Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
प्रदेश सञ्चालनका आर्थिक आधार

Articles

प्रदेश सञ्चालनका आर्थिक आधार

By Dhurba Pokharel

February 11, 2018

लामो प्रतीक्षापछि अबका साता दश दिनमा सातवटै प्रदेशमा प्रदेश सरकार बन्दै छन् । यससँगै संविधान कार्यान्वनको एउटा चक्र पूरा हुनेछ, संक्रमणकाल अन्त्य हुनेछ र देशको संघीयता पूर्ण आकारसहित कार्यान्वयनमा जानेछ । यो हामी सबैका लागि खुसीको क्षण पनि हो । तर, यस खुसीसँगसँगै केही प्रश्न, केही जटिलता र केही चुनौती पनि ज्वलन्त रूपमा अगाडि आइरहेका छन् । हामीले ती चुनौती पन्छाउन सकेनौँ, संघीयताको यो जहाजको कुशलतापूर्वक उडान भर्न सकेनौँ भने आगामी दिनमा यसबाट एउटा बेग्लै खालको संकट सिर्जना हुनेछ । त्यसैले, हामीले प्रदेश सरकार बनाएर संघीयताको उडान भर्दै गरेको समयमा केही विषय र पक्षमा अगाडि नै सुझबुझपूर्ण तरिकाबाट हेक्का राख्नु जरुरी छ । यस विषयमा सम्पूर्ण राजनीतिक दल र विशेषगरी प्रदेश र केन्द्रमा सरकार निर्माण गर्दै गरेका दलहरूले विशेष ध्यान दिनु जरुरी छ ।

प्रदेशमा सरकार बन्ने, तर केन्द्रीय संरचनाहरू पनि यथावत् रहने अवस्थामा स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकारहरूबीच पर्याप्त र कसिलो समन्वय हुन सकेन भने यसले समस्या निम्त्याउन सक्छ । हामीले केवल मुख्यमन्त्री र मन्त्रीहरू बनाउने, कार्यालय, कर्मचारी व्यवस्थापन गर्ने, गाडी चढ्ने र केन्द्रले सम्पादन गर्दै आएजस्तै सामान्य काममै अल्झिने हो भने संघीयताको व्यावहारिक कार्यान्वयन सम्भव हुँदैन । त्यसैले पनि तीन तहका सरकारबीच राजनीतिक तह र संविधानमा व्यवस्था भएअनुरूप समन्वयको अत्यन्त ठूलो खाँचो छ ।

