Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: getimagesize(http://www.newssewa.com/assets/upload/images/xRabindra-Adhikari-01.jpg.pagespeed.ic.v8HU5z5xLe.webp): failed to open stream: HTTP request failed! HTTP/1.1 530 in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 928

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
वाम गठबन्धनविरुद्ध लागेका आठ आरोपमा रवीन्द्र अधिकारीको ‘काउन्टर अट्याक’

Interviews

वाम गठबन्धनविरुद्ध लागेका आठ आरोपमा रवीन्द्र अधिकारीको ‘काउन्टर अट्याक’

By Dhurba Pokharel

October 09, 2017

नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच भएको चुनावी तालमेल र पार्टी एकताको पहलले नेपाली राजनीतिमा ठूलो सैद्वान्तिक बहस पैदा गरेको छ । कतिपयले यस निर्णयको स्वागत गरेका छन् भने, केहीले विरोध । आ–आफ्नो कोणबाट बहस र व्याख्या जारी छ । तर मुलुकको प्रमुख राजनीति पार्टी नेपाली काँग्रेस भने वाम गठबन्धन विरुद्व जोडदार रुपले खनिएको छ । उसले यो गठबन्धनलाई औचित्यहीन र व्यवस्थामा नै खतरा पैदा गर्ने घटनाको रुपमा चित्रित गर्ने भरमग्दुर प्रयास गरिरहेको छ । काँग्रेस निकट बुद्धिजीविहरुले वाम गठबन्धन र विषेश गरी एमाले अध्यक्ष केपी शर्मा ओली एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई खुइल्याउन ‘पोलिटिकल डिक्स्नेरी’मा फेला पर्ने र नयाँ थप्न मिल्ने ‘जार्गन’ शब्दहरुको खोजी कार्य जारी राखेका छन् ।

वाम गठबन्धनलाई विभिन्न कोणबाट लगाइएका ८ आरोपको जवाफ न्यूजसेवाले एमाले नेता रवीन्द्र अधिकारीबाट खोजेको छ । अधिकारीले यसरी गरेका छन् आरोपको ‘काउन्टर अट्याक’ :

आरोप १ :  वाम गठबन्धनले शान्ति प्रक्रियाका बाँकी कामलाई धरापमा पार्छ  अस्ति भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवाले अब शान्तिप्रक्रिया सबै टुंगियो भन्नु भएको छ । आज बाधा पु-याउँछ भन्दै हुनुहुन्छ । हाम्रो गठबन्धनले शान्ति प्रक्रियालाई टुंग्याउन बाधा हैन कि, झन सहज बनाउँछ । किनभने शान्तिप्रक्रिया एउटा ‘कोर्ष’ हो । गठबन्धन छुट्टै विषय हो । हाम्रो व्यवस्थामा गठबन्धन बनेन भने स्थायी बहुमत कसैको पनि आउन सक्दैन । अव अस्थिरता र अन्यौलबाट मुलुक अगाडि जान सक्दैन । त्यसकारण यो बेकारको कुरा हो ।

आरोप २ : गठबन्धन सत्ता कब्जाको प्रयास हो, यसले अधिनायकवाद जन्माउँछ  काँग्रेस र माओवादी मिल्दा सत्ता कब्जा नहुने, अनि माओवादी र एमालेको गठबन्धन बन्दा सत्ता कब्जा हुने ? यस्ता गलत तर्क गरेर जनतालाई तर्साउने काम कहिल्यै नगर्नुहोस् । अब मुलुक शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढ्छ । यहाँ कसैको पनि सत्ता कब्जा चल्दैन । संविधानअनुसार शासन व्यवस्था अगाडि जान्छ ।

आरोप ३ : पार्टी एकता भयो भने प्रचण्ड बाहेक माओवादी केन्द्रका अन्य नेताको अस्तित्व धरापमा पर्छ त्यस्तो भनेर उहाँहरुले तर्साउन खोजिरहनुभएको छ । यो गठबन्धन पछि सबैभन्दा बढि माओवादीका दोस्रो–तेस्रो पुस्ताका नेताहरुको भविष्य सुनिश्चित हुन्छ । यि सब हावादारी तर्क हुन । यो केवल अंगुर अमिलो छ भन्ने तर्क हो । एकतालाई मन नपराईरहेकाहरुले लगाएको आरोप मात्र हो ।

