Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
यथार्थलाई उपेक्षा नगरौं

Articles

यथार्थलाई उपेक्षा नगरौं

By Dhurba Pokharel

September 18, 2011

       नेपालको राजनीतिक भविष्य अनुमान गर्न त्यति सजिलो छैन किनकि यहाँ बाहिरी खेलाडीहरू पनि छन् । कतिपय राजनीतिज्ञहरू इसारा कुर्दाकुर्दै रेल छुटिसकेको पत्तै पाउँदैनन् । भूपी शेरचनको कविताजस्तै ‘हामी आफै मिल्न नसक्ने अरूले मिलाइदिनुपर्ने ।’ हामी आफै केही गर्न नसक्ने अरूले गरिदिनुपर्ने हाम्रो नियति बन्दै आएको छ । माओवादी र मधेसी मोर्चाबीच भएको ४ बुँदे सम्झौतापछि डा. भट्टराई मुलुकको प्रधानमन्त्री भएका छन् । नेपालमा जति बुँदे सम्झौता भए पनि तिनको प्रमुख लक्ष्य र कार्यान्वयन हुने पहिलो बुँदा सत्ता प्राप्ति हुँदै आएको छ । बाँकी सबै सम्झौताका बुँदा अलपत्र परेका छन् । १२ बुँदे सहमति निर्माणका सहयोगीहरूकै सहयोगमा ४ बुँदे सहमति भएको भएमा बाहेक यस सम्झौताको पनि भविष्य अनिश्चित छ । मधेसी मोर्चा र माओवादीबीचमा भएको सम्झौतामा साम्प्रदायिक आग्रहहरू छन् जसलाई सकारात्मक मान्न सकिन्न तर शान्ति र संविधानका विषयमा गरिने असल कामलाई सबैले सहयोग र समर्थन गर्नुपर्छ त्यस्तै प्रधानमन्त्री भट्टराई र उनको पार्टी माओवादीले जस्तोसुकै परिस्थितिमा पनि उचित मार्गबाट विचलित नहुने साहस गर्नुपर्छ । डा. भट्टराईले सहमतीय सरकारबाहेक कुनै पनि बहुमतीय सरकारले समाधान दिन सक्दैन भन्ने मान्यता निरन्तर राख्दै आएका थिए तर अहिले उनी बहुमतीय त्यसमा पनि अराजनीतिक र अपारदर्शी गठबन्धन सरकारको नेतृत्व गर्न पुगेका छन् । जसले उनको पूर्ववत् मान्यता आफै खण्डित भएको मात्र होइन, यस्तो अवस्थाको नेतृत्व गर्दाका चुनौतीलाई पनि उनले अवश्य आँकलन गरेको हुनुपर्छ । प्रधानमन्त्री हुन आफ्नै पार्टीभित्र विभिन्न गठबन्धन गर्नु र विगतमा आफ्नै पार्टीले समर्थन गरेको सरकारलाई दिल खोलेर समर्थन नगर्नुले निश्चितै रूपमा हिजोको व्यवहारका आधारमा आज उनीहरूले व्यवहार गरे भने उनलाई यो गठबन्धनको नेतृत्व फलामको च्युरा साबित हुनेछ । अर्थात् उनका सामु चुनौती छन् । ती चुनौतीको सामना हुलासको मुस्ताङ गाडी चढेर मात्र हुनेवाला छैन । बरु विगतको समीक्षा गर्दा नयाँ ढंगले काम अगाडि बढाउनु नै उनको दायित्व हो । जहाँसम्म एमाले र कांग्रेसको कुरा छ, विगतमा माओवादीले राखेको रिस, द्वेष, आग्रह, पूर्वाग्रह, आक्रमण आदिलाई बिर्सेर शान्ति र संविधान निर्माणमा पूर्ण सहयोगपुर्‍याउनुपर्छ । विपक्षमा रहेका एमाले र कांग्रेस दुवै शक्ति शान्ति प्रक्रियाका महत्त्वपूर्ण पाटा हुन् यस कुरालाई नजरअन्दाज गरेर कुनै काम पनि अगाडि बढ्दैन । यसरी नै जुनसुकै कुरामा पनि बखेडा निकाल्ने काम कांग्रेस, एमालेबाट भएमा जनताले यिनीहरूलाई पनि छोड्ने छैनन् ।

