Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
प्रधानमन्त्रीको चीन भ्रमणका उपलब्धिहरू

Articles

प्रधानमन्त्रीको चीन भ्रमणका उपलब्धिहरू

By Dhurba Pokharel

April 11, 2016

देशभित्र विकसित पछिल्ला राजनीतिक घटनाक्रमका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छिमेकी मुलुक चीनको भ्रमण स्वाभाविक रूपमा आम चासोको विषय बन्यो । चैत ७ गते सुरु भएको सप्ताहव्यापी राजकीय भ्रमण सकेर प्रधानमन्त्री नेपाल फर्केपछि भ्रमणका सम्बन्धमा उत्साहप्रद ढङ्गले छलफल भइरहेका छन् । चीनबाट प्रधानमन्त्रीले के कोसेली ल्याए ? भन्ने हिसाबका पुरातन छलफल पनि गरिएको छ । कतिपयले उधारो सम्झौताका रूपमा व्याख्या गर्दै कार्यान्वयन हुन नसक्ने खालका टिप्पणी गरेका छन् । नेपालको इतिहासमा सरकार प्रमुखले गरेका भ्रमणहरूमध्ये यो ऐतिहासिक हो । यसको ऐतिहासिकतालाई कसैले नकार्न सक्दैन । अहिलेको भ्रमण मुख्यतः विकास र व्यापारस“ग सम्बन्धित थियो । प्रधानमन्त्री भएपछि पहिलो चीन भ्रमणमा निस्कनुभएका ओलीलाई चैत ८ गते गे्रट हल अफ द पिपुल्समा चिनिया“ समकक्षी ली खछ्याङले एक भव्य समारोहबीच स्वागत गर्नुभयो । नेपाली प्रधानमन्त्रीको सम्मानमा २१ तोपको सलामी दिइयो । करिब ४५ मिनेट दुवै देशको हितमा केन्द्रीकृत भएर वार्ता गरियो । वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा मात्र छलफल भएन, दुवै देशको हितमा हुने गरी नेपाल र चीनबीच पारवहनलगायत महŒवपूर्ण विषयमा सम्झौता भए । चैत ८ गते अपराह्न प्रधानमन्त्री ओलीले बेइजिङस्थित गे्रट हल अफ दि पिपुलमा चीनका राष्ट्रपति सी जिन पिङस“ग भेटवार्ता गर्नुभयो । चीनका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीचको भेट महŒवपूर्ण र ऐतिहासिक बन्यो भन्ने कुरा त्यसपछि भएको १० बु“दे सम्झौता र १५ बु“दे संयुक्त वक्तव्यबाट प्रस्ट बुझ्न सकिन्छ । यसर्थ, प्रधानमन्त्री केपी शर्मा ओलीको यो भ्रमण सा“च्चिकै ऐतिहासिक भएको छ र भ्रमणमा भएका सहमति र सम्झौताले नेपाल–चीन सम्बन्धले ऐतिहासिक फड्को नै मारेको छ । अब हामीले भ्रमणका उपलब्धिहरूलाई आत्मसात् गरेर विकास र समृद्धितर्फ आफ्नो गन्तव्य पहिल्याउनुपर्ने ठूलो चुनौती छ । नया“ संविधान जारी भएपछि देशमा ठूलो असहज परिस्थिति बन्यो । संविधानप्रति देशभित्र नै केही असन्तुष्टिहरू थिए र छन् । तर, चीनले नेपालको संविधानलाई पूर्ण स्वागत गर्दै राजनीतिक स्थिरता र आर्थिक विकासमा केन्द्रित रहन सार्वजनिक रूपमै शुभकामना दियो । नेपालको दुःखसुख र विकासमा आफ्नो साथ रहने उल्लेख गर्दै आर्थिक उन्नतिको दिशामा द्रुत गतिमा अघि बढ्न आग्रहसमेत गरेको छ । नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता पुनः दोहो¥याएको छ । आफ्नो भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने विश्वास पनि दिलाएको छ । दुई देशबीच सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता सम्झौता अघि बढाउने र दुवै देशले एकअर्काको भौगोलिक अखण्डता, स्वाधीनता र सार्वभौमिकताप्रति सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्भावनाको नया“ ढोका पारवहन सम्झौता भनिरहनुपर्दैन, चीनस“ग नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएयताकै सर्वाधिक महŒवपूर्ण अध्यायका रूपमा यो भ्रमण अङ्कित भएको छ । टङ्कप्रसाद आचार्य, बीपी कोइराला हु“दै बितेका सात दशकमा आफ्ना कुनै पनि पूर्ववर्तीले गर्न नसकेको काम प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक गर्न समर्थ हुनुभएको छ । नेपालका लागि पहिलोपटक भारतीय मार्गका अतिरिक्त चीनबाट समेत विश्वस“ग जोडिने समुद्री मार्ग खोल्ने सम्झौता भएको छ । नेपाल भूपरिवेष्टित रहिआएकोमा चीनस“ग भएको पारवहन सम्झौतालाई यस अर्थमा युगान्तकारी र महŒवपूर्ण मान्नैपर्छ । नेपालले पाउने अधिकार माग्ने आ“ट नगरेको वा भौगोलिक कारण भन्दै विगतमा सरकार चुप लागेर बसेको समयमा वर्तमान सरकारले गरेको पारवहन तथा यातायात सम्झौताले नया“ ढोका खोलेको छ । तत्कालका लागि कुनै लाभ नदेखिए पनि यसले मुलुकको विकास र स्वाधीनताका लागि दीर्घकालीन अधिकार तयार पारेको छ । चीनको भूभागमा रहेको कुनै निश्चित सामुद्रिक बन्दरगाहलाई पनि नेपालले प्रयोग गर्न पाउने तथा नेपालले चीनबाहेक तेस्रो मुलुकस“ग गर्ने व्यापारिक कारोबार प्रयोजनका लागि चिनिया“ भूमिबाट सामान ओसारपसार गर्न पाउने अधिकार पाएको छ । नेपाल चीन व्यापारका लागि अर्को महŒवपूर्ण नाका हिल्सा हो । त्यहा“ पुलको अभावमा हामीले सहज व्यापार गर्न पाएका थिएनौं । प्रधानमन्त्रीको यही भ्रमणका दौरानमा चीन सरकारले हिल्सामा पुल बनाइदिने गरी सम्झौता भएको छ । नेपालले प्रयोग गर्नसक्ने चीनको सामुद्रिक बन्दरगाह क्वाङचौउ (ग्वाङजाउ) र साङ्घाई हुन् । चीनले सन् २०२० भित्र केरुङसम्म रेल पु¥याउने घोषणा गरिसकेको छ । चिनिया“ रेलवे सेवामार्फत नेपालले दक्षिण कोरिया, जापान, पाकिस्तान, मङ्गोलिया र रुस, काजकिस्तानलगायत युरोपेली मुलुकस“ग व्यापार गर्नसक्छ । रुस, काजकिस्तान, पाकिस्तान र मङ्गोलियालगायतका मुलुकस“ग चीनले पेट्रोलियम पाइपलाइनको सञ्जाल स्थापना गरिसकेको छ । यो पाइपलाइनलाई पनि नेपालले भरपुर उपयोग गर्न सक्छ । चीनले भन्दै गरेको रेशमी मार्ग (सिल्क रोड) को आर्थिक क्रियाकलाप पनि चीनको पश्चिमी क्षेत्रबाट हु“दै नेपालसम्म पुगेको ऐतिहासिक तथ्यले पुष्टि गर्दछ । यस हिसाबले पनि ऐतिहासिक रेशमी मार्गमार्फत हुने व्यापारिक कारोबारलाई प्रयोग गर्न पनि पारवहन सम्झौता आवश्यक थियो ।

