Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
सैनामैनाको विकासमा एमालेको प्रतिबद्धता, कृषि पर्यटन र स्वरोजगारमा प्राथमिकता

News

सैनामैनाको विकासमा एमालेको प्रतिबद्धता, कृषि पर्यटन र स्वरोजगारमा प्राथमिकता

By Dhurba Pokharel

June 17, 2017

सैनामैना ।

बुटवलसंग जोडिएको सैनामैनालाई समृद्ध नगरका रुपमा विकास गर्न योजनाबद्ध कामहरु अगाडि बढाउने भन्दै एमाले नेताहरुले सामूहिक प्रतिबद्धता गरेका छन् । कृषि, पर्यटन र स्वरोजगार कार्यक्रममा प्राथमिकता दिंदै नेताहरुले समृद्ध सैनामैनाको संकल्पका साथ आफुहरु अभियानमा खटिएको बताए । सैनामैनाका प्रत्येक वडामा एक वडा एक पहिचानको अभियानका साथ कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिंदै आत्मनिर्भरता उन्मुख कार्यक्रम सञ्चालन गरिने नेताहरुले बताएका छन् । स्थानीय तहको चुनावका क्रममा वडाहरुमा भएका घरदैलो तथा चुनावी सभाहरुमा बोल्दै उम्मेदवार र विभिन्न तहका नेताहरुले असली जनप्रतिनिधिका रुपमा काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । एमालेका तर्फबाट सैनामैनाका मेयरका उम्मेदवार चित्रबहादु कार्की, उपमेयरका बीना रानासहित सबै ११ वटै वडाका अध्यक्ष र सदस्यका उम्मेदवारहरुले आ–आफ्ना टोलमा मतदातासमक्ष समृद्ध सैनामैनाका लागि गुरुयोजना बनाएर काम गर्ने संकल्प गरे । उनीहरुले आफुहरुलाई जनप्रतिनिधिका रुपमा काम गर्ने अवसर मिलेमा कुनै पनि मतदाता र सैनामैनाबासीले कहिल्यै पछुताउनु नपर्ने पनि बाचा गरेका छन् ।

