Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: getimagesize(http://www.enayapatrika.com/wp-content/uploads/2017/07/nayapatrika.jpg): failed to open stream: HTTP request failed! HTTP/1.1 403 Forbidden in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 928

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
अहिलेको राजनीतिले विकासको नेतृत्व गर्न सक्दैन

Interviews

अहिलेको राजनीतिले विकासको नेतृत्व गर्न सक्दैन

By Dhurba Pokharel

July 11, 2017

नेपालमा विकास भएन भन्ने चिन्ता सबैको, तर विकास किन भएन र कसरी गर्ने भन्ने विषयमा बहस हुन सकेको छैन । अझ खासमा विकास नै के हो भन्ने विषय पनि हामीकहाँ स्पष्ट हुन सकेको छैन । तपाईंको विचारमा विकास के हो ? हो, नेपालमा विकास किन भएन भन्ने बहस केही वर्षयता बढेको छ । योसँगै विकास कसरी गर्ने र विकास के हो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । विकासलाई एकपक्षीय हिसाबबाट मात्र बुझ्नु हुँदैन । एउटा अर्थशास्त्रीले विकास भनिरहँदा उसले प्रतिव्यक्ति आम्दानी र कुल गार्हस्थ उत्पादनलाई मात्र अघि सार्ला । तर, सँगसँगै त्यहाँ प्रतिव्यक्ति आम्दानी जति नै बढी भए पनि त्यहाँ समानता वा प्रतिव्यक्ति आम्दानीको एउटा न्यूनतम स्तर समान छैन भने त्यसलाई कसरी विकास भन्न सकिन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । केही विद्वान्ले विकासलाई सार्वभौमसत्तासँग पनि जोडेका छन् । मुलुक बलियो हुनु नै विकास हो । जुन मुलुक आत्मनिर्भर छ, त्यो मुलुक विकसित मुलुक हो । पहिले देशभित्र कति धेरै संरचना निर्माण भए भनेर विकास खोजिन्थ्यो । जस्तो : यातायात कार्यालय, दूरसञ्चार कार्यालय, सार्वजनिक यातायात कार्यालय, बैंक, मन्त्रालय, विभागहरूमार्फत जब प्रशासन बलियो हुन्थ्यो, त्यसलाई विकास मानिन्थ्यो । तर, अब ती संरचनाबाट डेलिभरी भयो कि भएन भनेर खोज्न थालियो । मुख्य प्रश्न हो, जनताले पायो कि पाएन ? अहिलेको सूचना प्रविधिको विकासले १० वटा संरचनाको काम एकै ठाउँमा दिन सक्ने प्रचलन आयो । त्यसले गर्दा यस्ता कुराहरू बदलिँदै गएका छन् । पहिले–पहिले विकास भनेको धेरै ठूला–ठूला कलकारखानालाई मानिन्थ्यो । त्यस्तै, ठूला–ठूला बाटो हुनुलगायतका ठूला–ठूला पूर्वाधार भयो भने विकास भयो भन्ने मानियो । तर, पछिल्लो अवधिमा त्यहाँको प्रतिव्यक्ति आम्दानी, साक्षरतालगायतका कुरा हेर्न थालियो, औसत आयु, स्वास्थ्य, सफा पिउने पानी, मानवीय सोचको विकासजस्ता कुरामा विकास खोज्न थालियो । उसले पाएको छनोटको अवसर, क्षमता विकासको अवसर र रोजगारी, आर्जनमा अफूलाई पाल्न सक्ने क्षमता, क्षमताको पर्याप्त विकास गर्न पाउने अवसर जस्ता कुरा हेर्न थालियो ।