दीर्घकालीन महत्वपूर्ण समझदारी प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच १० बु“दे समझदारी र १५ बु“दे साझा विज्ञप्ति जारी भएका छन्, जसले नेपालको आर्थिक पूर्वाधार विकास र व्यापारका लागि अत्यन्तै महŒव राख्छन् । प्रभावकारी कार्यान्वयनविना समझदारीले मात्र केही पनि उपलब्धि प्राप्त हुन सक्दैन । नेपाल–चीन–भारत त्रिपक्षीय सहकार्यविना नेपालले छिमेकीहरूबाट असजिलो पीडा मात्र पाउने कुरा इतिहास बोल्छ । यस भ्रमणमा राष्ट्रपति सी जिन पिङले जोड दिनुभएको त्रिदेशीय सहकार्य ज्यादै महŒवपूर्ण कुरा हो । आजभन्दा २० वर्षअघिसम्म सामान्य व्यापार भएको चीन र भारतबीच आज ३ खर्बको व्यापार छ । दुवै देश आर्थिक महाशक्तिका रूपमा अगाडि बढ्दै छन् । अब नेपालले भारत र चीनको बीचमा सहकार्य गर्नु आवश्यक छ । भारत र चीनबीचको व्यापारको विकासले उनीहरूलाई धेरै नजिक बनाएको छ, जसलाई ५० वर्ष पुरानो आ“खाबाट हेर्नु सरासर गलत हुनेछ । त्यसकारण, नेपालले भारत र चीन दुवैको हित हुने गरी चीन–नेपाल–भारतको त्रिदेशीय सहकार्यबाट बढी लाभ लिनसक्छ । भारतलाई पनि नेपाल एउटा महŒवपूर्ण माध्यम हुनेछ र त्रिदेशीय सहकार्य सबैका लागि राम्रो अवसर हुनेछ । केरुङबाट काठमाडौं–पोखरा–लुम्बिनी रेलसेवा उत्तिकै महŒवपूर्ण छ, जसका माध्यमबाट हामीले पारवहन सुविधा भरपुर उपयोग गर्न सक्नेछौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण सम्झौता, नेपालमा चिनिया“ बैङ्कको शाखा खोल्ने सम्झौता, नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययनमा चीनले सहयोग गर्ने समझदारी, अन्तरदेशीय विद्युत्् सञ्जाल ग्रिड जोड्ने समझदारी र हिल्सामा चीनले पुल बनाइदिने सम्झौता आफैंमा ऐतिहासिक छन् ।

