Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
एमाले महाधिबेसन सकियो : ओली पक्षलाई स्पस्ट बहुमत

News

एमाले महाधिबेसन सकियो : ओली पक्षलाई स्पस्ट बहुमत

By Krishna

July 17, 2014

एमाले केन्द्रीय कमिटीमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको प्यानलले प्रस्ट बहुमत हासिल गरेको छ। केन्द्रीय पदाधिकारीमा बराबरी भए पनि बुधबार सकिएको मतगणनामा ओलीलाई सुविधाजनक बहुमत मिलेको हो।

एक सय १४ पूर्ण केन्द्रीय सदस्यमध्ये ओली प्यानलका ६६ र नेपाल प्यानलका ४८ जना निर्वाचित भएका छन्। राति अबेरसम्म विवाद भइरहेकाले यो संख्यामा एकदुई तलमाथि पर्न सक्ने एमालेका एक केन्द्रीय सदस्यले बताए। केन्द्रीय सदस्यमध्ये सबैभन्दा बढी मत एक हजार एक सय ११ मत पाएर माधवकुमार नेपाल विजयी भए। एमाले नेता रबिन्द्र अधिकारीले खुल्ला तर्फका केन्द्रीय सदस्य मध्य सबै भन्दा धेरै मत ल्याएर नवौं महाधिबेशनमा निर्वाचित भएका छन |

चार दिनदेखि जारी मतगणना बुधबार रातिसम्म चलेको थियो। केही नाममा विवाद भएपछि निर्वाचन आयोगले दुई प्यानलका एकएकजना प्रतिनिधिसँग बेग्लै छलफल गरी टुंगो लगाउने कोसिस गरेको थियो। नेपाल प्यानलका वंशीधर मिश्रले जितेकोमा ओली पक्षका दामोदर भण्डारीलाई विजयी बनाउने कोसिस गरेको भन्दै विवाद परेको थियो।

मतगणना समयमा नसकिएकाले महाधिवेशन समापन घोषणा गर्न बुधबार ३ बजेका लागि राखिएको पत्रकार सम्मेलन बिहीबार ३ बजेका लागि सारिएको छ। एमालेको नवौं महाधिवेशन १४ दिनमा सकिनेछ।

ओली पक्षबाट एमालेको पदाधिकारी लडेका तीनजना केन्द्रीय कमिटी सदस्यमा पनि पराजित भएका छन्। उपाध्यक्षका उम्मेदवार धर्मनाथ साह, सचिवका उम्मेदवारद्वय केशवलाल श्रेष्ठ र रघुवीर महासेठ केन्द्रीय सदस्यमा पनि पराजित भए। केन्द्रीय कमिटीमा तीन मन्त्रीले हारे। ओली पक्षबाट उम्मेदवार बनेका स्वास्थ्यमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री कर्णबहादुर थापा र नेपाल पक्षबाट लडेका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पराजित भए।

ओली पक्षबाट हार्नेमा पूर्वकेन्द्रीय सदस्य राजेन्द्र गौतम, देवराज भार, भानुभक्त जैसी, अच्युत मैनाली, टुकराज सिग्देल, देवी ज्ञवाली, गुरु बराल, नेत्र पन्थी, रामेश्वर फुँयाल, अखिलका पूर्वअध्यक्ष खिमलाल भट्टराई, दोलखाका सभासद् आनन्द पोखरेल, केशव पाण्डे, केशव देवकोटा, विनोद श्रेष्ठ छन्। नेपाल पक्षबाट रामचन्द्र यादव, ललित बस्नेत, गोविन्द कोइराला, वंशीधर मिश्र, नरेश खरेल, उर्वादत्त पन्त पराजित भए। ओली प्यानलका युवासंघका अध्यक्ष महेश बस्नेत पनि पराजित भए। यससँगै युवासंघ अध्यक्ष पद पनि रिक्त भएको छ। पार्टी उपाध्यक्ष जितेका वामदेव गौतम र विद्या भण्डारी अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ र अनेमसंघको अध्यक्ष पनि रिक्त भएको छ। विष्णु रिमाल सचिवमा पराजित भएपछि उनी अध्यक्ष रहेको नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष पनि खाली भएको छ।

केन्द्रीय सदस्यमा लडेका जिल्ला अध्यक्षहरू सर्लाहीका मनोज देवकोटा, रामेछापका कैलाश ढुंगेल र काभ्रेका गोकुल बास्कोटा पनि पराजित भए।

यस्तो छ मत परिणाम :

