Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
स्वबियु निर्वाचनको सान्दर्भिकता

Articles

स्वबियु निर्वाचनको सान्दर्भिकता

By Krishna

May 30, 2013

अहिले स्ववियु निर्वाचनको सन्दर्भमा स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी संगठनहरूकै सान्दर्भिकता र औचित्यमाथि समाजमा प्रश्न उठेका छन् । यस्तो प्रश्न उठ्नु स्वाभाविक पनि हो । विद्यार्थी युनियनको निर्वाचनमा गुन्डागर्दी, हतियार प्रदर्शन, काटमार हुने गरेको छ । विद्यार्थी सिर्जनात्मकभन्दा ध्वंसात्मक क्षेत्रमा यसको नाममा प्रतिस्पर्धा गर्छन् । अहिले यसको विकृति र विसंगतिको पराकाष्ठा भएको छ । तर स्ववियु निर्वाचनको सान्दर्भिकता र महत्त्व व्यापक छ । यसलाई सकारात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्न सकिए, यसले समाजलाई ठूलो लाभ हुनेछ ।

संवत् २०४६ अगाडि पञ्चायती व्यवस्थामा राजनीतिक दलहरू प्रतिबन्धित रहेको सन्दर्भमा अधिकांश राजनीतिक दलले आफ्ना विचार र दृष्टिकोण समाजमा लैजाने माध्यम विद्यार्थी राजनीति थियो । विद्यार्थी समाजको चेतनशील, सिर्जनशील र परिवर्तनको संवाहक हो । विद्यार्थी स्वतन्त्रता र उदारताको प्रतीक पनि हो । विद्यार्थी भनेको अधिकारको वाहक हो । विद्यार्थी वर्गले नै नागरिक र राजनीतिक अधिकार तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको वकालत तथा त्यसको स्थापनाका लागि प्रयत्न गर्छ । बलिदानी संघर्षले यस्ता अधिकार स्थापित गर्छ । समाज विकासका लागि र परिवर्तनका लागि विद्यार्थीको भूमिका महत्त्वपूर्ण रहन्छ । त्यसैले विद्यार्थी विश्व दृष्टिकोण अर्थात ‘वेल्टेन्साउङ’को वाहक हो ।

छोटै भए पनि नेपाली विद्यार्थी नै माथि उल्लिखित तथ्यको प्रमाण्ा हो । जयतु संस्कृतम् आन्दोलनले आरम्भ गरेको विद्यार्थी आन्दोलन २००७ सालमा राणाविरोधी आन्दोलनको नेतृत्व गर्दै बलिदानी भूमिका निर्वाह गर्यो । प्रवास भारतमा पढेका नेपाली विद्यार्थीले द्वितीय विश्वयुद्धपछि आएको उपनिवेशीकरण र साम्राराज्यवाद विरोधी र लोकतन्त्रको युगचेतनाको कारण नेपालमा जनतामा आधारित राजनीतिक विकासको संस्थापनार्थ राणाशाहीको अन्त्यको आन्दोलन गरे ।

तत्कालीन राजा महेन्द्रको २०१७ सालको ‘सैनिक कू’ले २००७ सालको संघर्षबाट प्राप्त प्रजातन्त्र समाप्त पार्योो । त्यसपछि विद्यार्थीको लोकतन्त्र र राजनीतिक स्वतन्त्रताको आन्दोलनमा उल्लेख्य योगदान रर्योक । २०३६ सालको जनमत संग्रह पनि विद्यार्थी आन्दोलनको दबाबको कारण घोषति भयो । २०४६ सालको लोकतान्त्रिक आन्दोलनमा पनि विद्यार्थीले नै महत्त्वपूर्ण योगदान दिए ।

२०४६ सालको जनआन्दोलनको परिणामको रूपमा स्थापित परिवर्तनलाई २०४७ को संविधानले संस्थागत गरेपछि विद्यार्थी राजनीतिको सान्दर्भिकता केही मात्रामा घट्यो । तर ज्ञानेन्द्रको १८ असोज २०५९ को कदम र १९ माघ २०६१ पछि फेरि विद्यार्थीले गणतन्त्रको नारा घन्काए । त्यसकारण देशमा गणतन्त्र स्थापना गर्नमा पनि नेपाली विद्यार्थीको महत्त्वपूर्ण योगदान रहेको विषयमा विवाद सायदै रहेको छ ।