विकास भन्नासाथ आर्थिक वृद्धिदर भनेर मान्ने आममानसिकता पनि छ, तर आर्थिक वृद्धिदरलाई मात्र विकास मान्ने हो भने त्यसको लाभबाट अधिकांश जनता बाहिर नै रहने अवस्था छ । नेपालमा यो वर्ष नै आर्थिक वृद्धिदर ७.५ प्रतिशत भयो भनियो । तर, के यो एक वर्षमा १० किलोमिटर लामो अन्तर्राष्ट्रियस्तरको सडक बन्यो त ? १० वटा उद्योग थपिए त ? १० हजार मान्छेले उन्नत रोजगार पाए त ? एउटा नयाँ विश्वविद्यालय थपियो त ? जनताले पाउने सेवा र सुविधा केही नबढे पनि आर्थिक वृद्धिदर हुन्छ र त्यसलाई विकास भनिन्छ भने त हामीले त्यस्तो विकासको प्रतीक्षा किन गर्नुप-यो र ? हो, देशभित्रका केही मान्छे धनी हुनु र देश विकसित हुनु फरक कुरा हो । त्यसैले विकासको परिभाषा बदलिएको छ । अहिले विकासलाई मानिसको खुसीपनबाट पनि जाँच्न सुरु गरिएको छ । सभ्यता र सामाजिक विकासबाट जाँच्न सुरु गरिएको छ । यी सबै कुराको एकीकृत रूप विकास हो र यसको मुख्य परिणाम भनेको जनताको सन्तुष्टि हो । नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतभन्दा बढी भयो । आर्थिक वृद्धिदरको हिसाबले नेपाल विश्वमै तेस्रो भयो भनियो । आर्थिक वृद्धिदर बढेको छ । महत्वपूर्ण कुरो भनेको त्यो दिगो छ कि छैन र त्यो वृद्धि कति वर्षसम्म रहन्छ भन्ने पनि महत्वपूर्ण हो । विकासको वृद्धिदर एउटा निश्चित समयसम्म जारी रहनुपर्दछ । दश वर्षसम्म त्यो ७ प्रतिशत वृद्धिदर रह्यो भने त्यसले पूर्वाधार, सामाजिक विकासमा बल्ल एक चरण फड्को मार्न सक्छ । जस्तो : हामीकहाँ अहिले पनि धेरै विषय समय र मौसममा निर्भर गर्छ । जस्तो सिँचाइको पर्याप्त सुविधा नहुनाले समयमा वर्षा भयो भने मात्र खेती राम्रो हुन्छ । अझ प्रतिकूल कुरा गर्ने हो भने अहिले पुँजीगत खर्च ७० प्रतिशत पनि हुन्छ कि हुँदैन भन्ने छ । तर, आर्थिक वृद्धि ह्वात्तै बढेको छ । भनेपछि यसबीचमा केही ग्याप थियो । अगाडि भूकम्पको केही ग्याप थियो । अरू केही ग्याप थिए । यो ग्याप यतिवेला पूरा भयो । र त्यसलाई समेत समेटेर आर्थिक वृद्धि देखिएको हुन सक्छ । अर्कोतर्फ हामीले नदेखेका पक्षहरू छन् । अहिले कृषि क्षेत्रमा नयाँपन आएको छ । कृषि व्यावसायिक हिसाबबाट गइरहेको छ । सेवा क्षेत्रमा त्यस्तै बढिरहेको छ ।

मानिसले केही न केही काम गर्ने वा उद्यम गर्ने ट्रेन्ड बढेको छ । केही न केही रूपमा पूर्वाधारहरूको पहुँच पनि बढेको छ । पर्यटनमा पनि अलिकति फराकिलोपन आएको छ । भनेपछि त्यसले पनि आर्थिक वृद्धिदर बढाएको छ । तर, मुख्य कुरा के छ भने यसलाई घट्न नदिईकन निश्चित अवधिसम्म कायम गर्न सक्नुपर्छ । अनि मात्र त्यसको परिणाम देखिन्छ । तपाईंले भनेजस्तै अन्तर्राष्ट्रियस्तरको सडक १० किलोमिटर होइन, अहिले एक किलोमिटर पनि छैन । बबरमहलको १० किलोमिटर सडक अन्तर्राष्ट्रियस्तरको हुन्छ कि भनेको, त्यसका पनि केही डिफेक्टहरू रहेछन् । अब पूर्व–पश्चिम राजमार्ग अन्तर्राष्ट्रियस्तरको बन्दै छ । मुग्लिन–नारायणगढ खण्ड पनि बन्दै छ । तर, सडकको कनेक्टिभिटी बढेको छ । सँगै सूचना र प्रविधिमा पनि हामीले अलिकति फराकिलो अवस्था हासिल गरिरहेका छौँ । र उद्यमशीलतामा पनि केही न केही रोजगारी सृजना गर्ने सवालमा स्वरोजगारीमा पनि केही न केही उपलब्धि हासिल गरेका छौँ । यसबाट यो परिणाम आएको देखिन्छ । फेरि पनि मूल प्रश्न के हो भने यस्तो वृद्धिदर एउटा अवधि दिगो रहनुपर्दछ । फेरि पनि विकास कसरी गर्नुपर्छ भन्ने महत्वपूर्ण छ । म संसद्को विकास समितिमा सभापतिको रूपमा क्रियाशील छु र योभन्दा अगाडि लेखा समितिमा थिएँ र त्योभन्दा अगाडि पनि म विकासमा चासो राख्ने मानिस हुँ ।