‘हामीलाई मत दिनेहरुलाई कहिले पनि शिर निहुराउन दिइने छैन हामी विकास निर्माणका कामसंगै सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनासहित जनतामाझ पुगेका छौं’ एमाले केन्द्रीय सदस्य तथा युवा नेता खिमलाल भट्टराईले मतदातासमक्ष प्रतिबद्धता जनाए । उनले चुनावका बेलामा चुनाव मुखि नारा मात्रै आफुहरुले नलगाएको स्पष्ट पार्दै विकास निर्माणका काममा एमालेले के के ग¥यो भन्ने कुराको सबै फेहरिस्त जनतामा प्रष्टै रहेको बताए । एमाले जहिले जहिले सरकारमा गयो त्यो बेलामा कुनै न कुनै जनपक्षीय काम गरेकै छ भन्दै अर्का नेता तथा एमाले प्रदेश संगठन कमिटीका सचिव भूमिश्वर ढकालले आफुहरु चुनाव जित्ने हार्नेमा मात्रै नभई देश बचाउने र बनाउने अभियानमा केन्द्रित भएको दाबी गरे । उनले सैनामैनाका विविधता, सम्भावनाहरु र तिनको सदुपयोगका बारेमा विज्ञहरुसितको सुझावका आधारमा विस्तृत विवरण तयार पारेर काम अगाडि बढाइने बताए । सबै सैनामैनाबासीले अपनत्व महसुश गर्नेगरी आफुहरुले काम गर्ने उनको भनाइ थियो । कार्यक्रममा एमाले रुपन्देहीका सदस्य तथा सैनामैना संगठन कमिटीका संयोजक खुशीराम चौधरीले थारु संग्रहालय, होम स्टे र सांस्कृति जोनका रुपमा सैनामैनाका केही क्षेत्रलाई विकास गर्ने एमालेको लक्ष्य रहेको बताए । अहिले सुरु हुन लागेको होम स्टेलाई विस्तार र व्यवस्थित गरेर अरु योजनाबद्ध कामको थालनी गरिने उनको भनाइ थियो । सैनामैनामा लुम्बिनी जोड्ने चक्रपथ र थुप्रै सहायक मार्गहरुसमेत निर्माण भएका छन् । सिंचाई, पुल, नदी नियन्त्रणदेखि विकास निर्माणका काममा एमाले नेता यस क्षेत्रका सांसद विष्णु पौडेल अर्थमन्त्री भएका बेलामा सैनामैनामा मात्रै करोडौंको बजेट विनियोजन भएको थियो । त्यतिबेला सैनामैनाका नेता चित्रबहादुर कार्कीले नै विशेष पहल गरेका थिए । जिल्ला सदस्य तथा सह–संयोजक नरबहादुर थापा, नेताहरु मिनप्रसाद पौडेल, मिनप्रसाद घिमिरे, कमला विश्वकर्मा, जीवनाथ पाण्डे, कृष्ण घिमिरे तथा नारायण महतलगायतले सैनामैनाको समृद्धिका लागि आफुहरु स्थानीय प्रतिबद्धता पत्रका साथ चुनावी अभियानमा केन्द्रित रहेको बताएका थिए । सोही कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले युवाहरुले अहिलेको चुनावी जीत हार भन्दा पनि युवाहरुको भोलिको भविष्य हेरेर काम गर्नुपर्ने बताए । उनले कुन दलका नीति र प्रवृत्ति कस्ता, कुन दलका नेता सरकारमा जाँदा के कस्ता काम गरेका छन र देशको स्वाभिमानका लागि को सही छ भन्ने कुराको बोध युवाहरुमा हुनुपर्ने भन्दै सोही आधारमा चुनावी अभियानमा खटिन युवाहरुलाई आग्रह गरे । एमालेका उम्मेदवार र नेताहरुको मात्रै होइन मुलुकको सुरक्षा कवजका रुपमा युवा संघ रहेको भन्दै उनले युवाहरुलाई दिग्भ्रमित पार्नेहरुबाट सचेत रहन पनि आग्रह गरे । उनीहरुले स्थानीय तहलाई समृद्ध र जनमैत्री बनाउने काममा आफुहरुले प्रतिस्पर्धी दलहरुसंग मिलेर समेत काम गर्ने बताए । सैनामैनाको क्षेत्रफल, जमिनको प्रकार र सम्भावनाका बारेमा समेत अध्ययन गरेर सोही अनुरुपका कामहरु अगाडि बढाइने नेताहरुको प्रतिबद्धता थियो । खड्ग कुवँरको अध्यक्षतामा सैनामैनाको भाटाचौरमा बिहीबार आयोजित कार्यक्रममा मेयर, उपमेयरसहित वडा अध्यक्षका उम्मेदवार बसन्त पाण्डेलगायतले प्रतिबद्धता जनाएका थिए । उक्त कार्यक्रमको सञ्चालन हेमन्त थापाले गरेका थिए । एमालेले सैनामैनाका सबै वडाहरुमा घरदैलो र चुनावी अभियान सञ्चालन गरेको नेता खुशीराम चौधरीले जानकारी दिए । कृषि र महिला स्वरोजगारलाई प्राथमिकता यसैबीच एमालेका तर्फबाट सैनामैनाका मेयरका उम्मेदवार चित्रबहादुर कार्कीले सैनमैना नगरका महिलाहरुका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गरिने प्रतिबता जनाएका छन् । उनले सीप भएकालाई उपयुक्त कामको अवसर दिने र सीप नभएकालाई सीप सिकाएर कामको अवसर दिनेगरी योजना बनाएर काम गर्ने बताए । यस्तो कामका लागि आफु निर्वाचित भएपछि बार्षिक एक करोड रुपैयाँ विनियोजन गर्ने बताउँदै उम्मेदवार कार्कीले समुदायको अवस्था र आवश्यकता हेरेर योजना बनाइने जनाए । सैनामैनाका सबै वडाहरुका एउटा एउटा पहिचान झल्काउने, कृषि क्षेत्रलाई प्राथमिकता दिइने, दुई वर्ष भित्रमा दुधमा, कुखुराको मासुमा, अण्डामा र तरकारीमा आत्मनिर्भर सैनामैना बनाइने उनले प्रतिबद्धता जनाएका छन् । उपमेयरकी उम्मेदवार विना रानाले महिलामैत्री नगरका रुपमा सैनामैनालाई विकास गरिने भन्दै कुनै पनि महिलाले हिंसा सहेर बस्नु नपर्ने बताइन् । उनले महिला शसक्तिकरणका लागि राजनीतिक अधिकारसंगै आर्थिक, सामाजिक, सांस्कृति अधिकारका पाटोमा पनि योजनाबद्ध काम गरिने प्रतिबद्धता गरिन् ।

यो खवर हामीले रातोसुर्य डटकम बाट लिएका हौ |