Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
संसदीय समितिद्वारा विकासे निकायलाई निर्देशन

News

संसदीय समितिद्वारा विकासे निकायलाई निर्देशन

By Krishna

October 12, 2014

व्यवस्थापिका संसद विकास समितिले आइतबार विकास निर्माणसंग सम्बन्धित विभिन्न निकायलाई चालु रहेका आयोजनाहरु र प्रस्तावित आयोजनाको कायम अघि बढाउन निर्देशन दिएको छ ।

समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा सरोकारवाला मन्त्रीको उपस्थितिमा भएको बैठकमा सो निर्देशन दिइएको हो ।

समितिले काठमाडौं–मधेश तराई (निजगढ) दु्रतमार्ग नेपालको विकासको कोशेढुंगाको रुपमा रहने राष्ट्रिय गौरवको आयोजना भएकोले यसको सम्पनतासँग प्रत्यक्ष रुपले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सो सहित राष्ट्रिय सामाजिक आर्थिक रुपान्तरणका धेरै पक्षहरु यस आयोजनाको सफलतामा आधारित रहेको हुँदा यसलाई छिटो प्रक्रियामा लैजान निर्देशन दिएको छ ।

यो आयोजनालाई कुन प्रक्रियाले कार्यान्वयन गर्दा लगानीकर्ता आकर्षित भै छिटो छरितो सम्पन्न गर्न सकिन्छ, यस बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्टिय योजना आयोग र लगानी बोर्ड समेतले राष्ट्रिय प्राथमिकताका साथ उच्च महत्व दिई आपसी समन्वय गरी अविलम्ब निर्माण कार्य प्रारम्भ गर्न यो समिति सम्बद्ध सबै निकायहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्टिय विमानस्थल आयोजनालाई लगानी जुटाउने लगायतका आवश्यक कार्य सम्पन्न गर्न प्रक्रियागत अन्योलहरु अबिलम्ब निर्कौल गरी समन्वित रुपमा आयोजना अघि बढाउन राष्ट्रिय योजना आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रलाय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस आयोजनालाई प्राथमिकताका साथ उच्च महत्व दिई अविलम्ब निर्माण कार्य प्रारम्भ गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिले उक्त दुबै अयोजनाको निर्माण सम्बन्धी प्रतिवेदन प्रत्येक महिना अद्यावधिक विवरण सहित समितिमा पठाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रलाय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन गरेको छ ।