म कलेजका दुईवटा ठाउँमा सभापति भएँ । कीर्तिपुरको क्रिकेट मैदान म सभापति भएकै वेला बनेको हो । कीर्तिपुरका अरू धेरै पूर्वाधार म सभापति हुँदै भएका हुन् । त्यहाँ विज्ञान पढ्न इन्ट्रान्स एक्जाम सुरु गराएको मैले हो । त्यतिवेला मलाई सबै साथीहरूले घेरेका थिए । विद्यार्थीलाई पढ्न नदिने भनेर प्रश्न गरेका थिए । फिजिक्स पढ्न चाहने दुई सय हुन्छन् । तर, पढाउन सक्ने सिट जम्मा ८० वटा छ । अहिले अझ पढ्न चाहनेको संख्या धेरै बढेको छ । तर, जतिसुकै जे भए पनि ८० भन्दा बढी संख्या राख्न हुँदैन भनेर मेरिटअनुसार पढ्न पाउनुपर्छ भन्यौँ । पोखरामा हुँदा पृथ्वीनारायण क्याम्पसमा पनि विकास मेरो चासोको विषय थियो । त्यतिवेला मलाई यसले राजनीति गर्दैन, विकासचाहिँ गर्छ भन्थे । म अहिले पनि भन्छु, राजनीति भनेकै विकास हो । विकास बहुआयामिक हुनुपर्छ । अहिलेको विकास परम्परागत छ । जस्तै : पानीको धारा लैजाने, बाटो खन्ने, विद्यालयको जस्तापाता फेर्ने, भवन बनाउने, हेल्थपोस्ट बनाउने मात्र विकास होइन, ती संरचनाले नागरिक सुखी हुनुपर्छ । न्याय हुनुपर्छ । समानता हुनुपर्छ । विभेद हुनु हुँदैन । विभेद भयो भने जतिसुकै सम्पन्नतामा पनि झगडा हुन्छ । अर्बपति छोराहरूको बीचमा पनि विभेद भयो भने झगडा हुन्छ ।

विकासको नेतृत्व कसले गर्ने हो ? अवश्य राजनीतिक नेतृत्वले गर्ने हो । हाम्रो राजनीतिक नेतृत्वले विकासको नेतृत्व किन गर्न सकेन ? हाम्रो राजनीतिले विकासको नेतृत्व पनि गर्न सक्दैन, बुद्धिजीवी र जनशक्तिको नेतृत्व गर्न पनि सक्दैन, व्यवस्थापन पनि गर्न सक्दैन । बरु गलत प्रवृत्तिको नेतृत्व गरिरहेको छ । वास्तविकता के हो भने राजनीतिले विकासको नेतृत्व गर्नुपर्छ । राम्रो जनशक्ति, राम्रो शिक्षा, राम्रो पूर्वाधार, राम्रो रोजगारीको व्यवस्था राजनीतिको विषय हुनुपर्छ । हामी अहिले पनि एकले अर्कोलाई गाली गर्नु राजनीति ठानिरहेका छौँ । सकारात्मकभन्दा सानो र नकारात्मक कुरा हामी सजिलै र छिटो भेट्टाउँछौँ । त्यसैले अबको राजनीति सकारात्मक सोच, समृद्धि र विकासका लागि हो । नागरिकको जीवनलाई सुख र समृद्ध बनाउन हो । हामीले पहिला राजनीति गर्दा व्यवस्था परिवर्तनका लागि लोकतन्त्रका लागि भन्यौँ, स्वतन्त्रताका लागि भन्यौँ । स्वतन्त्रता नआएसम्म केही गर्न सक्दैनौँ भन्यौँ । अब स्वतन्त्रता आइसक्यो । फेरि त्यही रटान लिँदा त्यसले विकृति भयो, जसले गर्दा हामीले विकास गर्न सकेनौँँ । अर्कौ कुरा विकासको प्राथमिकता पनि परिवर्तनशील छ । गाउँमा केही नहुने खेतबारी छ, त्यहाँ सिँचाइ पनि पुग्यो भने खेती हुन्छ । बाटो पनि पुग्यो भने उत्पादनले बजार पाउँछ र भाउ बढ्छ । सधैँ एउटै अवस्था रहँदैन, हामीले नेपालको विशिष्टता, भू–अवस्थालाई बुझेर समयअनुसार चल्न त्यसबाट फाइदा लिन सकेनौँँ । हाम्रो विशिष्टता, हाम्रो भू–राजनीतिअनुसार नेपाल चीन र भारतको बीचमा छौँ । उनीहरूबाट हामीलाई कहिले अवरोध भए होला, तर सजिलो वेला पनि हामीले लाभ लिन सकेनौँँ ।

