Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
निजगढ विमानस्थल संसारकै लोभलाग्दो परियोजना हो, वातावरणका नाममा विकास रोक्न सकिन्न

Articles

निजगढ विमानस्थल संसारकै लोभलाग्दो परियोजना हो, वातावरणका नाममा विकास रोक्न सकिन्न

By Dhurba Pokharel

September 28, 2018

हिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा कुरा उठेको छ ।  जब अप्ठेरो र चुनौतीपूर्ण काम आउँछ, तब हामी यो क्षेत्रका मान्छे चुप बस्छौँ । म प्रश्न गर्न चाहन्छु, के भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय ट्रान्जिट बन्न सक्छ ?

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हब विमानस्थल हुन सक्छ ? सक्दैन । अहिले यो भुटानको बाहेक ट्रान्जिट हुन सकेको छैन । अन्तर्राष्ट्रिय स्तरको विमानस्थलको कुरा गर्ने हो भने साँचो अर्थ र स्टान्डर्डको विमानस्थल हामीसँग छैन । त्यसको लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अति आवश्यक छ ।

यदि पर्यटनमार्फत देशलाई समृद्धितर्फ लैजाने हो भने निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक छ । यदि संसारलाई नेपाल ल्याउने र हामी संसारसम्म पुग्ने हो भने यो परियोजना निकै आवश्यक छ । संसारकै लोभलाग्दो परियोजनाको रुपमा निजगढ विमानस्थल परियोजना हो । कुनै पनि हिसाबबाट त्यो विमानस्थल बनाउने काममा हामीले जति ढिलो गर्छौँ, देशलाई त्यति नै नोक्सानी हुन्छ । त्यसैले ढिलो नगरौँ, वातावरणमा कम भन्दा कम क्षति पुर्‍याउने गरी विमानस्थल बनाउने हो । वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउने हो । तर वातावरणको नाममा विकासलाई अवरुद्ध गर्न सकिन्न ।

हामीले जति वातावरण क्षति गर्छौँ, त्यो भन्दा धेरै क्षतिपूर्ति हुनेगरी काम अघि बढाउन जरुरी छ । त्यसैले यसमा कुनै पनि अन्योल सिर्जना गर्नुपर्ने आवश्यक नै छैन । जब परियोजना अघि बढ्यो, चार किल्ला तोकियो तब धेरै कुरा आएका छन । हामीसँग विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) छ । कोरियाको ल्याण्डमार्क वर्ल्डवाइड कम्पनीले गरेका त्यति ठूलो अध्ययन थन्किएर बसको थियो, हामीले त्यसलाई अपनत्व लियौँ । त्यो एउटा प्रकारको डीपीआर नै हो । यहाँ त कुनै अध्ययन नै गरिएन भनेर हल्ला चलाइयो तर हामीसँग त्यत्रो महत्वपूर्ण अध्ययन छ नि । त्यसैका आधारमा हामीले काम गरिरहेका छौँ ।

हामीले पीपीपी बुट मोडलमा जाने मोडालिटी फिक्स गरिसकेका छौँ । र यति कुरा बुझ्नुपर्छ कि निजगढ विमानस्थल मुम्बईमा भएजस्तो या हङकङमा भएजस्तो सहरको नजिक होइन । त्यहाँ त पाइलट र ट्रान्जिट प्यासेन्जरहरुका लागि भवनहरु बनाउन पर्‍यो, त्यस्तै नजिकै सहर नभएकाले चाहिने पूर्वाधार त सबै बनाउनुपर्‍यो नि ।

केवल ३६ सय मिटर लामो रन वेकै लागि त भैरहवा अनि काठमाडौंमा पनि त विमानस्थल छ नि । हामीलाई सबै पूर्वाधार भएको विमानस्थल आवश्यक भएकैले निजगढको परियोजना अघि सारिएको हो । यो कुरालाई हामी सबैले बुझ्नुपर्छ । हामी यसलाई ५-६ वर्षमा पूरा गर्ने उद्देश्यका साथ अघि बढिरहेका छौँ । सन् २०२० देखि ३० सम्म नेपालको पर्यटनलाई आर्थिक विकासको एक नम्बर इन्जिनको रुपमा अघि बढाउने भएकाले पनि निजगढ आवश्यक छ । यसका लागि हामीलाई लगानी आवश्यक छ ।

भैरहवा धेरै उल्झनमा थियो,  तर अब एक वर्षभित्र पूरा हुने गरी काम भैरहेको छ । पोखरा अघि बढेको छ । तर निजगढमा त डेभलपरहरु आउनै डराउने वातावरण बनाउन खोजिएको छ । लगानीकर्ता कसरी यहाँ आउँछ भनेर हामीले त्यो वातावरण बनाउन पर्दैन ?

आज म निर्भिकताका साथ भन्छु, नबिराउनु नडराउनु । म पर्यटन क्षेत्रका आधारभूत पूर्वाधार बनाएरै छाड्छु । त्यसो भन्दैमा वातावरण विनास मात्रै गर्ने भन्ने हुँदैन, वातावरण र अरु सबै कुरालाई सन्तुलित ढंगले अघि बढाउँछौँ ।

हामी धेरै सम्भावनाको बीचमा छौँ, तर मिठो कथा भनेर अनि निबन्ध लेखेर त एक पाइला पनि अघि सर्दैन । त्यसका लागि भौतिक पूर्वाधारदेखि जनशक्ति जोहोको काम गर्नुपर्छ । भाषण, खण्डनमा रमाइरहने हो भने हामी अघि जान सक्दैनौं ।  सार्वजनिक वृत्तबाट उठेका प्रश्नलाई पनि ध्यान दिनुपर्छ, त्यसलाई सुन्दै र व्यवस्थित गर्दै काम अघि बढाउनुपर्छ ।

–विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरेको सम्बोधनको सम्पादित अंश ।

हामीले यो सम्पादित अंश उज्जालो अनलाइन बाट लिएका हौ |