आरोप ४ : गठबन्धले खोजेको मुलुकको स्थायित्व चिनियाँ मोडल हो  अब नेपालको संविधानअनुसार चिनियाँ मोडलको स्थायित्व सभ्भव छ ? त्यसो भए त भारतमा वीजेपीले लगातार जितिरहेको छ । के त्यो चिनियाँ मोडलको स्थायित्व हो ? अमेरिका, ब्रिटेनमा स्थायित्व छ । त्यसलाई चिनियाँ मोडल भन्ने ? तर्क पनि ठिक ढंगले गर्नुहोस् न । तथ्यमा आधारित भएर गर्नुहोस् । भन्न पाएँ बोल्न पाएँ भन्दैमा जे पनि बोल्दा त्यसको विश्वसनीयता हुँदैन । गलत तर्क गरेर आफ्नो कद आँफै होचो नपार्नुहोस ।

आरोप ५ : मधेशी, जनजाती, आदिवासी विरोधी छ गठबन्धन  यो गबन्धनबाट अत्तालिएकाहरुको डर बोलिरहेको छ । यस्तै, संक्रमणकालबाट फाइदा लिइरहेकाहरु मुलुकको अधोगतिमा रमाइरहेकाहरुको आरोप हो । यो गठबन्धन त उत्पीडित, पछाडि परेका, जनजाति, मधेशी, थारु लगायतकालाई अधिकार सम्पन्न बनाउने पक्षमा छ । आरोप लगाउनेहरु परिवर्तनको विरोधमा छन् । हामी त्यसलाई बदल्न चाहन्छौं । फरक त्यसैमा छ ।

आरोप ६ : गठबन्धन बनाउन उत्तरको हात छ  यो गठबन्धनमा उत्तरको, दक्षिणको, संसारकै शुभेच्छा छ नि ! तर, बनाएको हामीले हो । राम्रो कुराको लागि त सबैको सद्भाव हुन्छ ।  संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र स्थायित्वका लागि यो गठबन्धन आवश्यक थियो । स्थायित्व नहुँदा लोकतन्त्र बदनाम भइरहेको छ । ६/६ महिनामा सरकार परिवर्तन हुने, २५ बर्षमा २६ वटा सरकार बन्ने ! यसले जनतामा आक्रोश र निराशा पैदा गरेको छ । पार्टीहरुप्रति जनताको भरोसा टुट्दै गएको थियो । नेताहरु बद्नाम भए ।  विकृति र विसंगति रोक्न नसक्ने गरी बढ्ने खतरा पैदा हुँदै थियो । लोकतन्त्रलाई पारदर्शी, स्वच्छ बनाउन, प्रतिस्पर्धाबाट अगाडि जान, व्यवस्थाप्रतिको विश्वास र आड कायम राख्न हामी एक हुन खोजेको हो । यहाँ त जवाफदेही नै बन्न नखोज्ने अवस्था छ । मेरो सरकारले होइन अर्को सरकारले गरेको हो भन्दै पन्छिन खोज्ने प्रवृति छ । त्यसकारण हामी जवाफदेहितालाई बढाउन एकजुट भएका हौं ।

आरोप ७ : अप्रत्यासित निर्णय भयो  पहिलादेखि भइरहेका प्रयासहरु थाहा नपाउनेलाई मात्र अप्रत्यासित लागेको हो । माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनका लागि कस्को भूमिका थियो ? एमालेको थियो । एमाले र माओवादीलाई छुटयाउनका लागि धेरै प्रयासहरु भए । तर, अहिले ‘रिअलाइजेशन’ भयो । लामो प्रयास र अभ्यास पछि यो एकता सम्भव भएको छ । थाहा नपाउनेलाई त एकै दिनमा देखेजस्तो भयो । संसारमा कुनै पनि घटना आकस्मिक हुँदैन ।

आरोप ८ : चुनावी एकता सम्भव होला तर पार्टी एकता सम्भव छैन  पर्खैर हेर्ने हो । हामी पार्टी एकताको पक्षमा छौं । हामी यो प्रक्रियालाई त्यहाँसम्म पु-याउन चाहन्छौ । माले र माक्र्सवादीलाई पनि त्यहि ठाउँबाट पु-याएको हो । र, आज त्यो ‘स्टेवल’ भएको छ । मलाई विश्वास छ हामी त्यहाँ पुग्छौं । त्यो त अभ्यासबाट देखिदै जाने कुरा हो ।

यो बिचार newasewa online मा प्रकाशित छ |