देशमा गणतन्त्र स्थापनापछि पनि विद्यार्थी राजनीति जारी छ । विद्यार्थी राजनीति किन भन्ने प्रश्न पनि यदाकदा उठ्ने गरेको छ । यो स्वाभाविक प्रश्न पनि हो । तर विद्यार्थी राजनीतिको ऐतिहासिक योगदान र महत्त्व त छँदैछ, यसको अर्को महत्त्वपूर्ण निणर्ायक पक्ष पनि रहेको छ । हो विद्यार्थी राजनीतिभित्र धेरै विकृति पनि बढेको छ । अहिले विद्यार्थी राजनीति भनेको स्ववियुमा हुने भ्रष्टाचार, गुन्डागर्दी कसरी गर्ने त्यो सिक्ने भन्ने अर्थमा समाजले बुझ्न थालेको भान हुन्छ । विद्यार्थी जीवनमै भ्रष्ट र विगठित चरित्र निर्माण गर्ने अर्थमा पनि लिइन्छ । यसमा आंशिक सत्यता पनि नभएको होइन । तर वास्तविकतामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निकै महत्त्व हुन्छ ।

विद्यार्थी राजनीति भनेको राजनीति कसरी गर्ने र नेतृत्व विकासको सीप सिक्ने पहिलो खुडकिलो हो । यसबाट विद्यार्थीले कसरी राजनीतिमा आउने र नेतृत्व दिने सिक्ने मौका पाउँछन् । विकसित देशका ठूला विश्वविद्यालयमा लाख डलर तिरेर सिक्ने नेतृत्व विकास व्यवहारबाट सिक्छन्, विद्यार्थीले । नेतृत्व भनेको धेरै महत्त्वपूर्ण सीप हो । आपmना भनाइ, गराइ, विचार र व्यवहारले अरुलाई प्रभावित गर्ने गुण र सीप नेतृत्व हो । यस्तो सीप भएको व्यक्तिले राजनीतिमै रहनुपर्छ भन्ने छैन । ऊ कुनै व्यवसायको कुशल प्रबन्धक, सामुदायिक कार्यको प्रणेता, सार्वजनिक हितको अभियानको अभियन्ता आदि पनि बन्न सक्छ, विद्यार्थी राजनीतिमा सिकेको सीपले ।

विद्यार्थी राजनीति भनेको राजनीतिक प्रक्रियाहरू सिक्ने अवसर हो । यस्ता राजनीतिक प्रक्रियाहरू राजनीतिक सामाजिकीकरण -पोलिटिकल सोसियलाइजेसन), राजनीतिक स्वसंस्कृतीकरण -पोलिटिकल इनकल्चरेसन), राजनीतिक परसंस्कृतीकरण -पोलिटिकल अकल्चरेसन) हो । राजनीतिक सामाजिकीकरण भनेको आफूले गर्ने राजनीतिको वाद, शास्त्र तर्क, सिद्धान्तको साथै आफ्ना प्रतिस्पर्धीका वाद, शास्त्र तर्क र सिद्धान्तको अध्ययन गर्ने र बौद्धिक क्षमता बढाउने, संगठन गर्ने, कार्यकर्ता र समर्थकको आधार फराकिलो बनाउने आदि सीप सिक्ने हो । राजनीतिक स्वसंस्कृतीकरण भनेको आफू संलग्न राजनीतिक क्रियाशीलताले देखाउनुपर्ने विशेषता तथा गुण र चरित्र आर्जन गर्ने हो । राजनीतिक परसंस्कृतीकरण भनेको अरु समाजमा राजनीतिक चरित्र र व्यवहार कसरी गर्छन् भनेर सिक्ने हो । जस्तो हाम्रो संसदीय अभ्यास भनेको बेलायत र भारतको संसदीय अभ्यासको राजनीतिक परसंस्कृतीकरण हो । यस्ता महत्त्वपूर्ण राजनीतिक प्रक्रिया सिक्ने अवसर हो ।