अबको ठूलो विवाद साधन र स्रोतको बाँडफाँड र उपयोगमा हुनेछ । संसारभर पनि यस्तै हुने गरेको देखिन्छ । प्रदेश–प्रदेशबीचको स्वच्छ, स्वस्थ र रचनात्मक प्रतिस्पर्धा यसको सकारात्मक पाटो हो भने साधन र स्रोतको बाँडफाँडलाई लिएर स्थानीय, प्रदेश र केन्द्रबीच हुन सक्ने झगडा यसको नकारात्मक पाटो हो । र, यस्तो झगडा वा द्वन्द्व साधन र स्रोतकै विषयमा बढी हुने गरेको छ । यसैको समाधानार्थ भन्दै हामीले संविधानमा एउटा वित्तीय आयोगको परिकल्पना गरेका छौँ । यसलाई बढीभन्दा बढी प्रभावकारी बनाउनु जरुरी छ । आयोगलाई हामीले अत्यन्तै शक्तिशाली बनाउने परिकल्पनासाथ यसबारे आयोग गठन भएको वर्षदिनसम्म यसबारे अदालतमा समेत प्रश्न उठाउन नपाइने व्यवस्था गरेका छौँ । त्यसैले यो आयोग प्रभावकारी बन्न सकेको खण्डमा यसले केही हदसम्म नियन्त्रण, सन्तुलन र समन्वयको व्यवस्था कायम गराउन सक्छ । तर, आयोगले त आएको राजस्व, आम्दानी वा भएका साधनस्रोतको वितरणमा कहीँकतै समस्या देखिएमा मिलाइदिनेसम्म मात्र हो । आयोगले राजस्व वृद्धि, साधनस्रोतको खोजी र उत्पादनमा सुधार ल्याइदिने होइन । यसका लागि त सम्बन्धित स्थानीय र प्रदेश सरकारले नै काम गर्नुपर्छ । अहिले जे–जस्ता कमी–कमजोरी छन्, जे–जस्ता कारणले उठ्नुपर्ने राजस्व पनि उठिरहेको छैन, बढ्नुपर्ने राजस्व बढ्न सकेको छैन, यस पाटोको खोजी गरी आ–आफ्नो स्थानीय तह र प्रदेशको समग्र आर्थिक वृद्धि, राजस्व संकलन, उत्पादन वृद्धिजस्ता पक्षमा सुधार गर्ने दायित्व अब स्थानीय तथा प्रदेश सरकारहरूकै हो । ००० अहिलेको अवस्थामा राजस्व संकलनको स्थिति हेर्दा प्रदेश नं. ३ को मात्र झन्डै ४० प्रतिशतको हाराहारीमा योगदान छ भने उता प्रदेश नं. ६ को स्थिति हेर्दा त्यहाँ करिब–करिब १ प्रतिशतको हाराहारीमा मात्र योगदान छ । एक प्रतिशत पनि राजस्व संकलनको योगदान नभएको र झन्डै ४० प्रतिशतको हाराहारीमा राजस्वको योगदान भएका प्रदेशहरूबीचको विकास र समृद्धिलाई कसरी सन्तुलित बनाउने ? अन्य बाँकी प्रदेशको अवस्था पनि १० प्रतिशतभन्दा खासै माथि छैन । सायद प्रदेश नं. १ को अवस्था १७ प्रतिशतको हाराहारीमा होला । यस्तो जटिल अवस्थामा पनि दल र नेताहरूको ध्यान प्रदेश सरकार बनाउने र सरकारमा को–को जाने भन्ने विषयमा मात्र केन्द्रित भइरहेको देखिन्छ । हामीकहाँ बढीभन्दा बढी सुविधा कसरी हात पार्ने भन्ने विषयमा होडबाजी हुने गरेको छ । तर, आ–आफ्नो प्रदेशलाई कसरी बलियो र समृद्ध बनाउने भन्ने विषय भने उनीहरूको चासोमा पर्न नसकिरहेकोजस्तो देखिँदै छ । अबका दिनमा प्रदेश सरकारहरू बन्दै गर्दा दल र प्रदेशका नेताहरूको ध्यान यस पाटोमा पनि केन्द्रित हुनु जरुरी छ । ००० स्वभावैले संघीय शासन व्यवस्था खर्चिलो हुन्छ । यस्तो शासन प्रणाली राज्यका लागि चाहिँ बढी खर्चिलो साबित भए पनि आफूले चाहेका सेवा, सुविधा र विकास निर्माण सहज ढंगमा नजिकैबाट उपलब्ध हुने भएकाले जनताका लागि चाहिँ यस्तो शासन प्रणाली सस्तो, सजिलो, छिटो, भरपर्दो र प्रभावकारी साबित हुने गरेको छ । त्यसैले समग्र राज्य प्रणालीका लागि खर्चिलो साबित हुने यस्तो शासन प्रणालीको सुसञ्चालनका लागि सरोकारवाला सबैले आफ्नो ध्यान केन्द्रित गर्न सक्नुपर्छ । हामीले साधनस्रोतमा वृद्धि गर्न सकेनौँ, राज्यका आय–आर्जनका क्षेत्रलाई फराकिलो बनाउन सकेनौँ र उत्पादनशीलता बढाउन सकेनौँ भने अन्ततोगत्वा संघीयता नै असफल सिद्ध हुनेछ र संघीयताविरोधीले यस प्रणालीलाई नै अफापसिद्ध गराई आफ्नो स्वार्थपूर्ति गर्न सक्छन् । त्यति मात्र नभई यो शासन प्रणाली धानी नसक्नु खर्चिलो र भड्किलो देखिन थाल्यो भने यसले जनताको विश्वास पनि गुमाउन सक्छ । त्यसैले यस शासन प्रणालीलाई असफल वा अफापसिद्ध हुनबाट जोगाउन अब बन्ने प्रदेश सकारहरूले बलियो तथा प्रभावकारी आचारसंहिता बनाएर आर्थिक मितव्ययिता कायम गराउन सक्नुपर्छ । र, यो मितव्ययिता प्रदेश सरकारले मात्र होइन, स्थानीय तथा केन्द्र सरकारले पनि अपनाउनुपर्छ । हामीले देश र जनताका काम गर्नका लागि साधनस्रोत उपभोग गर्नुपर्छ । तर, व्यक्तिगत, पारिवारिक तथा आफन्तजनको सुख, सुविधा तथा मोजमस्तीका लागि साधनस्रोतको खोजी गर्नु हुँदैन । संघीय शासन प्रणालीमा थोरै खर्च बढे पनि त्यसलाई कम गर्नै नसकिने होइन । यसका लागि हामीले कम्तीमा पनि आगामी पाँच वर्षसम्म अत्यन्त मिहिनेतसाथ प्रदेशलाई बलियो बनाउने, आर्थिक विकास र समृद्धि ल्याउने, रोजगारी वृद्धि गर्ने, उत्पादनशीलता बढाउने, शिक्षामा सुधार ल्याउने, जनतासम्म स्वास्थ्य सेवा प्रभावकारी रूपमा पु¥याउने, कृषिमा व्यावसायिकता भिœयाउने, विकासका पूर्वाधार निर्माणमा ध्यान दिने पक्षमा प्रतिबद्ध भई काम गरेर देखाउनु छ । यो व्यक्तिगत सुविधाको खोजी र व्यक्तिगत हितमा साधनस्रोतको दोहनको समय होइन भनेर सबैले मनन गर्नु जरुरी छ ।