हाम्रो भूराजनीतिको गतिशीलता बुझेर हामीले काम गर्न सकेनौँँ । जसले गर्दा भूराजनीतिलाई विकासभन्दा पनि राजनीतिमा टिक्ने कुरामा प्रयोग भयो । हाम्रोमा सुस्पष्ट अर्थ व्यवस्था भएन । हाम्रोमा कस्तो पूर्वाधार हुनुपर्ने हो, कस्तो योजना हुनुपर्ने हो, बाहिरबाट कस्तो सहयोग लिनुपर्ने हो, कस्तो आर्थिक व्यवस्था गर्नुपर्ने हो, यी विषय भएनन् । हामीले ठूला पूर्वाधार विकासमा ध्यान दिन सकेनौँ । पूर्व–पश्चिम राजमार्ग त भयो, सँगसँगै उत्तर–दक्षिण लोकमार्गमा ध्यान दिन सकेनौँ । त्यतिवेलै दोस्रो योजनाका वेला पञ्चवर्षीय योजनामा हर्क गुरुङले अघि सार्नुभएको उत्तर–दक्षिण राजमार्गका कुरा बल्ल हामीले सुरु गरेका छौँ । हामी यति जलस्रोतको धनी देश । विद्युत्मा जलस्रोतभन्दा अरू वैकल्पिक बाटो आउने वेला भइसक्यो, तर हामी यसलाई नै प्रयोग गर्न सकिरहेका छैनौँ । पहिला भुटानले जलस्रोतलाई प्रयोग ग¥यो, मुनाफा लियो, तर हामी ढिला भइसक्यौँ । हामीले यस हिसाबको पूर्वाधारको विकास गर्न सकेनौँ । कृषिलाई आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्ने, यान्त्रिकीकरण गर्ने काम हामीबाट हुन सकेनन् । रेल, सडक, हवाई कनेक्टिभिटीमा केन्द्रित हुन सकेनौँ । पर्यटकीय सम्भावना भएर पनि पर्यटक भिœयाउन सकेनौँ । हाम्रो सोच निर्वाहमुखी भयो । लामो समयसम्म नाकाबन्दी भयो । भारतले तहसनहस बनाइदिन्छु भन्यो, तर नेपालीहरूले दाउरा बालेर भए पनि खाए । भोकै त मरेनन् । निर्वाहमुखी बाटोले नयाँ उपाय खोज्दैन । निर्वाहमुखी भइएन भने विकल्प खोज्न थालिन्छ । नयाँ–नयाँ प्रविधि र प्रयोगमा ध्यान जान्छ । हाम्रोमा शिक्षा फैलिएको छ, साक्षरता बढेको छ, तर गुणस्तर छैन । हामीले शिक्षामा लगानी गरेका छौँ, तर वास्तविक प्रतिफल पाउन सकेका छैनौँ । अनुसन्धान केन्द्र नै छैनन्, भएका पनि निष्क्रिय छन् ।

-देशभित्रका केही मान्छे धनी हुनु र देश विकसित हुनु फरक कुरा हो । त्यसैले विकासको परिभाषा बदलिएको छ । अहिले विकासलाई मानिसको खुसीपनबाट पनि जाँच्न सुरु गरिएको छ । सभ्यता र सामाजिक विकासबाट जाँच्न सुरु गरिएको छ । यी सबै कुराको एकीकृत रूप विकास हो र यसको मुख्य परिणाम भनेको जनताको सन्तुष्टि हो । -हाम्रो राजनीतिले विकासको नेतृत्व गर्न सक्दैन, बुद्धिजीवी र जनशक्तिको नेतृत्व गर्न पनि सक्दैन, व्यवस्थापन पनि गर्न सक्दैन । बरु गलत प्रवृत्तिको नेतृत्व गरिरहेको छ । वास्तविकता के हो भने राजनीतिले विकासको नेतृत्व गर्नुपर्छ । राम्रो जनशक्ति, राम्रो शिक्षा, राम्रो पूर्वाधार, राम्रो रोजगारीको व्यवस्था राजनीतिको विषय हुनुपर्छ । -विकास केबाट गर्ने भन्ने समयसान्दर्भिक विषय हो । सधैँभरि एउटै विषयमा अड्किएर बस्न हुँदैन । नेपालमा ५० हजार मेगावाट बिजुली उत्पादन ग¥यौँ भने पनि साउदी अरबले तेलबाट लिने आम्दानीको चार प्रतिशत मात्रै हुन्छ । यसको मतलव हाइड्रो मात्रै सबै कुरा होइन ।

