व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७३।५।१५ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।
मिति २०७३।५।१५
छलफल तथा निर्णय ः
समितिको आजको बैठकमा स्थानीय विकासका सन्दर्भमा समितिले हालसम्म दिएका निर्देशनहरुको कार्यप्रगति÷कार्यान्वयनको अवस्था, स्थानीय तहको निर्वाचनको सन्दर्भ र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम परिचालन लगायतका विषयमा छलफल भै देहाय बमोजिम निर्णय भयो ः
1 समितिको यो बैठक संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएकोमा मा० श्री हितराज पाण्डेलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछ । साथै आगामी दिनमा आपसी समन्वयका आधारमा प्रभावकारी कार्य सम्पादन हुनेमा समेत समिति विश्वस्त रहेको छ ।
2 स्थानीय विकासका सन्दर्भमा समितिले हालसम्म दिएका निर्देशनहरुको कार्यान्वयन सन्तोषजनक नै रहेको देखिन्छ । यद्यपी निर्देशनहरुको अझ बढी प्रभावकारी कार्यान्वयन गर्ने÷गराउने तर्फ प्रशस्त ध्यान केन्द्रित गर्न समेत समिति पुनः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देश गर्दछ ।
3 संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने स्थानीय तहको संरचनालाई वैज्ञानिक र स्पष्ट मापदण्डका आधारमा छिटो निक्र्यौल गरी कार्यान्वयनमा लैजानका लागि समिति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देश गर्दछ । साथै स्थानीय तहको निर्वाचनको लागि आवश्यक पर्ने कानुनहरुको तत्काल मस्यौदा गरी संसदमा पेश गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देश गर्दछ ।
4 निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी नियमावली नहँुदा विकास कार्यक्रमहरुको सञ्चालनमा ढिलाई भएकोले छिटो भन्दा छिटो नियमावली तयार गर्न समिति संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देश गर्दछ ।
5 समितिको आगामी बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भयो ।
श्रोत: बिकास समिति