Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
गोरखालीहरुको अर्को जीत

Articles

गोरखालीहरुको अर्को जीत

By Dhurba Pokharel

May 18, 2012

         राजनीति र कलेजका प्रारम्भीक दिनमा खुब नारा लगाईन्थ्यो,‘गोरखा भर्ती खारेज गर ।’ हामीलाई थाहा थियो, ‘गोरखा भर्तीले नेपालीहरुको हित गदैन ।’ अनेकौं गीत ,कविता र नाटकहरुको माध्यमबाट गोरखा भर्तीका विरुद्ध ठुलो जनमत निर्माण पनि गरियो । पंन्चायतको अन्त्य र बहुदलिय प्रजातन्त्रको आगमनसँगै भूतपूर्व गोरखा सैनिक सघं(गेसो)को स्थापना भयो । पदमबहादुर गुरुङ्ग दाई र चन्द्रबहादुर गुरुङ्ग सर गेसोको अध्यक्ष र महासचिव हुनुभयो । दुबैजना पोखरावासी । गेसोको स्थापनासँगै उहाँहरु र गोरखा आन्दोलनको सामिप्यमा रहने अबसर पाएँ । गेसो सँगै गोरखा सैनिक आबाजको प्रकाशन पनि सुरु भयो । गोरखा सैनिक आवजले आन्दोलनका लागि उज्यालो काम गर्यो । प्रारम्भिक दिनका गेसोको पर्चा र प्रकाशनसँगै गोरखा आन्दोलनमा जोडिन पुगेँ म पनि । गोरखा आन्दोलनको प्रारम्भीक दिनहरुमा पर्चा प्रकाशन गर्ने, पर्चा बाढ्ने अभियानमा सामेल भएँ ।पदमबहादुर र चन्द्रबहादुर दुबैले सुरुवाती दिनहरुमा गेसो आन्दोलनका लागि निकै संघर्ष गर्नुभयो । उहाँहरु भन्नुहुन्थ्यो,‘ब्रिटिश शासकले गोरखाहरु माथि चर्को शोषण र बिभेद गरीरहेको छ । यसका बिरुद्ध लड्नुपर्छ ।’ तर, आलोचकहरु भन्थे,‘कुईनोले पहरा भत्काउँन सम्भव छैन ।’ आचोलकहरुको कुरा पनि ठिकै जस्तो,‘बिट्रिस जस्तो साम्राज्य बिरुद्धसँग लडाई सम्भव छ ? कतिले त पदमबहादुर र चन्द्रबहादुरको अभियानलाई मूर्खतापूर्ण बकबास भनेर उडाई दिन्थे । अनेकौ अबरोहहरुको बिचबाट उहाँहरुले निरन्तर आन्दोलनलाई अगाडी बढाउँनुभयो । अन्ततः गेसोले कहिल्यै नअस्ताउँने सुर्य मानिएको बेलायती साम्राज्यलाई हराएर बिजयको झन्डा फहरायो । र, शोषण र बिभेदमा पारिएका गोरखा सैनिकहरुलाई न्याय दिलायो । गेसो आन्दोलनमा कुनै न कुनै रुपमा सहयोग पुर्याएको र सहभागी भएको नाताले मलाई पनि गौरव महशुस हुन्छ । आन्दोलनको नेतृत्वकर्ता पदमबहादुर गुरुङ्गलाई सलाम गर्न मन लाग्दछ, जसले असम्भव मनिएको सबै चिजलाई सम्भव बनायो । पदमबहादुर गुरुङ्गको निरन्तरको संघर्ष गर्ने कुराले नै आन्दोलन सफल भयो । र, पदमबहादुर गुरुङ पनि सबैका प्रिय र आदरणीय बने । प्रथम विश्व युद्धमा झण्डै दुई लाख गोर्खालीहरुले व्रिटिस सेनाको तर्फबाट विश्वका विभिन्न मोर्चामा युद्ध लडे । त्यसैगरी