ओली समूह

केन्द्रीय सदस्य खुलातर्फ

रवीन्द्र अधिकारी

शंकर पोखरेल

छविलाल विश्वकर्मा

प्रदीप नेपाल

रामनाथ ढकाल

सूर्य थापा

किरण गुरुङ

काशीनाथ अधिकारी

वृन्दा पाण्डे

महेन्द्र पाण्डे

भानुभक्त ढकाल

मुकुन्द न्यौपाने

दामोदर भण्डारी

विष्णु रिमाल

राजन भट्टराई

गोपाल शाक्य

वैकल्पिक

माधव ढुंगेल

किशोर अधिकारी

भूगोलतर्फ पूर्ण केन्द्रीय सदस्य

मेची : हिक्मत कार्की

लुम्बिनी : लीला गिरी

गण्डकी : मायानाथ अधिकारी

धौलागिरी : गणेश तिमिल्सिना

राप्ति : खेमनाथ खड्का

भेरी : यामलाल कँडेल

कर्णाली : गोरखबहादुर बोगटी

सेती : महेश्वर पाठक

महाकाली : गणेश ठगुन्ना

वैकल्पिक

सगरमाथा : विशाल भट्टराई

गण्डकी : रामशरण बस्नेत

लुम्बिनी : तिलक महत

धौलागिरी : गुलाबजंग शाह

भेरी : लक्ष्मी पोखरेल

सेती : भैरवबहादुर सिंह

महाकाली : विक्रम शाही

महिलातर्फ

थममाया थापा

राधा ज्ञवाली

गोमा देवकोटा

सुजिता शाक्य

सीता पौडेल

सावित्रा भुसाल

महिन लिम्बू

पद्‌मा अर्याल

शिवमाया तुम्बा हाम्फे

वैक ल्पिक

निरू पाल

मोना केसी

सीता सुन्दास

मधेसी पूर्ण

रामप्रीत पासवान, श्रीप्रसाद साह, कमलादेवी महतो, बलवीरप्रसाद चौधरी, सत्रुघ्न महतो, रत्नेश्वर गोइत

पिछडिएको क्षेत्र पूर्ण

लालबहादुर थापा र भैरवसुन्दर श्रेष्ठ

वैकल्पिक

मोहन बानियाँ

जनजाति पूर्ण

दलबहादुर राना, सानुकुमार श्रेष्ठ, गोकुल घर्तीमगर, शेरधन राई, ज्ञानबहादुर भुजेल, डम्बरसिंह सभ्बाहाम्फे, पार्वत गुरुङ, लीलानाथ श्रेष्ठ र खगेन्द्र राई

नेपाल समूह

केन्द्रीय सदस्य खुलातर्फ

माधवकुमार नेपाल

सुरेन्द्र पाण्डे

राजेन्द्रप्रसाद पाण्डे

लालबाबु पण्डित

प्रकाश ज्वाला

टंक कार्की

ठाकुर गैरे

विजय पौडेल

अरुण नेपाल

पर्शुमेघी गुरुङ

वेदुराम भुसाल

रघुजी पन्त

गंगालाल तुलाधर

तुलबहादुर गुरुङ

नागेन्द्र चौधरी

सोमप्रसाद पाण्डे

युवराज कार्की

खुल्ला वैकल्पिक

शेरबहादुर केसी

राजबहादुर बुढा

सोभियत ढकाल

प्रकाश शाह

राजन राई

भूगोलतर्फ पूर्ण केन्द्रीय सदस्य

कोसी : जीवन घिमिरे

सगरमाथा : जगन्नाथ खतिवडा

जनकपुर : लक्ष्मण पौडेल

बागमती : पशुपति चौलागाईं

उपत्यका : जीवनराम श्रेष्ठ

नारायणी : विरोध खतिवडा

वैक ल्पिक केन्द्रीय सदस्य

मेची : रविन कोइराला

कोसी : धर्मराज निरौला

जनकपुर : गणेश पहाडी

बागमती : माधव अर्याल

उपत्यकका : सोम मिश्र

नारायणी : कृष्ण खनाल

महिलातर्फ पूर्ण केन्द्रीय सदस्य

रामकुमारी झाँक्री

श्रीमाया थकाली

गौरा प्रसाईं

जयन्ती राई

गरिमा शाह

ममता गिरी

सुशीला नेपाल

सीता गिरी

वैक ल्पिक

रचना खड्का

निरू जैन

मधेसीतर्फ (पूर्ण)

सत्यनारायण यादव, यदुवंश झा र ओली समूहका देवनारायण यादव, जगदीशप्रसाद कुसियतको बराबरी, यीमध्ये तीन छानिने

जनजातितर्फ पूर्ण

शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, बैजनाथ चौधरी थारू

सम्पर्क विभाग

नेपाल समूह

विजय गुरुङ

न्यूज स्रोत : अन्नपूर्ण पोस्ट