अन्तरदेशीय ग्रिडले विद्युत्् व्यापारलाई सहज बनाउ“छ र विद्युत्् व्यापारको सुनिश्चितता गरेको छ । रेलवे विस्तारले कनेक्टिभिटी बढाउनेछ अर्थात् दुई देशलाई राम्रोस“ग जोड्नेछ र तेस्रो देशमा पुग्ने बाटो पनि खोल्नेछ । किमाथाङ्का–खा“दबारी–धनकुटा सडक अर्को महŒवपूर्ण विषय हो । नेपाल र चीनबीचमा जम्मा ६ वटा नाका सञ्चालनमा छन् भने नौवटा हुलाकी नाका छन् । चीनले नेपालस“गको कनेक्टिभिटी विस्तार गर्न नाका खोल्ने, व्यवस्थित गर्ने र नाकामा पूर्वाधार तयार पार्ने कुरालाई अगाडि बढाएको छ, जुन नेपाली जनताको आशा र अपेक्षाको विषय हो । यो हिमाली, पहाडी र तराईको सन्तुलित विकासस“ग जोडिएको प्रश्न पनि हो । ४ सय केभी सीमापार ट्रान्समिसन लाइन परियोजना र नाकामा भौतिक पूर्वाधारस“गै ग्रिनबेल्ट निर्माण गर्ने लगायत दूरगामी कार्यक्रमको चीनले प्रस्ताव गरेको छ । ४ सय ३४ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्ने, इन्धन भण्डारणमा सघाउने र इन्धन आयातका लागि चा“डै सम्झौता गर्ने, पोखरा–युसु, भक्तपुर–सानन र काठमाडौं–चन्दुलाई एकआपसमा भगिनी सहर बनाउने, गोन्जाओ र छेन्दुमा महावाणिज्य दूतावास राख्ने, सिचुवान, युनान, क्वाङ्छीलगायत राज्यले नेपालमा आफ्नै तरिकाले सहयोग र सहकार्य गर्नसक्ने, नेपालले ‘वान बेल्ट वान रोड’ रणनीतिमा सक्रिय सहभागिता जनाउनेजस्ता विषयमा सहमति भएका छन् । यसबाट नेपाल र चीनबीचको सम्बन्ध बलियो हुने मात्र होइन, नेपाललगायत अन्य छिमेकी मुलुकहरूले व्यापार विकासको लाभ लिन सक्नेछन् । यसपटकका समझदारीहरू दुई देशको हितमा मात्रै होइन, क्षेत्रीय हिततर्फ पनि लक्षित छन् भन्ने बुझ्न गाह्रो छैन । यतिबेला निकै चर्चामा रहेको बहुप्रतीक्षित इन्धन सम्झौता हुन सकेन । यातायात, ढुवानी र मूल्यको समस्या तथा भारत आयल कर्पोरेसनस“गको सहमति र यसका लागि थप समझदारी खोज्नुपर्ने कारणले पनि इन्धन सम्झौता हुन सकेन, तर भविष्यमा आवश्यक समझदारी र भौतिक आधार तयार पारेर यो सम्झौता हुने कुरामा विश्वास गर्ने आधार तयार भएको छ ।नेपालको कूटनीतिक परीक्षा नेपाल र चीनबीच भएका सम्झौता र समझदारीपछि अनेकन् कोणबाट प्रश्न र आशङ्का पनि उठाउन खोजिएको छ । कतै यही निहु“ बनाएर भारतले फेरि नाकाबन्दी त गर्ने होइन ? भारत रिसायो भने त गाह्रो हुन्छ । यस्ता कुराहरू यत्रतत्र सुन्न पाइन्छ । नेपालले चीनस“गको सम्बन्ध विकास गर्दा भारतलाई अस्वीकार गरेको होइन । नेपाल र भारतबीचको सम्बन्ध इतिहासदेखि नै बलियो छ । नेपाल र भारत सम्बन्धको यथार्थलाई कसैले पनि उपेक्षा गर्न सक्दैन । नेपाल आफ्नो अवस्थिति, धर्म, संस्कृति र सभ्यताका हिसाबले जताततै परस्परमा बा“धिएको छ । तर, नेपाल कुनै एक देशस“ग मात्र बा“धिएर बस्न सक्दैन । भारतीय नाकाबन्दीको पीडा भनी साध्य छैन । जसका कारणले नेपाली जनमतमा पनि बदलाव आएको हो । र, यो २१औं शताब्दीको यथार्थ पनि हो । सबैलाई थाहा छ, २० भन्दा बढी भारतीय नाका र बाटो नेपालले प्रयोग गर्दछ । ८० प्रतिशतभन्दा बढी व्यापार भारतस“ग हुन्छ । रोटीबेटीको सम्बन्ध छ । गहिरो व्यापार र आर्थिक सम्बन्ध छ, तर एउटा स्वतन्त्र मुलुकले पाउनुपर्ने अधिकार कुण्ठित हु“दा कुनै पनि स्वाभिमानी मुलुक चुप लागेर बस्न सक्दैन । यो यथार्थ बुझ्न भारतले ढिलो गर्नुहु“दैन । एक्काइसौं शताब्दीअनुरूप स्वतन्त्र राष्ट्रका रूपमा अघि बढ्न चाहने नेपाली जनताको चाहनालाई सम्मान गर्न नसक्दा र परिवर्तित सन्दर्भ बुझ्न नसक्दा नेपाल भारतबीच खटपट हुने गर्छ । यसपटक प्रधानमन्त्रीको भारत र चीन भ्रमणले असली यथार्थलाई उभ्याइदिएका छन् । यस हिसाबबाट भन्नुपर्दा नेपाल–चीन सम्बन्ध र नेपाल–भारत सम्बन्ध नया“ चरणमा प्रवेश गरेका छन् । जसअनुसार नेपालले आफूलाई कूटनीतिक रूपमा परिपक्व र प्रभावकारी भएर व्यवहार विकास गर्नु आवश्यक छ । हाम्रो सम्बन्धमा पुराना रटान अब काम लाग्दैनन् । नया“ अवस्थामा नया“ सम्बन्ध समयको माग हो । आपसी हित र सहयोगमा आधारित हाम्रा सम्बन्धले मात्र हामीलाई अगाडि बढाउन मद्दत गर्छन् । छिमेकीका अपेक्षा बुझ्न नसक्ने र त्यसअनुरूप आफूलाई अगाडि बढाउन नसक्ने मुलुक अन्तर्राष्ट्रिय रङ्गमञ्चमा कमजोर बन्दै जानु स्वाभाविक छ । त्यसकारण, भारत र चीनस“गको नेपालको सम्बन्धलाई बलियो र विशेष बनाउन नेपाल, भारत र चीनको सहकार्य आवश्यक छ र नेपालको कूटनीतिक परिपक्वता पनि अति आवश्यक छ । दुई देशको भ्रमणपछि छिमेकीस“गको सम्बन्धको नया“ युग सुरु भएको छ । नया“ अवस्थामा वैदेशिक मामिला, छिमेकीस“गको सम्बन्धलाई सुमधुर बनाउनु नेपालको मुख्य चुनौती हो । यो नेपालका लागि कठिन कूटनीतिक परीक्षाको घडी पनि हो । यो परीक्षामा नेपालले सफलता पाउनैपर्दछ । त्यसका लागि बृहत् राष्ट्रिय एकता र साहसको खा“चो छ ।