द्धितिय विश्वयुद्धमा अढाई लाख गोर्खाली ब्रिटिशको पक्षमा युद्ध लडे । दुबै युद्ध गरेर झण्डै ५० हजार गोर्खालीको ज्यान गयो । कैंयौँ घाइते र अंगभङ्ग भए । युद्धपछि तिनीहरुलाई बाटो खर्च दिएर घर पठाइयो । सेवाको अवधिमा आफ्नो समकक्षी अग्रेजको तुलनामा कम्तीमा १० गुणा थोरै तलब थियो । पेन्सनमा पनि उस्तै भेदभाव । गेसोसँग र पदमबहादुर गुरुङको संगत र संवादबाट गेसो स्थापनाको दशकमा यो यर्थाथबोध भयो । गेसो वेलायतको अदालतमा मुद्धा लड्ने तयारी गर्यो । व्रिटिस अत्तालिएका थिए । उसले कहिले आंतककारीसँगको साठगाँठको आरोप लगाउँथे त कहिले चन्दा असुलीको । गेसो र उनका नेतृत्वलाई समाप्त गर्न ब्रिटिश र नेपाली शासकले यस्ता अनेकौ असफल प्रयत्नहरु गरे । यो आन्दोलनले नेपाल सरकारको सहयोग पनि पाएको थियो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा १९५० को सन्धीको प्रतिलिपी गेसोलाई उपलब्ध गराइदिनु भयो र आन्दोलनलाई नैतिक बल प्रदान गर्नु भयो, नत्र त्यसअघि सबै सरकार र तिनका मन्त्रीहरुले नकारात्मक भुमीका मात्रै खेलेका थिए । जब गेसोले गोर्खा भर्तीको मुद्दा कानुनी र राजनैतिक विषय मात्र नभई संयुक्त राष्ट्रसंघीय चार्टर मानव अधिकार, महिला अधिकार र जातीय रंगभेदको विषय हो भन्ने दृष्टीकोणलाई अगाडी सारे । कसरी भुपुहरुको पेन्सन युद्ध बन्दी , बालअधिकार र विधवा अधिकारको हनन भएको छ भन्ने कुरा बाहिर ल्यायो । र, पेन्सन कटौती र विभेदका २४ वटा विषयमा व्रिटिस उच्च अदालतमा मुद्धा दायर गर्यो र युद्ध बन्दीको मुद्धामा गेसोले विजय प्राप्त गर्यो । एकहजार भन्दा बढी युद्ध बन्दी र तीनको विधवा परिवारले युद्धबन्दी वापतको क्षतिपुर्ति त्यही १३ लाख पाए । विजय यात्रासँगै गेसोले राष्ट्रिय अन्तराष्ट्रिय स्तरबाट सहयोग पायो । व्रिटिस भुमीमा नै गेसोको यो आन्दोलनलाई सहयोग र समर्थन भयो । गोर्खाली लाहुरेहरुले कहिल्यै घाम नअस्ताउने साम्राज्य व्रिटिसलाई घुँडा टेकाए । एकहदसम्म समानता स्थापीत गरेर छाडे । पदमबहादुर गुरुङ्गको नेतृत्वमा गेसोले जुन सफलता यो नेपालीहरुको लागि मात्र होइन विश्व भरिका शोषित उत्पीडित जनताको लागी समेत अनुकरणीय छ । गेसोले उठाएका चार शुत्रिय मागले गोरखाहरुले मात्र न्याय पाँउने विषय थिएनन् इ.