विकासका लागि नेतृत्व कमजोर भयो, त्यसैले नीति पनि कमजोर भए । हाम्रा नीति सुशासनमुखी छैनन् भने विकास कसरी होला ? नीति सुधार्न के गर्ने होला ? हो, हामीले विकास माथिबाट मात्रै हुन्छ भन्ने ठान्यौँ । हामीले स्थानीय सरकार र उद्यमलाई बढाउन सकिरहेका छैनौँ । स्थानीय स्रोतको उपयोग केन्द्रबाट गर्ने नीतिले विकास हुन सकिरहेको छैन । पूर्वाधारको विकास हेर्दा एउटा सडक निर्माणमा कति समस्या छन् ? कसरी निर्माण गर्ने भन्ने कानुन नै वैज्ञानिक छैन । जतिपटक वैज्ञानिक बनाउन खोज्यो, त्यतिपटक नै अवरोध भइरहेको छ । राज्यले वस्तु र सेवा निजी क्षेत्रबाट खरिद गरिरहेको छ । नेपालको निजी क्षेत्रले आफ्नो सक्षमता विकास गर्न सकिरहेको छैन । उसको चरित्र नै दलाल प्रवृत्तिको छ । हामीले उदारीकरण र निजीकरणको नाममा सरकारका आफ्ना कम्पनीहरू पनि बेच्यौँ । संसारमै सरकारका आफ्ना कम्पनी हुन्छन् । हामीले सार्वजनिक कम्पनीलाई पनि निजीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ । हाम्रो जस्तो मुलुकमा निजी र सार्वजनिक कम्पनी सँगसँगै जानुपर्छ । जस्तो : नेपाल वायुसेवा निगम र बुद्ध एयर, एनटिसी र एनसेल, साझा यातायात र निजी क्षेत्रको यातायात, वाणिज्य बैंक र निजीस्तरको बैंक हुनुपर्ने हो । तर, हामीकहाँ के भइदियो भने एनसिसियन नामको कन्स्ट्रक्सन कम्पनी थियो । उसले ४० करोडसम्मका काम गर्न थालिसकेको थियो । तर, त्यो चाहिँदैन भनियो । अहिले कस्तो भयो ? सानो वस्तु वा सेवा पनि निजी कम्पनीसँग किन्नुपर्ने, तर प्रक्रिया लामो हुन्छ । राज्यको प्राविधिक सेवा कमजोर भएको छ । संस्थागत सेवा कमजोर भएको छ । सँगसँगै एक मन्त्रालयसँग अर्को मन्त्रालयको समन्वय भइरहेको छैन । एउटा आयोजना सम्पन्न गर्न हामीसँग समस्यै समस्या छन् । समस्याको समाधान कसरी गर्ने भन्दा पनि त्यसैलाई अल्झाएर कसरी आफूले व्यक्तिगत फाइदा लिने भन्नेतर्फ हामी लाग्यौँ । जसका कारण हामीले पूर्वाधारको विकास पनि गर्न सकेनौँ । त्यसको प्रतिफल विकासमा लगाउन सकेनौँ, दुवैको प्रतिफलस्वरूप रोजगारी बढाउन सकेनौँ । मानवीय विकास गर्न सकेनौँ, त्यसको प्रतिफल उद्यमशीलतामा प-यो । उद्यमशीलताको विकास नभएपछि संसारमा सरकारले जागिर दिएर दुईदेखि चार प्रतिशतलाई मात्र हुने हो । निजीकरणको विकास भएर उद्यमशीलता र स्वरोजगार भएपछि मात्र उद्योगधन्दा खुल्छन् र मुलुक अघि बढ्छ । कम्पनी खोलेर काम गर्ने वातावरण नबन्दाखेरि मुलुक पछाडि परिरहेको छ ।

हामीले गत मंसिरमा नयाँ पत्रिकामा मुख्य समाचार छापेका थियौँ । अस्ति फेरि फलोअप स्टोरी पनि ग-यौँ । त्यो समाचारको विषयवस्तु के छ भने भारतले नेपाल, भुटान र बंगलादेशमा भारतीय लगानी नभएका जलविद्युत् परियोजनाबाट उत्पादित बिजुली अब किन्दैन । मंसिरमा भारतको ऊर्जा मन्त्रालयले निर्देशिका जारी ग-यो, अहिले ऊर्जा आयोगले त्यही अनुरूपको कानुन मस्यौदा ग-यो । बिजुली बेचेर नेपाल धनी हुन्छ भन्ने आशा गरेर गाउँका मान्छे बसिरहेका छन् । तर, भारतले नेपालमा अरू कसैले उत्पादन गरेको बिजुली नकिन्ने भयो । भारतले किन्दैन भने हाम्रो बिजुली कसलाई बेच्ने ? बेच्ने बजार हुँदैन भने चीन, कोरिया र नर्वेका कम्पनीले नेपालमा अर्बौं किन लगानी गर्ने ? बिजुलीबाट हाम्रो उन्नति हुँदैन भने केबाट हुन्छ ? यस्तो विषयमा बहस किन हुँदैन ? हो, विकास केबाट गर्ने भन्ने समयसान्दर्भिक विषय हो । सधैँभरि एउटै विषयमा अड्किएर बस्न हुँदैन । नेपालमा ५० हजार मेगावाट बिजुली उत्पादन ग-यौँ भने पनि साउदी अरबले तेलबाट लिने आम्दानीको चार प्रतिशत मात्रै हुन्छ । यसको मतलव हाइड्रो मात्रै सबै कुरा होइन । आजभन्दा ३० वर्षअघि भुटानको मोडेलमा हाइड्रोको पोटेन्सियल थियो । आज भारतले हाम्रो लगानी नभएको आयोजनाबाट उत्पादन भएको बिजुली किन्दैनौँ भनिरहेको छ । आफूलाई नचाहिएको वस्तु वा सेवा कसैले किन्छ ? किन्दैन । तसर्थ, हामीले भारतमा बिजुली बेच्न भारतीय लगानीलाई पनि प्रोत्साहन गर्नुपर्छ । पहिला ‘रन अफ द रिभर’ उपयोगी थियो । अहिले हामी त्यही मोडेलमा गयौँ भने त्यो घाँडो हुने अवस्था आएको छ । अब स्टोरेज प्रोजेक्टमा जानुपर्ने आवश्यकता छ । विकासमा सूचना प्रविधिलाई क्याच गर्न नसकेको भए आज अमेरिका संसारमा पहिलो धनी हुन्थेन । अहिले पनि धेरै साथीहरूसँग कुरा गर्दा सूचना प्रविधिको पनि व्यवसाय हुन्छ भन्ने म बुझ्दिनँ भन्नुहुन्छ । तर, अहिले संसारका सबैभन्दा ठूला उद्योग सूचना प्रविधिकै छन् । अब परिवेशलाई बुझेर त्यसअनुसार लाभ उठाउने र राज्यले उद्योगीलाई संरक्षण गर्नुपर्छ ।

