Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
सभामुख महोदय : दुई चार हजार राहतले पीड़ितको आंशु पुछिन्न

News

सभामुख महोदय : दुई चार हजार राहतले पीड़ितको आंशु पुछिन्न

By Krishna

August 12, 2014

सभासदहरुले सिन्धुपाल्चोकमा भएको प्राकृतिक बिपत्तिमा परेका जनताको राहत बितरण तथा पुनस्थापनामा सरकार उदासीन भएको आरोप लगाएका छन ।

मंगलबार संसदमा बिशेष समय माग गरेर बोल्दै एमाले नेता रबिन्द्र अधिकारीले पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा सुख्खा भई पीडामा परेका व्यक्तिलाई पर्याप्त राहत रकम उपलब्ध गराउन, सुनकोसी नदीमा आएको पहिरोबाट पीडित परिवारलाई वसोवासका लागि व्यवस्थितरूपले शिविरमा राख्न, बालबालिकालाई खानपिनको व्यवस्था मिलाउन, तत्काल स्वास्थ्य शिविर सञ्चालन गर्न स्थायी वसोवासको व्यवस्था मिलाउन, पहिरो पीडितलाई सरकारले खानेपानीको विकल्प नदिएकाले लेदो मिसिएको फोहोर पानी पिउन बाध्य भएकाले स्वस्थ्य पानी उपलब्ध गराउन माग गरेका थिए।

अधिकारीले भने ‘बाढ़ीका कारणले अबरुद्द राजमार्ग खोल्न र बैकल्पिक बाटोको पनी ब्यबस्था गर्न माग गर्दै, बाढ़ी पिडितका नाममा दुई -चार हजार दिदैमा राहत हुदैन, त्यसले झन पीड़ित लाई आहात बनाएको छ ।”

अब ध्वस्त भएका दुई बिद्युत गृह तत्काल सञ्चालन हुनु पर्ने भन्दै उनले पीड़ितको लागी प्रभाबकारी राहत कार्यक्रम अगाडी ल्याउन सरकार संग माग गरेका छन ।

उक्त बिषयमा रामजनम चौधरी, अग्निप्रसाद सापकोटा, लक्ष्मणलाल कर्ण, सभासद् अनुराधा थापामगर, जगदीशनरसिंह केसी, यशोदाकुमारी लामा, विकास लम्साल, सुजाता कोइराला, हितराज पाण्डे, कुन्तीकुमारी शाही, लालबाबु राउत, राज्यलक्ष्मी श्रेष्ठ(काठमाडौँ), मीना पुन, रुक्मिणि चौधरी, ऋषिकेश पोखरेल, तारामान गुरुङ र रेखा शर्मा यथा सक्य छिटो काम गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।

 

 

 See more at: http://www.nepaljapan.com/2014/08/13/126236/#sthash.j66ijAP1.dpuf