Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
प्रधानमन्त्रीको एकलव्य चेष्टा

Articles

प्रधानमन्त्रीको एकलव्य चेष्टा

By Dhurba Pokharel

August 20, 2012

नमच्चिने पिङको सय झड्का भनेझैं नहुने चुनावको मिति सार्ने प्रधानमन्त्रीको व्यर्थको कसरत देख्दा प्रधानमन्त्रीको एकलव्य चेष्टा बुझ्न सकिन्छ । झलनाथ खनालको अर्जुनदृष्टिपछि आफ्नो सत्तारोहणसँगै आएको डा. भट्टराईको एकलव्य चेष्टा । भन्दा शान्ति र संविधानको लागि एकलव्य चेष्टा । व्यवहारमा स्थायी प्रधानमन्त्रीको आकांक्षा । लेनिनले भनेका छन्, ‘राजनीतिमा इमानदारिता शक्तिको र बेइमानी कमजोरीको परिचायक हो । केवल ती व्यक्तिहरूले मात्र आफ्नो अस्तित्वरक्षाका लागि झुट बोल्छन्, जसकोे राजनीतिक पतन भैसकेको छ ।’ बदनियतपूर्वक घोषणा गरिएको मङ्सिर सातको अर्को संविधानसभाको निर्वाचन पनि सार्ने प्रधानमन्त्रीको विचार सयौं झुट मध्येको एक हो । प्रधानमन्त्रीले आफ्नो अस्तित्वरक्षाका लागि फेरि पनि नैतिकताको बाटो छाडेर झुटको सहारा लिएका छन् । उनी हजार झुट बोल्न तयार छन्, तर कुर्ची छाड्न तयार छैनन् भन्ने सन्देश दिएका छन् ।

डा. भट्टराई विद्वान हुन्, त्यसकारण राम्रो शासन गर्छन् भन्ने नागरिकको अपेक्षामा स्वयं उनले नै तातोपानी खन्याइदिएका छन् । आजकल उनको विद्वता देख्दा दया लागेर आउँछ, वास्तवमा विद्वता र शक्ति फरक-फरक कुरा हुन् । कुनै पनि राज्यको राम्रो शासन चलाउन विद्वताभन्दा अन्य धेरै कुरा चाहिन्छ । भ्रष्टाचारबाट मुक्त रहने आचरण प्रलोभनबाट परै बस्ने दृढता आफू र आफ्ना समूहका लागि अनेकौ फाइदा नखोजी आम भलाइका लागि निरन्तर र अथक रूपमा लागिरहने प्रतिबद्धता । आफैंमा शक्ति केन्दि्रत गर्ने मानसिकताले मानिसलाई भ्रष्ट हुनबाट बचाउन सक्दैन । असीमित शक्ति जसको हातमा हुन्छ, उसको मनलाई त्यही शक्तिले भ्रष्ट बनाइदिन उक्साइरहेको हुन्छ । संसद र राज्यका सम्पूर्ण नियमन निकाय रित्तो बनाएर कार्यकारी प्रधानमन्त्रीको शक्ति एकलौटी अभ्यास गर्ने डा. भट्टराईको लालसाले उनलाई इतिहासकै बेइमान र पतित बनाइदिएको छ । उनको विद्यावारिधिले पनि यो कलंक मेट्न सक्ने छैन ।

अधिकांश नेताहरू अर्काको आलोचना गर्न र सुन्न ज्यादै आनन्द मान्छन् । अर्काको आलोचनामा रमाउनेको पतन पनि छिटोछिटो हुने गरेकै छ । हुन त नेपाली राजनीतिमा देखिएको नकारात्मक सोचाइले राजनीतिक व्यक्तित्व निर्माण हुनसकेन । थोरै कमजोरीलाई ठूलो बनाइदिएर व्यक्तित्वलाई समाप्त पार्ने चलन नभएको होइन । संसारका सबै महापुरुस हरू कमी-कमजोरीबाट मुक्त थिएनन् । आज पनि कमी-कमजोरी नभएको कोही पनि छैनन् । तर डा. भट्टराईसँगको प्रश्न नियतसँग जोडिएर आएको छ । किनकि उहाँ प्रधानमन्त्रीको पदसँग मुलुकको अस्मिता साट्न तयार हुनुहुन्छ । नागरिकको स्वतन्त्रता र आफ्नो नैतिकताभन्दा पद प्यारो छ ।