प्रदेशहरूले अहिलेकै स्रोत र साधनमा मात्र रमाएर पुग्दैन । उनीहरूले आ–आफ्नो प्रदेशको आर्थिक सम्भावना बोकेका क्षेत्र पहिचान गरी तिनको विकासमार्फत समृद्धिको लहर ल्याउनुपर्छ ।

अहिले प्रदेश सञ्चालनका लागि अत्यावश्यक सबै कानुन बनिसकेका छैनन् । तिनलाई आगामी दिनमा बनाउनु छ । कानुनविना कुनै पनि काम गर्न सकिन्न । हाम्रो कानुन निर्माण प्रक्रिया पनि निकै जटिल छ । यस्तो अवस्थामा अब प्रदेशहरूले त्यसअनुसार कानुन निर्माणमा तीव्रता र तदारुकता देखाउनु जरुरी छ । हामीकहाँ कहिलेकाहीँ आफैँले निर्माण गरेका कानुनले राम्रै काम गर्ने समयमा आफ्नै हात बाँधिरहेको अवस्था पनि देखिने गरेको छ । त्यसैले अबका दिनमा कसैले पनि त्यस्तो नियति भोग्नुनपरोस् भन्ने दिशामा कानुन निर्माताको ध्यान जान सक्नुपर्छ । आफ्नो प्रदेशका लागि आवश्यक कानुन निर्माण गर्दा सम्बन्धित विषयका विज्ञ, सरोकारवाला सबैको सरसल्लाह र सुझाबलाई समेत मनन गरी प्रभावकारी कानुन निर्माण गर्नु जरुरी छ । साथै, प्रदेशले कानुन निर्माण गर्दा स्थानीय र केन्द्रीय सरकारसित पनि समन्वय गर्न आवश्यक छ ।

