Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
बुर्जुवाहरु तार्किक बहसमा नसकेपछि आधारहीन आरोपमा उत्रे : अधिकारी

News

बुर्जुवाहरु तार्किक बहसमा नसकेपछि आधारहीन आरोपमा उत्रे : अधिकारी

By Bimala Adhikari

November 11, 2017

पोखरा, २४ कार्तिक / कास्की क्षेत्र नम्बर २ का प्रतिनीधि सभातर्फका उम्मेद्वार रहेका नेकपा एमालेका युवा नेता रविन्द्र अधिकारी मनगढन्ते आरोपमा भ्रमित नहुन आग्रह गरेका छन् ।

बुर्जुवाहरु तर्क सिद्धिएपछि गालीगलौजमा उत्रिने गरेको टिप्पणी गर्दै उनले कांग्रेसले अहिले त्यही शैली अपनाएको बताए । आफूलाई कांग्रेसका उम्मेद्वारहरुहरुले लगाएको आरोपको खण्डन गर्दै उनले तर्क गर्न नसकेर मनगढन्ते आरोपले पराजित गर्छु भनेर लागि परेको बताए । उनले मतदाताहरुलाई भ्रमित नहुन आग्रह गरे ।उनले संविधान निर्माण र मुलुकको विकासको खाका कोरेर जनमत बटुल्न जनताको घरदैलामो आएको र जितेपछि त्यो सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

अधिकारीले सफा र स्वच्छ राजनीतिक वातावरण निर्माणका लागि युवाहरुले सचेततापूर्वक हस्तक्षेप गर्न आवश्यक रहेको बताए । राजनीतिक विकृतिका कारण अस्थिरता निम्तिदा देशकै अवस्था नाजुक बन्न लागेको भन्दै उनले युवाहरुले सचेततापूर्वक हस्तक्षेप गरेर राजनीतिलाई सहि मार्गमा ल्याएर सफा र स्वच्छ राजनीतिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

 

कास्की २ को प्रदेश नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङले युवाहरुलाई रोजगार र स्वरोजगार बनाउने उद्धेश्य नै बाम गठबन्धनको मिसन भएको बताए । पर्यटनको पूर्वाधार थपेर पर्यटक भित्राउने, उद्योगहरु थपेर रोजगार सिर्जना गर्ने, कृषीमा आधुनिकीकरण गरेर युवाहरुलाई स्वरोजगार बनाउने आफ्नो मूख्य मिसन भएको उनको भनाई थियो ।

 

समानुपातिक उम्मेद्वार सोमनाथ अधिकारी ‘प्यासी’ले कांग्रेस आफूपनि नमिल्ने र अरु मिलेको पनि देख्न नसक्ने पार्टी भएको आरोप लगाए ।