हाम्रा कतिपय उत्पादन राम्रा भएर पनि बजार लिन सकिरहेका छैनन् । कारण जनसंख्या कम छ । अन्य मुलुकमा मास बेसमा उत्पादन हुन्छ, हामीकहाँ निश्चित मात्रामा उत्पादन हुन्छ । अनि उनीहरू बराबरमा हामी उद्योगलाई फस्टाउने बनाउन सक्छौँ ? सक्दैनौँ । तसर्थ, हामीले स्पेसिफिक विषयलाई संरक्षण गर्न सक्नुपथ्र्याे । बाहिर पठाउन सक्ने सम्भावना भएकालाई पठाउनुपथ्र्याे । हामीकहाँ भएको भूराजनीतिका कारण उताबाट ल्याउन सजिलै सकिन्छ, बाहिर पठाउन अप्ठ्यारो छ । अप्ठ्यारालाई ध्यान दिएर रणनीति बनाउनुपथ्र्याे । जबसम्म बदलिँदो परिस्थितिअनुरूपको आर्थिक नीति बन्दैन, तबसम्म मुलुक अघि बढ्न सक्दैन । जनकपुर–जयनगर रेल न्यारो गेजमा चल्दैथ्यो । तर, संसारमा पहिले नै न्यारोगेजबाट ब्रोड गेज, ब्रोड गेजबाट स्टान्डर्ड गेज, अझ त्यसबाट पनि स्मार्ट गेज आइसकेको छ । स्मार्ट भनेको अटोमेटिक रूपमा चल्ने र रोकिने हुन्छ । दुई सय किमि प्रतिघन्टाको गतिमा चालकले कसरी स्टप देख्ने रोक्ने ? त्यस्तोमा अटोमेटिक स्टप नभई कसरी हुन्छ ? तर, हामी यता अस्तिसम्म न्यारो गेजमै चल्दै थियौँ । अहिले पनि हामी ब्रोड गेजमै छौँ । स्टान्डर्ड गेज पनि बनाउन सकिरहेका छैनौँ । मानिसले समयअनुरूप चस्मा बदल्छ, लुुगा बदल्छ, तर नीति बदल्नु पर्दैन ? प्राथमिकता बदल्नु पर्दैन ? हामीकहाँ यही नीति परिवर्तन गर्नुप-यो ।