अन्त्यमा, आजभन्दा ५० वर्षअगाडिसम्म एसियाको सुतेको बिरामी बाघजस्तो संज्ञाले चिनिएको चीन, आज विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक, सर्वाधिक विकास गरेको मुलुक र कहिल्यै बिरामी नपर्ने मुलुकका रूपमा चिनिएको छ । आज चीनले विश्वस“ग जुन सम्बन्ध विकास गरेको छ, त्यो विचारधारामा मात्र सीमित नभएर व्यापार र विकासले समेत निर्देशित गरेको छ । अबको दुनिया“मा कुनै पनि मुलुकको विदेश नीति उसको राष्ट्रिय स्वार्थका आधारमा तय गरिनुपर्छ । नेपाल र चीन, नेपाल र भारत अनि नेपाल–भारत–चीनको सम्बन्ध पनि आ–आफ्ना राष्ट्रिय स्वार्थ, आपसी सहयोग विकास र विश्वासमा आधारित हुनुपर्छ र हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई पनि त्यही रूपमा बुझ्नुपर्छ र हाम्रा छिमेकीस“गको सम्बन्धलाई पनि त्यही गतिशीलतामा अगाडि बढाउनुपर्छ । हाम्रो पार्टी नेकपा (एमाले)ले नेतृत्व गरेको सरकार र पार्टी अध्यक्ष प्रधानमन्त्री भएर प्राप्त मुलुकले गरेको उपलब्धिलाई ठीक ढङ्गले जनताको बीचमा लैजानु पार्टीका नेता कार्यकर्ताहरूको दायित्व हो । ऐतिहासिक उपलब्धिहरूले राष्ट्र, जनता र पार्टीको प्रतिष्ठालाई उ“चो बनाएको छ । यसलाई अझ उ“चो बनाउने जिम्मेवारी हाम्रै का“धमा छ ।

नवयुग, चैत अंकमा प्रकाशित लेख –२०७२