राजनीतिक दलको प्रारम्भिक भर्ती विन्दु हो, विद्यार्थी राजनीति । राजनीतिक दलको प्रारम्भिक कार्य राजनीतिक भर्ती हो । राजनीतिक दलले पहिला कार्यकर्ता भर्ती गर्छ । उसलाई आवश्यक तालिम दिन्छ । नेतृत्व विकास गर्छ । त्यसपछि उसको पदोन्नति राजनीतिमा गर्छ । यसबाट विद्यार्थी जो राजनीतिमा आउन चाहन्छन्, तिनको सामाजिकीकरण गरिन्छ । अहिले नेतृत्वमा रहेका अधिकांश नेताहरू यसरी भर्ती भएर नेतृत्व विकास भएको हो ।

विद्यार्थी राजनीति भनेको वास्तवमा एकअर्काको स्वार्थ बुझ्ने र सोअनुसार वरव्यवहार गर्ने सीप र कला सिकाउँछ, लोकतन्त्र, सहअस्तित्वको मान्यता सिकाउँछ । विभिन्न जात, धर्म, संस्कृति, लिङ्ग वर्ण, क्षेत्रका विद्यार्थी अध्ययन गर्न आउने विश्वविद्यालय कलेजमा यस्ता स्वार्थलाई कसरी समायोजन गर्न सिकाउँछ । बहुसांस्कृतिक चरित्रलाई आत्मसात गर्न सिकाउँछ । यसले वास्तविक राजनीतिमा धेरै सहयोग गर्छ ।

यसले विद्यार्थीमा सामूहिक विवेकको विकास र व्यक्तिगत रूपमा प्रतिस्पर्धात्मक क्षमता विकास गराउँछ । सामूहिक विवेकले सामूहिक रूपमा वा समूहगत रूपमा काम गर्ने क्षमता बढाउँछ र व्यक्तिगत रूपमा प्रतिस्पर्धात्मक बनाई उत्पादकत्व र क्षमताको पूर्णरूपमा प्रयोग गर्न सिकाउँछ । यसले समग्र समाजकै क्षमतामा विकास हुन्छ ।

विद्यार्थी राजनीतिमा हिंसाको प्रयोग र हिंसामा विद्यार्थीहरूको संलग्नताले विद्यार्थी राजनीतिलाई विकृत बनाउँछ । माउ राजनीतिक दलहरूबाट नैतिक मूल्यको राजनीतिमा खडेरी पर्दै गएपछि गौरवशाली इतिहास बोकेको विद्यार्थी आन्दोलनबाट अर्थात नयाँ पुस्ताबाट समाजले धेरै नै अपेक्षा गरेको थियो । तर स्वयम् विद्यार्थी संगठनहरू जूनअपेक्षा विपरीत चुनाव जित्नकै लागिमात्र लाखौं-लाखको फर्जी भर्ना, गुन्डागर्दी र अराजनीतिक शैली प्रदर्शन गर्छन् भने नेपाली समाजले अब कोसँग अपेक्षा गर्ने ? आजको स्ववियु निर्वाचनका झांँकीहरू हेर्दा भोलिको संविधानसभाको निर्वाचनमात्र हैन, नेपाली राजनीति र नेपाल राष्ट्रको भविष्यप्रति सबैलाई चिन्ता लाग्नु स्वाभाविक हो । विश्वविद्यालयमा प्राज्ञिक र राजनीतिक बहस भैरहेका छैनन्, विद्यार्थी संगठन एजेन्डामा बहस गर्दैनन् र आफूलाई नैतिक मूल्य ज्ञान र क्षमताका आधारमा स्वस्थ प्रतिस्पर्धा गरेर स्थापित हुन चाहँदैनन् भने जुन विद्यार्थी संगठन जिते पनि विकृतिले मात्र विजय प्राप्त गर्नेछ ।