हो, हामीले लगानीकर्तालाई संरक्षण गरेर अन्तर्राष्ट्रिय लगानीलाई प्रोत्साहित गर्ने भनिरहेका छौँ । तर, लगानी ल्याउनुको सट्टा जनशक्ति निर्यात गरिरहेका छौँ । दुई साताअघि मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो जाँदा प्रहरीको गाडी र एउटा ट्रक एकैपटक बगे । हामीले त्यो घटनाको मात्र समाचार दिएनौँ, यो सडक निर्माणमा किन यति ढिलासुस्ती भइरहेको छ भनेर पनि प्याकेज स्टोरी ग-यौँ । त्यसको अर्को दिन तपाईंको नेतृत्वमा सांसदहरूको टोली स्थलगत अवलोकनमा गयो । तपाईंलाई पनि जानकारी नै भएको विषय हो, त्यहाँ तीनवटा नेपाली र तीनवटा भारतीय ठेकेदारले ज्वाइन्ट भेन्चरमा काम गरिरहेका छन् । तर, कामदार जम्मा ५०–६० जना मात्र छन् । निर्माणको नाममा दिनमा घन्टौँ यो सडक बन्द हुन्छ र हजारौँ यात्रुले दुःख पाउँछन् । राष्ट्रिय धमनी बन्द गरेर भइरहेको निर्माणमा यति थोरै जनशक्ति परिचालित छ । एकातिर देशमा रोजगारी नपाएर हाम्रा दाजुभाइ मलेसिया र खाडी जाने, कतारमा नाकाबन्दी लाग्यो, अब के होला भनेर चिन्तित हुने । तर, यता हाम्रै सडक निर्माण कामदार नपाएर ढिला हुने ? ढिलो गरेर खर्च बढाउनुको सट्टा हाम्रा युवालाई उन्नत पारिश्रमिक दिएर काम छिटो गराउनु उचित हुँदैनथ्यो र ? हो, हामीकहाँ भएको सार्वजनिक खरिद ऐन यस हिसाबबाट सहज छैन । गर्न खोज्दा मेनुपुलेसन हुन्छ । यो सडक सर्वाधिक महत्वको हो । त्यहाँ दिउँसो मात्र होइन, राति पनि काम गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । हामीले त्यही निर्देशन दियौँ । मेलम्ची खानेपानीमा राति काम गर्ने निर्देशन हामीले नै दिएका हौँ । तर, रातिको कामलाई प्रोत्साहित नै गरिँदैन । हामीकहाँ पुरातन शैली छ । नयाँ गर्न खोज्दा अख्तियार लाग्ने जस्ता पक्ष छन् । मुख्य रूपमा हाम्रो निजी क्षेत्र इमानदार छैन । निजी, प्राविधिक र सरकारबीच मिलेमतो पनि छ । प्राविधिक विषयमा समस्या तेस्र्याइदिएर ढिलो गर्ने अवस्था छ । त्यो सडकबाट यात्रु ओहोरदोहोरको मात्रै कुरा छैन । सामान बोक्ने मालबाहक ट्रक पनि ढिलो हुँदा सामानको मूल्य बढ्ने अवस्था छ । पर्यटकलाई ओहोरदोहोरमा समस्या छ । आर्थिक हिसाबले सोच्दा हामीलाई अप्ठ्यारो छ । कलंकीदेखि नागढुंगाको बाटो बनाउने विषयमा पनि अदालतले व्यक्तिगत सम्पत्ति भन्दै स्टे अर्डर दियो । हामीले सर्वाेच्च अदालतको आदेशलाई सम्मान गर्दै सडक बनाउने र पीडितलाई क्षतिपूर्ति दिने भन्यौँ ।

तर, त्यहाँका सांसदहरू अनेकपटक आउने र रोक्न भन्नुहुन्छ । हाम्रोमा भोटका लागि मात्रै राजनीति गर्ने अवस्था छ । अदालतले पनि क्षतिपूर्ति दिएको हेर्नुपर्छ, तर लाइफलाइनसँग जोडिएको विषयमा आदेश दिँदा विचार पु¥याउनुपर्छ भन्ने लाग्छ । पृथ्वी राजमार्गको विकल्प मानिए पनि कान्ति राजपथको काम प्रभावकारी रूपमा अघि बढेको थिएन । तर, हामीले तराईसँग जोड्ने यो बाटोलाई प्राथमिकताका साथ उठायौँ । अब आठदेखि १० महिनामा यो बाटो बन्छ । यो सडक बनेपछि मुग्लिनको विकल्प हुन्छ । हेटौँडा सुरुङमार्गको विषय छ, फास्ट ट्र्याक नेपाली सेनाले बनाउने भन्ने कुरा छ । यी योजना कसरी अघि बढ्छन्, कुन स्वार्थमा अघि बढ्छन् भन्ने हेर्नै बाँकी छ । पाँच वर्षमा जस्तासुकै प्रोजेक्ट पनि सकिनुपर्छ । तर, हाम्रोमा १५, २० देखि २५ वर्षसम्म लाग्ने गरेको अवस्था छ । मेलम्चीलाई त ४२ वर्ष लाग्यो । राष्ट्रिय गौरवका आयोजनामा राज्यको कार्यकारी तहले जिम्मेवारी देखाउनुपर्छ । फरक नीतिसाथ जानुपर्छ भनेका छौँ । यसका लागि फरक कानुनको ड्राफ्ट पनि बन्दै छ । यो आएपछि ठूला आयोजना, इमरजेन्सी आयोजनाहरू समयमा सकिन्छन् भन्ने लागेको छ । यस्तो कानुनका लागि चाहिने आवश्यक प्रतिक्रिया हामीले दिइसकेका छौँ ।

