 2012