वास्तवमा खराब बानीव्यवहार वा व्यसन बन्न दिनु हुँदैन, आफ्नो नियन्त्रण हुँदैमा तिनलाई छोडिहाल्नुपर्छ, नत्र त्यसले हामीमाथि नियन्त्रण जमाउँछ । विद्यार्थी आन्दोलनले जहिले पनि परिवर्तनका लागि सामाजिक दबाबको भूमिका खेल्नुपर्छ । विद्यार्थी संगठनहरू कसैका भरिया बनेर वा दलाली गरेर त्यो भूमिका पूरा हुँदैन । स्ववियुमा कसरी योग्य प्राज्ञिक र क्षमतावान विद्यार्थीहरूलाई पुर्याबउन सकिन्छ र त्यसमार्फत स्ववियुलाई लोकपि्रय मञ्च र भविष्यको आशा र भरोसाको केन्द्र बनाउन सकिन्छ भन्ने सोच्नुपर्ने बेलामा विद्यार्थी संगठन र तिनका नेताहरू त्यसबाट पूर्णतः विमुख भएका छन् । राजनीतिक दल र नेतृत्व आफ्ना चेलाहरूले गरेको कामबाट मक्ख छन् । विगत केही समय यतादेखि बिभिन्न पार्टीभित्रका गुट संघर्ष पनि स्ववियु निर्वाचनमा प्रकट हुने गरेको छ । संगठन भित्रको लोकतान्त्रिक अभ्यासबाट हैन, पार्टीहरूको गुटगत अभ्यासबाट स्ववियुको उम्मेदवार बन्न आशिर्वाद थाप्ने प्रवृत्तिले पार्टीभित्रको अस्वस्थ र भद्दा रूप पनि प्रदर्शन भैरहेको छ । लाखौंलाख भर्ना गर्ने पैसा कहाँबाट आयो ? प्रतिस्पर्धा स्ववियुदेखि नै भ्रष्टाचार र अनियमितताको पाठ सिकेकोले भोलि राष्ट्रको नेतृत्व गर्दा के गर्ला ? जस्ता प्रश्नहरूले यस्तो राजनीतिप्रति तीव्र घृणा र रोष प्रकट भएको छ । तर विद्यार्थी संगठन र माउ पार्टीहरू बेखबर भए जस्तोगरी बसेका छन् ।

बर्नाड शाले भनेका छन्, तिमी र मसँग एक-एकवटा स्याउ छन्, तिमीले त्यो स्याउ साट्यौ भने हामी दुबैसँंग एक-एकवटा नै स्याउ हुनेछन्, तर तिमी र मसँग एक-एकवटा विचार छन् र ती साट्यौ भने हामी दुबैसँग दुई-दुईवटा विचार हुनेछन् । वास्तवमा विचारको शक्ति ज्यादै ठूलो शक्ति हो । त्यसकारण विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनलाई वैचारिक र प्राज्ञिक बनाउँ । आर्थिक अनियमितता रोकर युनियनलाई पारदर्शी बनाउँ । विश्वविद्यालयको क्यालेन्डरलाई कडाइसाथ लागू गरौं । निर्वाचनका लागिमात्र भर्ना गर्ने गुन्डागर्दीलाई सबैले बहिष्कार गरौं, एउटा स्वस्थ र मर्यादित वातावरण बनाएर विद्यार्थी युनियनको निर्वाचन नियमित रूपमा हुने वातावरण निर्माण गरौं ।

स्ववियुमा उम्मेदवार हुनकै लागि वर्षौवर्ष क्याम्पस ढुक्ने प्रवृत्तिलाई सबैले निरुत्साहित गर्नुपर्छ । उल्टो बाटोमा हिँडेको स्ववियु निर्वाचनलाई सुल्टो बाटो हिँडाउने र समाजलाई आशा र भरोसा दिन अहिलेका विद्यार्थी संगठन र तिनका नेताहरूले एउटा जोखिम मोल्नैपर्छ अन्यथा स्ववियु र विद्यार्थी र आन्दोलन ठूलो धरापमा पर्नेछन् । नबिर्सिउँ, विद्यार्थी आन्दोलन भोलिको राजनीतिको आँखीझ्याल हो । यसमा कसैले खेलवाड नगरौं ।

उक्त लेख २०७० जेष्ठ १४ गते कान्तिपुर दैनिकमा प्रकाशित छ |