नेपालका अक्सर सबै नेताहरू आफ्नो सिद्धान्त र मान्यतालाई सही ठहर्‍याउन होइन, आफूबाहेक अरुलाई गलत साबित गराउन नै जिन्दगीभर मिहेनत गर्छन्, जसबाट राष्ट्र र जनताले कुनै प्रतिफल पाउन सक्दैन । अरुका कमजोरीहरूमात्र खोजी गर्ने प्रवृत्तिको सिकार भएको छ, हाम्रो नेतृत्व । यदि मानिसले सिक्न चाहन्छ भने उसको प्रत्येक भुलले उसलाई केही न केही शिक्षा दिनसक्छ, तर भुललाई लुकाउन खोजियो भने उसको पतनलाई कसैले पनि रोक्न सक्दैन । प्रसंग डा. भट्टराईको हो, तर करिब सबै नेताहरू यही प्रक्रियाबाट गुज्रेर आएका हुन् । आलोचना गर्नुमात्र समाधान होइन र यो पंक्तिकारको आशय पनि त्यस्तो होइन । लाओत्से भन्छन्, ‘मानिसहरू पूर्णरुपले गलत हुनसक्छन्, तर उनीहरू आफू गलत भएको ठान्दैनन् । यस्ता मानिसहरूलाई मूर्खले मात्र आलोचना गर्छ । समझदार मानिस उनीहरूलाई बुझ्ने कोसिस गर्छ ।’ हामी पनि आलोचना र भत्र्सनामा मात्र रमायौं भने मूर्ख कहलिनेछौं । केही पनि गर्न सक्ने छैनौं ।

निर्वाचन आयोगले साउन ७ गतेभित्र संविधान शंसोधन गरी निर्वाचनका लागि चाहिने सबै कानुनहरू हाम्रो टेबलमा आएन भने मङ्सिर ७ गते निर्वाचन हँुदैन भनेर घोषणा गरेको छ । संविधान शंसोधन नगरी जतिपटक चुनाव सारे पनि चुनाव हँुदैन भन्ने वास्तविकता थाहा हुँदाहँुदै संविधान शंसोधन गर्ने उपाए नखोजी प्रधानमन्त्रीले चुनाव सार्ने उपाएमात्र खोज्नुको मनसाय के हो ? वास्तवमा संविधानसभाको अवसानपछिको राजनीतिक परिस्थितिलाई न प्रधानमन्त्रीले न अन्य राजनीतिक दलका नेताहरू कसैले पनि गम्भीरतासाथ्ा लिएका छैनन् । संविधानसभाको अवसानपछि उग्रवामपन्थी र उग्रदक्षिणपन्थीले नयाँ राजनीतिक सम्भावना देख्नु अस्वाभाविक होइन । संविधानसभाबाट संविधान बन्न नसक्नु ४ वर्षको संविधानसभामात्र असफल भएको होइन, बरु १२ बँुदे समझदारीदेखि आज कतिसम्मको यात्रा संकटमा परेको छ । यदि १२ बुँदे समझदारीदेखि आजसम्मको यात्रा गलत थियो भन्ने हो भने यो अन्तरिम संविधानले काम गर्दैन, त्यसकारण जित-हारबाट वा नयाँ सहमतिबाट अर्को अन्तरिम संविधान बनाएर बढ्नुपर्‍यो । हैन, परिवर्तनको यो प्रक्रियालाई पुरा गर्ने हो भने जहाँबाट बिगि्रयो, त्यहीबाट सुधार गर्नुपर्‍यो ।

राजनीतिक सहमतिका लागि चुनाव, पुनस्र्थापना लगायत जति पनि विकल्प आएका छन्, ती आफैमा वैधानिक छैनन् । जे गरे पनि असंवैधानिक विकल्प नै रोज्नुपर्ने परिवेशमा मुलुक पुगेको छ । मुलुकका लागि योभन्दा खराब परिस्थिति अर्को हुनसक्दैन । त्यसकारण जुन विकल्प रोजे पनि पहिला राजनीतिक सहमति निर्माण गर्ने हो र त्यसका लागि प्रधानमन्त्रीले बाटो खोल्नुपर्छ । राष्ट्रिय सहमतिको सरकार बनाउने र जाने ताजा जनादेशका लागि निर्वाचनमै हो । तर संविधान बनाएर जाने वा नबनाइकन, सवाल यतिमात्र हो । तर जे गर्न पनि जनप्रतिनिधि संस्था चाहिन्छ । लोकतन्त्र मान्छु भन्ने तर जनप्रतिनिधिमूलक संस्था मान्दिन भन्नु अन्ततः लोकतन्त्रलाई अस्विकार गर्नु हो । संविधान शंसोधन गर्ने अर्को बाटो हुनसक्दैन । त्यसकारण विधायिकी अधिकारमात्र प्रयोग गर्नेगरी भए पनि संसद चाहिन्छ । चुनावको बन्दोबस्त गर्न पनि संसद चाहिन्छ । हावामा चुनाव हुदैन । संविधानका प्रत्येक धारामा बाधा-अड्काउ फुकाउनपर्ने परिस्थितिमा त्यो धाराको लगातार प्रयोग लोकतान्त्रिक संसारमा कहीं पनि सम्भव छैन । अधिनायकवादका लागि त संविधान नै चाहिंदैन ।निश्चित रूपमा छोटो समयका लागि पुनस्र्थापना आफैमा वैध छैन, तर यसबाट प्रक्रियालाई लिकमा ल्याउन सकिन्छ । भीरमा खसेको गाडीलाई बाटोमा लाएरमात्र हिंडाउन सकिन्छ । यही संक्रमणलाई लामो बनाउने काममा लाग्ने हो भने नेपालको लोकतन्त्रमात्र होइन, सार्वभौमिकतासमेत ठूलो जोखिममा पर्नेछ ।

