Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
विकास समितिको निर्देशनः १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्नू, सडक बत्ति जडान गर्नू

News

विकास समितिको निर्देशनः १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्नू, सडक बत्ति जडान गर्नू

By Dhurba Pokharel

June 09, 2017

२६ जेठ, काठमाडौं । संसदको विकास समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । साथै सडक पेटी नभएको ठाउँमा बनाउन पनि भनेको छ ।

पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २०० रुपैयाँ जरिवाना गर्ने वा ३ घन्टा थुन्ने गरेकोमा ट्राफिक प्रहरीको चर्को आलोचना भइरहेको छ । आवश्यकता अनुसार जेब्रा क्रसिङ नै नभएको र पर्याप्त जनचेतना नजगाई कारबाही थालिएकाले ट्राफिकको आलोचना भएको हो ।

विकास समितिको शुक्रबारको बैठकले उपत्यकाको सडकमा १२० मिटरमा जेब्रा क्रसिङ राख्ने गरी ७ दिनभित्र मापदण्ड बनाउन र २ महिनाभित्र कार्यान्वयन गरिसक्न सडक विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी निर्देशन दिएको छ ।

साथै पैदलयात्रीहरुलाई सडक अनुशासन पालना गरेको कारबाही गर्नुपूर्व पर्याप्त जनचेतना जगाउन भनेको छ । साथै सात दिनभित्र सडक अनुशासन निर्देशका तथा सडक र सडकपेटी प्रयोग गर्ने निर्देशक बनाएर कार्यान्वयन गर्न भनेको छ ।

विकास समितिले ट्राफिक बत्ति पुनः सुचारु गर्ने प्रक्रिया छिटो निष्कर्षमा पुर्‍याउन भनेको छ । यदि यो प्रक्रियाले समय लिने भए आफ्नो स्रोत वा वैकल्पिक व्यवस्थापनबाट ५ महिनाभित्र ट्राफिक बत्ति पुनः सुचारु गर्न निर्देशन दिएको छ ।

संसदको विकास समितिको शुक्रबारको बैठकले ट्राफिक नियम उल्लंघन गरेवापत गरिने जरिवानाको १५ प्रतिशत रकम ट्राफिक प्रहरीलाई नदिन पनि निर्देशन दिएको छ । समितिले यस्तो भत्ता उपलब्ध गराउनुको साटो ट्राफिक प्रहरीलाई जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन विकास समितिले निर्देशन दिएको छ ।

यो समाचार अनलाई खवरमा प्रकासित छ |