     माओवादी शान्ति प्रक्रियाका कामहरूलाई विश्वसनीय ढंगले अगाडि बढाओस् र सरकारको नेतृत्व लिओस् भन्ने हाम्रो चाहना हो तर माओवादीले त्यसो किन गरेन ? गएको जेठ १४ गते भएको ५ बुँदे सहमतिअनुसार शान्ति प्रक्रिया अगाडि बढाउन किन माओवादी इच्छुक देखिएन ? शान्ति प्रक्रिया अगाडि बढाएर राष्ट्रिय सरकारको नेतृत्व लिने बाटो छाडेर मधेसी मोर्चासँग मिलेर झिनो बहुमतको सरकार बनाउने लालसा किन आयो ? साँच्चै माओवादी समस्याको समाधान चाहन्थ्यो भने झलनाथ खनालले दिएको साउन २८ सम्मको समयसीमामा किन उदासीन भयो ? वास्तवमा माओवादीप्रति यी केही गम्भीर आशंकासहितका सवाल हुन् ? यी नेकपा एमालेसहित सबै नेपालीका साझा सवालहुन् । तर यी सबै कुराको बाबजुत ४५ दिनमा शान्ति प्रक्रिया पूरा गर्छु भनिरहेको सन्दर्भमा डा. भट्टराई र माओवादी पार्टीलाई अन्तिम परीक्षणको मौका दिनुपथ्र्यो त्यसमा कांग्रेस र एमाले चुकेका छन् । यो कुरा माओवादीप्रति आसक्त भएर भनिएको थिएन उसको अन्तिम परीक्षणका लागि थियो । यसो गरेको भए ठूलो पहाड नै खस्ने थिएन । यदि शान्ति प्रक्रिया अगाडि बढ्थ्यो भने त सबैभन्दा राम्रो हुन्थ्यो नभए माओवादीको वास्तविक तस्बिर जनतामा उदाङ्गो हुन्थ्यो । डा. भट्टराई प्रधानमन्त्री भएपछि शान्ति प्रक्रियामा केही नयाँ निर्णय भएका छन् । जुन ज्यादै सकारात्मक कुरा हो । खासगरी विशेष समितिलाई कन्टेनरको साँचो बुझाउने, शिविरहरू पूर्णतः समितिको मातहत रहने र आवश्यक कर्मचारी तत्काल भर्ती गर्नेजस्ता विषयले विगत २ महिनादेखि गतिरोध भएको शान्ति प्रक्रियालाई नयाँ गति प्रदान गरेको छ तर यो विगतका शृंखलाजस्तै एक पाइला अगाडि बढ्ने र रोकिने नहोला भन्नसकिन्न । किनभने मुख्य कुरा त पुनर्वर्गीकरणमा जानुअगाडि गर्नुपर्ने राजनीतिक तथा प्राविधिक काम सबैभन्दा कष्टकर छ । वर्गीकरण कार्य सुरु गर्नुअगाडि केही आधारभूत विषयमा समझदारी गर्न कांग्रेस र एमाले लचिलो र तत्पर हुनैपर्छ । समायोजन कसरी हुन्छ भन्ने मापदण्ड र पुनस्र्थापनामा जानेलाई कस्तो सहुलियत हुन्छ भन्ने कुरा स्पष्ट नभई तथ्याङ्क सङ्कलन गर्दा लडाकुले आफ्नो इच्छा कसरी व्यक्त गर्न सक्छन् ? त्यस्तै कहाँ समायोजन हुने र त्यसका लागि कस्तो योग्यता चाहिन्छ भन्ने विषय निरुपण नभई गरिने वर्गीकरणले ठोस आकृति पाउन सक्दैन । त्यसकारण दलहरू संख्यामा बखेडा गर्नुभन्दा पहिला समायोजन विधि, समायोजन हुने लडाकुको योग्यता, पुनस्र्थापनाको प्याकेज आदिको टुङ्गो लगाउनुपर्छ तब मात्र पुनर्वर्गीकरण सफल हुन्छ । संख्यामा हुने एक दुई हजारको तलमाथिप्रति कसैले टाउको दुखाउनु हुँदैन । आफू प्रधानमन्त्री हुन पाए ८ हजार संख्या पनि स्विकार्ने नपाए ५ हजारमा झर्ने कुरा युक्तिसंगत मान्न सकिँदैन ।