हामीकहाँ संघीयता पुरानो र प्रचलित अभ्यास होइन, हाम्रा लागि यो बिल्कुलै नयाँ र नौलो अभ्यास हो । हरेक प्रदेशले अर्को प्रदेशसित सकारात्मक र स्वस्थ प्रतिस्पर्धा गर्ने, आफूलाई सक्षम र सुदृढ बनाएर अघि बढाउने, आफ्ना आर्थिक क्रियाकलाप वृद्धि गर्ने, राजस्व बढाउने, रोजगारी वृद्धि गर्ने, जनताको विश्वास आर्जन गर्ने बाटो हिँड्न सक्नुपर्छ । आगामी दिनमा २ नम्बर प्रदेशबाहेकका ६ वटा प्रदेश र केन्द्रमा पनि वाम गठबन्धनका सरकार बन्दै छन् । त्यसैले पनि संघीयता कार्यान्वयनका सन्दर्भमा गठबन्धनका तर्फबाट निश्चित आधार र मापदण्डहरू अघि सार्नु जरुरी छ । आगामी दिनमा हामी संघीयतालाई यसरी कार्यान्वयन गर्छौं, स्थानीय, प्रदेश र केन्द्रीय सरकारहरू यसरी चलाउँछौँ, हामी यस्तो आचारसंहितामा बाँधिन्छौँ, भड्किलो र प्रचारमुखी नभई यथार्थमुखी नीति तथा कार्यक्रम ल्याएर काम अघि बढाउँछौँ, मितव्ययी सरकार निर्माण गर्छौं, जनतालाई अनुभूत हुने गरी विकास र समृद्धि ल्याउँछौँ र जनतालाई सुशासनको प्रत्याभूति गराउँछौँ भनेर आश्वस्त पार्न सक्नुपर्छ । यत्ति गर्न सकिएन भने यो प्रणाली नै बरालिएर असफल नहोला भन्न सकिन्न । ००० अबका दिनमा प्रदेशले अहिलेकै स्रोत र साधनमा मात्र रमाएर पुग्दैन । त्यसका लागि सबैभन्दा पहिले उसले आफ्नो क्षेत्रको आर्थिक सम्भावना बोकेका क्षेत्र पहिचान गरी त्यसअनुसार काम गर्न सक्नुपर्छ । उदाहरणका लागि कुनै क्षेत्रमा पर्यटकीय सम्भावना छ भने त्यहाँ त्यसैअनुरूप पूर्वाधार विकास गर्न सक्नुपर्छ । कसैले पनि पर्यटन, पर्यटन भनेर मात्र केही हुनेवाला छैन । कुनै प्रदेशमा कृषिको उच्च सम्भावना छ भने त्यसैअनुरूप काम गर्नुपर्छ । गाउँ–गाउँसम्म सडक पुर्‍याएर त्यसबाट मोटर गुड्दैमा र मान्छे हिँड्दैमा गाउँघरको विकास हुने होइन । ती सडकबाट त स्थानीय उत्पादनलाई पनि हिँडाउन सक्नुपर्छ । यसका लागि कृषिमा आधुनिकीकरण गरी यसलाई व्यावसायिकता प्रदान गर्न सक्नुपर्छ । इजरायलजस्तो मरुभूमि नै मरुभूमि भएको मुलुकले त कृषिक्रान्ति गर्न सक्छ, मरुभूमिलाई हराभरा बनाउन सक्छ भने हामीले हाम्रो जस्तो कृषिका लागि अत्यन्त उपयुक्त जमिन र हावापानी भएको मुलुकमा कृषिमा क्रान्ति ल्याउन नसक्ने भन्ने छैन । हामीले कृषिमा व्यावसायिकता ल्याएर युवालाई रोजगारी पनि दिन सक्छौँ भने यसैका माध्यमबाट हरेक प्रदेशको रूप, रङ बदल्न सकिन्छ । कृषि उपज निर्यात गरेर देशमा प्रशस्त विदेशी मुद्रा भित्राउन पनि सकिन्छ । यसका लागि प्रदेश सरकारले कृषिमा अनुदान, अत्याधुनिक कृषि औजारको व्यवस्थापन, उन्नत बिउबिजन तथा मलखादको सहज उपलब्धतामा ध्यान पुर्‍याउनुपर्छ । हरेक प्रदेशले आफ्नो प्रदेशको आत्मनिर्भरताका लागि विशेष पहल गर्नुपर्छ । प्रदेशअनुसार कतै जलस्रोतको विकासबाट धेरै गर्न सकिने देखिन्छ भने कतै जडीबुटीको सही व्यवस्थापनबाट मात्रै पनि प्रदेशको मुहार फेर्न सकिने सम्भावना देखिन्छ । त्यसैगरी कतै उद्योगधन्दा र कलकारखानाको माध्यमबाट प्रदेशमा समृद्धि ल्याउन सक्ने देखिन्छ । त्यसैले, जुन–जुन प्रदेशमा जे–जे सम्भावना छन्, त्यसैबाट आर्थिक विकास, राज्यको समृद्धि तथा जनतामा सुख, शान्ति र समृद्धिको लहर ल्याउनु अबको आवश्यकता हो । (अधिकारी एमाले केन्द्रीय सदस्य हुन्)

यो लेख नयाँपत्रिका दैनिकमा प्रकासित छ |