नेपालको इतिहासमा संविधानसभाबाट संविधान बनाउने काम खेलाँची होइन । डा. भट्टराईलाई सम्झना हुनुपर्छ, २००७ सालमा संविधानसभाको निर्वाचन गर्ने भने पनि संविधानसभाको चुनाव भएन र संसद्को चुनावका लागि पनि ८ वर्ष कुर्नुपर्‍यो । २०१५ सालको चुनावबाट बनेको संसद्लाई पनि त्यतिबेलाको अभिजात वर्गले स्विकार गरेन, अन्ततः प्रजातन्त्र हरण भयो ।

२०५८ सालमा माओवादी सशस्त्र युद्ध चलिरहेको बेलामा संसद विघटन गरी शेरबहादुरले चुनाव घोषणा गरे । चुनाव हुनसक्ने परिस्थिति थिएन र संसद पनि विघटन भएको थियो । त्यही मौका छोपेर राजाले शेरबहादुर देउवालाई असक्षम करार गरी शक्ति आफ्नो हातमा लिएको दृष्टान्त अहिले पनि ताजै छ । स्वयं ज्ञानेन्द्रको स्थानीय निर्वाचनको हविगत पनि देखिएकै हो । वास्तवमा लोकतन्त्रको मुख्य तत्व नै आवधिक निर्वाचन हो । तर सत्ताधारीहरूले घोषणा गर्ने सबै निर्वाचन लोकतन्त्रको संस्थागत विकासका लागि होइन, बरु लोकतन्त्रलाई समाप्त पार्न घोषणा गरिन्छन् । भएको संविधानसभालाई समाप्त पारेर अर्को निर्वाचनको घोषणा गर्नु जनताका आँखा फुटाएर चस्मा दिने दुस्साहसमात्र हो । २१ औं शताब्दीको जनता आँखा बेचेर चस्मा किन्दैन । संसारमै तानाशाहहरू आफ्नो छवि लोकतान्त्रिक देखाउन चुनावको घोषणा त गर्छन्, तर चुनाव गर्दैनन् । हाम्रा प्रधानमन्त्रीको हकमा पनि संविधानसभाको अवसान गराएर अर्को चुनाव घोषणा गर्ने उनले चुनाव हुन्छ भनेर सोचेका थिएनन् भन्ने कुरा अब चुनाव अर्को मितिमा सर्ने कसरतले प्रस्ट्याइसकेको छ । चुनावमा जाने वास्ताविक बाटो रोकेर बतासे चुनावको घोषणा नेपाललाई लामो समयसम्म संक्रमणमा राख्ने र आफू प्रधानमन्त्री बनिरहने सपना त पूरा हुन सक्दैन । किनकि नेपालको राजनीतिमा अरू खेलाडी पनि छन् । जसले त्यति सजिलै चुनाव हुन्ा पनि दिने छैनन् र आन्दोलनका उपलब्धि संस्थागत हुन्ा पनि दिने छैनन् । यी सबै कामको मतियार बन्नुभएको छ, प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीको एकलव्य चेष्टा शान्ति र संविधानका लागि होइन रहेछ, केवल प्रधानमन्त्रीका कुर्सीका लागि रहेछ भन्ने प्रमाणित भएको छ । ससाना विषयमा पनि सधै बखेडा झिकेर, प्रधानमन्त्रीको कुर्सीलाई नै अभीष्ट बनाएर बस्ने हाम्रो नेतृत्वको पनि परीक्षा भैसकेको छ । जो आफू गर्न पनि सक्दैन, असफल भएपछि बाटो छाड्न पनि सक्दैन । वर्तमान राजनीतिक पद्धति र हाम्रा नेताहरूको व्यवहारले नयाँ पुस्ताका लागि कुनै पनि सपना देख्न नसक्ने बनाइरहेको छ । नेताहरूले विगतमा गरेको त्याग र बलिदानलाई सलाम गर्नैपर्छ । तर परिवर्तनपछिको आकांक्षालाई उहाँहरूले कहिल्यै सम्बोधन गर्न सक्नुभएन । पूर्वी टिमोरको स्वतन्त्रतापछि गुजमाओले भनेका थिए, ‘संघर्षका लागि प्रस्तुत बहादुरी नै सृजनाका लागि पर्याप्त हुँदैन । ध्वंस गर्नु एउटा कुरा हो, निर्माण गर्नु भिन्न । मुलुकको नवनिर्माणका लागि कुशल कालिगढी मस्तिष्क चाहिन्छ । त्यो मसँग छैन, भीडमा खोज्नुपर्छ ।’ के हामी देश बनाउने हातहरू भीडमा खोज्न तयार छौं ? कि म्युजिकल चियरको खेलमै ।कान्तिपुर दैनिक प्रकाशित मिति: २०६९ श्रावण ५