कात्रो र कापी किन्ने प्रोेसेस उस्तै भयो भने समस्या हुन्छ । कात्रो उतिखेरै चाहिने चिज हो । प्राथमिकता त्यही आधारमा छुट्टिनुपर्छ । सबै ठाउँमा धेरै कामदार चाहिन्छ भन्ने त छैन । कहीँ मेसिनकै भरमा पनि काम गर्नुपर्ने हुन्छ । कहीँ मेसिन थोरै हुन्छन् । ठेकेदार नै बाढी–पहिरो पर्खिने, अनि भेरिएसन गर्न अनेक उपाय खोज्ने अवस्था पनि छ । यस्ता प्रवृत्तिलाई चेक गर्ने सिस्टम बनाउनुपर्ने अवस्था छ । यसका लागि राजनीतिक नेतृत्वमा एउटा डिटरमिनेसन हुनुपर्छ । कन्सल्ट्यान्ट र कन्ट्र्याक्टरका विषय पनि छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको विषयमा एउटा कुरा छ, जसमा जापानको कन्सल्ट्यान्ट थियो र कन्ट्र्याक्टर बाहिरको थियो । उनीहरूले जापानी स्ट्यान्डर्डका सामान र उपकरण प्रयोग गर्नुपर्छ भन्यो, तर कन्ट्र्याक्टरले त्यो सक्दैनथ्यो । त्यो त्यसै रह्यो । हुलाकी राजमार्गमा सधैँ भारतले नेपाललाई दोष लगाउने, नेपालले भारतलाई दोष लगाउने अवस्था भयो । हामी कालो झन्डा सहँदै गयौँ । त्यहाँ कन्सल्ट्यान्ट र कन्ट्र्याक्टर भारतकै थियो । कन्ट्र्याक्टर प्रतिकिलोमिटर एक करोडमा बाटो बनाउने ठेक्का लिने थियो, कन्सल्ट्यान्ट प्रतिकिलोमिटर १० करोडमा बनाउने थियो । अनि यस्तोमा कन्ट्र्याक्टरले कसरी बनाउन सक्छ ? उसले छोड्यो । हामीकहाँ यस्तो पनि समस्या छ । प्रोजेक्ट लिने र लम्ब्याउँदै जाने । धेरै प्रोजेक्ट होल्ड गरेर एउटा–दुईवटा काम गर्ने, जग्गामा हाल्ने र अरू काम नगर्ने अवस्था छ । हामीलाई यस्तो शैलीलाई निरुत्साहित गर्नुपर्ने अवस्था छ । हाम्रा राष्ट्रिय गौरवका आयोजनाका विषयमा छलफल पनि थिएन, तर हामीले छलफल गराएर २१–२२ वटा यस्ता आयोजनालाई चलायमान बनाएका छौँ । आउँदो वर्ष चार–पाँचवटा आयोजना पूरा हुन्छन् । यो हाम्रो उपलब्धि हो । राजनीतिले गलत नियतलाई कुल्चेर असल नियतलाई अगाडि बढाउनुपर्ने अवस्था छ । राम्रो काम गर्ने मानिसमा विश्वास गर्न जरुरी छ ।

फेरि पनि विषय आयो सुशासनको । सुशासन कसरी स्थापित गर्ने ? तपाईं अर्थात् संसद्ले एकातिर सोच्ने, कार्यपालिकाले अर्कोतिर सोच्ने र न्यायपालिकाले झन् अर्कै सोच्ने भएपछि सुशासन कसरी स्थापित होला ? तपाईं जति चिन्तित हुनुहुन्छ, त्योभन्दा धेरै गुणा म चिन्तित छु । हाम्रो कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र संवैधानिक अंगहरू सही बाटोमा हिँडिरहेको अवस्था छैन । संवैधानिक अंगहरूमा पार्टीको हस्तक्षेप बढी देखिएको छ । पार्टी शक्तिशाली हुनु राम्रो हो, तर पार्टीहरू नियमलाई मिच्न शक्तिशाली देखिए । नीति नियम पछ्याउने काममा पार्टी कमजोर बन्दै गए । सबै पार्टीहरूले आफूलाई लोकतान्त्रीकरण गर्न आवश्यक छ । अहिलेको नेतृत्व हिँडेकै बाटो अर्को नेतृत्वले समाउनु पनि गलत हो, जसले परिवर्तन दिन सक्ने हैसियत राख्दैन । मेरो पार्टी एमाले पनि यो विषयमा अछुतो रहन सकेको छैन । दोस्रो कुरा, अब हरेकले गर्नुपर्ने काम हुन्छ । आफूले आफ्नो जिम्मेवारीअनुसार काम नगर्ने र अरूका कुरा मात्रै बढी गर्ने प्रवृत्ति विकास भएको छ । यसले पनि हरेक क्षेत्रमा समस्या निम्त्याएको छ । नागरिक समाज, सञ्चार क्षेत्र पनि विभाजित भएर आफ्नो चाहनाअनुसार काम गरिरहेका छन् । मुख्य रूपमा देशमा कानुनअनुसार काम भएको छ वा छैन भनेर अडिट गर्ने पद्धति नै कमजोर छ । नागरिक अडिटले मात्रै देशलाई सुशासनतर्फ निर्देशित गर्न सक्छ भन्ने मेरो बुझाइ हो ।

यो अन्तर्वार्ता नयाँ पत्रिका दैनिकमा प्रकासित छ |