१९४७ को संम्झौतामा नेपाली सेनालाई ‘भाडाका सिपाही’ भन्ने कलंक लाई मेटेर राष्ट्रिय स्वाधीनतालाई उचो राख्ने काम गरेको थियो । तर, सरकारले देशभक्तिपुर्ण आन्दोलन कहिल्यै बुझेन । गेसोले आन्दोलनकै माध्यमबाट नेपाली भाडाका सिपाही भन्ने कलंकलाई नै मेटायो । यो नेपाल र सबै नेपालीको गौरवको विषय हो । गोरखा आन्दोलनले एक पछि अर्को सफलता प्राप्त गर्ने क्रममा गोरखा भर्ती कथा, व्यथा र आन्दोलनका बारेका डा. शुरेन्द्र केसी ले पुस्तक लेख्नु भयो । झलक सुवेदी, श्यामल, राजेन्द्र महर्जन लगायतका बौद्धिक साथीहरु आन्दोलन स्थापित गर्ने अहिले पनि क्रियाशिल हुनुहुन्छ । आज यो आन्दोलन देश भित्र र बाहिर फैलिएको छ । गेसोको जिवनमा विभिन्न उतार चढाव हरु नआएका होइनन् । गेसोलाई नै समाप्त पार्ने खेल गेसो भित्र र बाहिरबाट नभएका होइनन् तर अध्यक्ष पदमबहादुर गुरुङ्गको लक्ष्यमा पुग्ने दृढ इच्छा शक्ति र सफल नेतृत्वले सबै प्रकारका जाल, झेल, षड्यन्त्र र विभाजन लाई परास्त गरेर आफनो लक्ष्य भेदन गरेरै छाड्यो ।

आन्दोलनको नयाँ मोर्चा केहि समय अगाडी पदमबहादुर दाईले गोरखा आन्दोलनमा विभिन्न रुपबाट सहयोग पुर्याइरहेका रहेका साथिहरुको जमघट गराउनु भयो । उहाँको इच्छा थियो, ‘गोर्खा आन्दोलनलाई जीवीत राख्न र भुतपुर्व गोर्खाको सम्झनाको लागी एउटा भव्य गोर्खा स्मारक बनाउने ।’ सबैले सहमती जनाएपछि यो स्मारक ससांरमा प्रख्यात हुनुपर्छ र अझ व्रिटिसको ध्यान तान्न सक्ने हुनुपर्छ भन्ने कुरा भयो । वरिष्ठ इञ्जिनीयर शंकरनाथ रिमाललाई त्यसको नक्सा र डिजाइनको लागी आग्रह गर्ने कुरा भयो । रिमाल सरले सहर्ष स्विकार गर्नुभएछ । स्थान खोज्दै जादाँ कास्की र स्याङ्गजा जिल्लाको सीमाना फेदीखोलामा–८ साल्मेडाँडाँमा जग्गा फेला परेछ । नेता कमरेड हितकाजी गुरुङको गाउँ रामकोट नजिकैको सुन्दर डाँडो ३ हजार रोपनी भन्दा बढी जग्गा अर्थात् रमणीय पोखरा वरपर र सम्पुर्ण हिमाल देख्न सकिने त्यसको नाम साल्मेडाँडा । २ महिना अघिको कुरा हो । काठमान्डू, धरान, पोखरा लागायतका शहरबाट पत्रकार साथीहरु गेसोका पदाधिकारीहरु लेखक बुद्धिजीवी भएर हामी त्यो ठाँउमा पुग्यौँ । गोरखा स्मारक निर्माणको स्थल अवलोकन गर्यौं । शंकरनाथ रिमाल सर पनि हुनुहुन्थ्यौँ । त्यहाँ हितकाजी गुरुङ्गले मेहनत गरेर बनिरहेको सुन्दर समाज घर थियो । त्यही घरमा भव्य कार्यक्रम भयो । गोरखा स्मारक निर्माणको कार्यलय पनि स्थापना भयो । करीब एक सय जना बाहिर बाट गएका अतिथीहरु र त्यहाँका स्थानीय जनसमुदायको विचमा उभीएर पदमबहादुर गुरुङ्गले उदघोष गरे, ‘हामी गोर्खाहरुको सम्मानको लागी यहाँ नेपालकै सबै भन्दा ठुलो स्मारक बनाउछौँ । गोरखा टावर बनाउँछौ यो टावर धरहरा भन्दा पनि अग्लो हुनेछ । यो स्मारक व्रिटिस साम्राज्यका लागी सधै चुनौती बनेर उभीरहने छ ।’ तालीको गडगडाहटमा कार्यलय स्थापना भयो ।कार्यक्रममा धेरै वक्त्ताहरुले बोल्नु भयो । आमा समुहले राम्रो र मिठो भोजन सहित हामीलाई स्वागत गरेको थियो । सबैमा एक प्रकारको उत्साह छाएको थियो । पदमबहादुर गुरुङ्गले भनिरहनुभएको थियो, ‘हाम्रो आन्दोलन सकिएको छैन । अब हाम्रो आन्दोलनले रुप परिवर्तन गरेको छ । अब हामी नयाँ मुद्धा लिएर जानेछौँ । व्रिटिसले हाम्रो मानव अधिकार माथि आक्रमण गरेको छ । अन्तराष्ट्रिय मानव अधिकारका विश्वव्यापी मान्यताका विरुद्ध काम गरेको छ । व्रिटिस सेनामा नेपाली लाई भर्ती गरेर छिमेकी मुलुक र जनताका विरुद्ध हामीलाई प्रयोग गरेको छ । अन्तराष्ट्रिय मानव अधिकारको मुल्य अनुसार अर्की देशको नागरिकलाई छिमेकी मुलुकको लडन र युद्धमा पठाउन पाइदैँन तर हामीलाई पठाइयो । हामी जहाँ लडन गयौँ त्यसका लागी हामी माफी चाहान्छौँ तर हामीलाई यो मानवता विरुद्धको अपराधमा संलग्न गराउने त विटिस समुदाय हो । अब यसको हिसाब किताब गर्नुपर्छ । मानवअधिकारको वकालत गरेर कहिल्यै नथाक्ने व्रिटिस समुदायले हाम्रो मानवअधिकारको धेरै उल्लंघन गरिरहेका छ …………………।’ वास्तवमा भएको पनि यस्तै छ । के साना राष्ट्रको मानव अधिकार हुदैँन ? मानव अधिकार ठुला लागी मात्रै हो ? कास्की र स्याङ्गजा जोड्ने मट्टीखान । त्यहाँको साल्मेडाँडा करीब ३० कि.मी लामो पहाड जादाँबाट पनि हिमाल र पोखरा देख्न सकिन्छ । धेरै जिल्लाहरु देख्न सकिने शिखर जस्तै डाँडा साल्मे डाँडा । करीब २ अरबको परीयोजना गेसोले देखाएको सपना । भरतपोखरी,निर्मलपोखरी , कृष्ति हुदैँ मट्टीखान आउने एउटै डाँडो त्यहाँ मोनो रेल सञ्चालन गर्ने परीकल्पना । साँच्ची कै संसार कै सुन्दर ठाँउ हुनेछ त्यो । टावर सगै स्मारक र संग्रलया । संसार भरीका मान्छेहरु हेर्न का लागी ओइरो लाग्ने ठाँउ । यसको निर्माणमा सबै लागेका छन् । हामीले पनि हातमा हात मिलाउँदै अगाडी बढ्न प्रतिवद्धता व्यक्त गरेका छौँ । साँच्चीकै संसार कै सुन्दर साल्मेडाँडा गोर्खा स्मारक । साच्चै गोर्खाली सेनाको गौरव गाथा बहादुरी र इमान्दारीताका प्रतिक गोर्खा स्मारक व्रिटिस समुदायको लागी क्षमा मात्र माग्न र पश्चाताप गर्ने आउने आफनो जीवन गुमाएका हजारौँ हजार आमाको सम्झना बन्ने स्मारक थलो । आहा ! अब धेरै समय पर्खनुपर्ने छैन |Gorkha smaarak (may 2012)