Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
कास्की मतदातालाई बिशेष आभार

Articles

कास्की मतदातालाई बिशेष आभार

By Dhurba Pokharel

May 26, 2017

आदरणीय आमा बुबा दिदीबहिनी तथा दाजुभाईहरु हार्दिक आभार

शान्तिपूर्ण र उत्साहपूर्वक स्थानीयतहको पहिलो चरणमा ३४ जिल्लाको २८३ तहमा निर्वाचन सम्पन सगै मतदानको नतिजा सार्वजनिक अन्तिम चरणमा पुगेको छ । ४ गाउँपालिका र एक महानगरपालिका रहेको कास्कीमा निर्वाचनको मत परिणाम सम्पन्न भएको छ । यो निर्वाचनलाई सफल बनाउन सहयोग गर्नुहुने आम मतदातहरु, राजनैतिक दल नेता र कार्यकर्ताहरु, अहोरात्र खट्टीएका कर्मचारी, सुरक्षाकर्मी, सामाजिक संघसंस्था, संचारकर्मी, निर्वाचन पर्यवेक्षक र सरोकारवाला सबै सुभेच्छुक प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

बिगत जस्तै यस पटक पनि कास्की एमालेमय भएको छ । कास्कीका ३ गाउँपालिकामा नेकपा एमाले र एक गाउपलिकामा नेपाली कांग्रेस बिजयी भएका छन् । भने देशकै ठूलो महानगर पोखरा लेखनाथ महानगर पालिकाको प्रमुखमा फराकिलो मत अन्तर सहित एमालेका उमेदवार क. मानबहादुर जी सी मेयर र मञ्जु गुरुङ उपमेयरमा बिजयी हुनुभएको छ । कास्कीमा एमाले उम्मेदवारको रुपमा निर्वाचित हुनु भए तापनि सबै गाउँपलिका बसी र महानगरवासीको साझा प्रमुख र उपप्रमुखका रुपमा स्थापित भई समृद्ध कास्की निर्माण गर्नुहुनेछ भन्ने मेरो बिश्वास हो । विजयीहरुलाई हार्दिक बधाई । जनताको बिश्वासको मतलाई यहाँहरुले सदैब सम्मान गर्नु हुनेछ भन्ने मेरो बिश्वास छ ।

कास्कीको एक जनप्रतिनिधि हुनुको नाताले कास्केली र पोखरेली जनताहरु सँग समृद्धिका सपना साकार बनाउने यहाँहरुका संकल्पमा मेरो साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु । अबको कास्की, पोखरा साच्चिकै समृद्ध हुनेछ । हार्दिक शुभकामना ।

धन्यवाद,

रविन्द्र अधिकारी कास्की, पोखरा