     भट्टराई प्रधानमन्त्री बनेपछि संविधानसभाको समय तीन महिनालाई मात्र भए पनि सहज ढंगले थपिएको छ । उनी प्रधानमन्त्री बनेलगतै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बधाई मात्र होइन भारत भ्रमणको निम्ता पनि दिएका छन् । जुन झलनाथ खनालका लागि असम्भव भयो । नेपालको शान्ति र संविधान निर्माणमा गतिरोध हुनुमा माओवादीसँग भारतको सम्बन्ध बिग्रनु पनि मुख्य कारण भएको कसैबाट छिपेको छैन । भारतप्रति लोयल भनिएका भट्टराईमार्फत सम्बन्ध सुधार गरेर भारतले नेपालको शान्ति प्रक्रियालाई सहयोग पुर्‍याउँदा आफ्नो सहयोगमा सुरु भएको शान्ति प्रक्रिया र संविधान निर्माणको काम पूरा गरेर जस लिन खोजेको देखिन्छ । जुन अस्वाभाविक होइन तर कहिले कसलाई प्रयोग गर्ने कहिले कसलाई प्रयोग गर्ने हिसाबले काम भएमा जसभन्दा अपजस नै बढी जानेछ । त्यसकारण मुख्य पार्टीहरूलाई पाखा लगाएर समाधान खोज्ने मूर्खता कसैले पनि गर्नु हुँदैन । यथार्थलाई उपेक्षा गरेर कहीं पनि पुगिँदैन । नेपालको शान्ति र संविधानका लागि भारतलगायतका अन्तर्राष्ट्रिय समुदायको सकारात्मक सहयोगलाई स्वागत गरे पनि आफ्नो निर्णय आपै+m गर्न सक्ने तागत राखेनौं भने हाम्रो स्वाधीनता जोखिममा पर्ने निश्चित छ । त्यसकारण शान्ति र संविधान निर्माणका लागि एकअर्काको आलोचनामा समय खेर फाल्नुभन्दा नयाँ ढंगबाट आफ्नै पहलकदमी स्थापित गर्न सबै दलहरू अग्रसर हुन ढिला गर्नु हुँदैन । अघिल्ला २ वटा सरकारको नेतृत्व गरेपछि अहिले नेकपा -एमाले) प्रतिपक्षमा छ र आराम गर्ने मुडमा छ । यो आराम गर्ने बेला होइन । विगत २ वर्षभन्दा लामो अनुभवलाई शान्ति र संविधानका लागि प्रयोग गर्ने बेला हो । सरकारमा रहे पनि प्रतिपक्षमा रहे पनि राष्ट्रिय सहमति, शान्ति र संविधानकै झन्डा उठाउने पार्टीको घोषणालाई सार्थक बनाउनुपर्छ । एकपटक ठन्डा दिमागले आत्मसमीक्षा पनि गर्नुपर्छ तर समीक्षा पनि गति र कामसँगै हुनुपर्छ । नेपालमा सबैभन्दा योग्यतम, परिश्रमी कार्यकर्ता, राम्रो जनाधार भएर पनि किन असफल हुनुपर्‍यो । शान्ति र संविधानका लागि यसबीचमा सबैभन्दा मेहनत गरेको पार्टी हो एमाले तर हाम्रा प्रयासलाई ढुलमुले भनिँदै छ । राजनीतिक चरित्र आपै+m बन्दैन, आफ्ना कर्मले बनाउनुपर्छ । काम इच्छाबाट होइन, परिश्रमबाट सिद्ध हुन्छ । सुतिरहेको सिंहको मुखमा मृग आपै+m पुग्दैन । राजनीतिक कुरामा भन्दा अराजनीतिक कुरामा चासो राख्ने, राजनीतिक मान्छेका विरुद्ध अराजनीतिक मान्छे प्रयोग गर्ने कामले अन्ततः आप+mैलाई सिध्याउँछ । घरभित्रको बत्ती निभाएर टाढाको उज्यालोको आशा गर्ने बानी छाड्नुपर्छ र राजनीति नेताहरूको आग्रह र इच्छाद्वारा मात्र निर्देशित हुँदैन, त्योभन्दा बढी जनताको भावना, इच्छा र आकांक्षासँग जोडिएकोहुन्छ । जननेता मदन भण्डारीले भनेजस्तै जनतासँग अलगिएको नेतृत्वले परिवर्तनको नेतृत्व गर्न सक्दैन । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल हुन्छ, भाषणमा जितेर मात्र हुँदैन, जनकार्य, जनहित र राष्ट्रहितप्रति समर्पित भएर मात्र श्रेष्ठता हासिल गर्न सकिन्छ ।

     जहाँसम्म डा. भट्टराई सरकारको कुरा छ, यसलाई शान्ति र संविधानका लागि पूर्ण सहयोग गर्नुपर्छ । ४५ दिनमा शान्ति प्रक्रियालाई विश्वसनीय ढंगले अगाडि बढाएमा सडकबाटै समर्थन गरिदिनुपर्छ । शान्ति र संविधानका लागि एमाले प्रतिपक्ष हुनु हुँदैन । आफ्नो नेतृत्वमा सरकार हुँदा पनि शान्ति प्रक्रिया र संविधान निर्माण गर्ने मूल एजेन्डालाई अल्मल्याउने काम भएछ भने जनतामा ऊ आपै+m नांगिनेछ र राजनीतिक दलहरूको विश्वास पनि टुट्नेछ । यो माओवादीका लागि अन्तिम परीक्षण पनि हो ।(This Article was published in Kantipur Publciation On 18th Sept 2011)