Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: getimagesize(http://rabindraadhikari.com/demo/wp-content/uploads/bidya-rabindra.jpg): failed to open stream: HTTP request failed! HTTP/1.1 404 Not Found in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 928

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
पोलिटिक्स र प्रेम !

Interviews

पोलिटिक्स र प्रेम !

By Krishna

June 23, 2013

जीबन संगी रवीन्द्र अधिकारी कास्कीका, बिद्या भट्टराई काठमाडौँकी । दुवै बिद्यार्थी राजनीतिका सक्रिय योद्धा। दुवै अनेरास्ववियुमा आबद्ध । प्रसङ्ग २०४९ सालको हो । रवीन्द्र पृथ्वी नारायण क्याम्पस स्ववियु सभापतिमा उठेका थिए भने विद्या पदमकन्या क्याम्पस स्ववियु सभापति उठेकी । मैले जिते उनि हारिन् रबिन्द्र सम्झन्छन् , त्यति बेला हाम्रो सामान्य चिनजानमात्रै थियो । त्यसको एक वर्ष पछि रवीन्द्र अनेरास्ववियुको केन्द्रिय कोषाध्यक्ष भएर काठमाडौँमा काम गर्न थाले ।अनिमात्रै विद्या संग उनको भेटघाट हुन थाल्यो । भेटघाट संगै एकअर्काप्रतिको आकर्षण पनि बढ्दै गयो । उनका समूहका साथीभाइले भन्न थाले, रवीन्द्र विद्याको जोडी असाध्यै राम्रो छ है । त्यो सुनेपछि उनीहरुलाई पनि हो कि जस्तो लाग्न थाल्यो । हामीबीच चौपट्टै प्रेम भएको पनि होइन सुरुका दिन सम्झदै रवीन्द्र भन्छन् साथीहरुका साथले हामि बीच निकटता बढ्दै गयो ।

यो जोडिले २०५६ साल असार २६ गते अदालति बिबाह गर्यो भोली पल्ट सबै इष्ट मित्र र साथी र साथी भाई बोलाएर दुबैले एक आपसमा माला लगाएर पुन: बिबाह गरे । उहाँले मलाई औंठी पनि लगाइदिनु भएको थियो । तर मैले माला मात्र लगाएको थिएं । बिबाहको क्षण सम्झदै बिद्या भन्छिन सिन्दूर पोते लगाइएन । त्यसो भन्दैमा जनबादी बिबाहको नाममा भाषणको ढोंग पनि आफुहरुले नगरेको रबिन्द्र बताउछ्न । मेरो ठुलो बुवा र उनको बुवाले मैंन बत्ती बाल्नु भो अनि बिबाह भैहाल्यो। बिबाह पछि कहिले कांही पोते लगाए पनि सिन्दूर लगाएको भने सम्झना छैन बिद्या लाई । रबिन्द्रको परिबार पनि राजनीति बुझेको । त्यसैले बिद्याको राजनितिक यात्रामा कुनै रोकाबट भएन । हूनत अधिकांश परिबारमा रीतिरिवाज र संस्कार पछ्याउने सन्दर्भमा महिला नै बढि सम्बेदनशील हुन्छन ।तर सासू स्वम् नै अनाबश्यक संस्कारको बिपक्षमा भएकोले बिद्यालाई नयाँ परिबारमा एडजस्ट हुन कुनै समस्या परेन । बिहेको भोली पल्टनै उनिहरु गाउ गएका थिए । त्यहा परिबारको जेठो छोराको बिबाह्को धोको पूरा गर्न सबैले रत्यौली खेलेर रमाइलो पनि गरेका थिए । बिहेपछि कहिले काठमांडौ कहिले पोखरा बाहेक अन्त घुम्न जाने फुर्सद यी जोडीले पाएका छैनन ।

राजनितिमा लागेर पढ़ाई र करियर बनाउन नसक्ने देखेपछि बिद्याले बिबाह अ घिनै अखिल छाडिन। बिबाह ताका स्नातकोत्तर तहमा अध्ययन गर्दै गरेकी बिद्याले पढ़ाई सकेर कलेज पढाउन थालीन । हाल रत्नराज्य क्याम्पसमा समाजशास्त्र पढाउनुका साथै बियोंड बेइजिंग कमिटीमा संयोजक छिन । बिबाहपछि आफ्नो गृहस्थी अगाडी बढाउन परिबारको साथ मिलेका कारणले आर्थिक रुपमा कुनै समस्या नपरेको बिद्या बताउछिन। बिबाह पश्चात धेरैले आफ्नी पत्नीलाई राजनितिक जिबनमा निष्क्रिय बनाएको आरोप रबिन्द्रलाइ लगाए । तर कामको छनोट गर्ने सन्दर्भमा आफुले कहिले पनि कुनै नदिएको रबिन्द्रको भनाई छ ।पतिसंग सहमत हुदै बिद्या भन्छिन पहिचानको कुरा पनि हो ,अहिले म जहां छू त्यसमा सन्तुष्ट पनि छू ।

बिबाहको डेढबर्षपछि उनीहरुको पहिलो सन्तान बिराजको जन्म भयो । छोराको न्वारन गरेर यी दम्पतिले नाम भने जुराएका हैनन ।छोरा पाएको खुसियालीमा जम्मा भएका साथी भाईबाट सय भन्दा बढ़ी नाम जुरेपछि ती मध्यबाट बिराज छानिएको थियो | दोश्रो छोराको चाही गाउबाट बुवा आमा नै आएर न्वारन गरिदिएका थिए । दाजुको नाममा रहेको पछाडिको राज मिलाउन उनको नाम स्वराज राखिएको थियो । कान्छो छोराको न्वारन गरेको समेत थाहा नपाएका रबिन्द्र कुराकानी कै क्रममा अचम्म मान्दै भन्छन- ए हो र ! मलाई त साच्ची अहिले पो थाहा भयो । आफ्नो छोराको न्वारन नै भए-नभएको सम्झना नराख्ने बाबुलाई रितिरिबाज प्रति कुनै बिश्वास छैन त ? जिज्ञासा मेटाउदै रबिन्द्र भन्छन- संस्कृतिलाई म मान्छु तर अन्ध बिश्वास मान्दिन । कति संस्कृति हो कति अन्ध बिश्वास हो सकेका छैनौं । कुन संस्कृति अपनाउने अनि कुन कुन अन्धबिश्वास छाड़ने भन्ने आजको चुनौती हो ।

घरमा जन्म दिन र बिबाह बार्षिकउत्सब मनाउने चलन छैन । रबिन्द्रको जन्म दिन परेको बेलामा उनकी आमाले गाउँमा बत्ती बालिदिन्छिन तर यहाँ उनी स्वयमलाई भोलिपल्ट बेलुकी मात्रै आफ्नो जन्म दिनको सम्झना हुन्छ । हिजो आज ठुलो छोराले भने आमाबाबूको जन्म दिनको बेलामा कहिले कांही सरप्राइज गीफ्ट दिने गरेका छन । एक अर्काले भने उपहार पनि आदान प्रदान गर्न जानेका छैनन । धेरै पहिले हाल्फ स्वीटर ल्याइदिएकी थिईन- रबिन्द्र सम्झंछ्न । बिद्या पनि आफुलाई दिएको उपहार सम्झदै भन्छिन- मलाई पनि एउटा ज्याकेट ल्याइदिनु भएको थियो । अन्य समयमा फुर्सद पनि त्यति नहुने भएकोले दुबैले आ आफ्नो आबश्यकता अनुसार सामान किन्ने गरेका छन । बिदेश तिर गएका बेला पनी उनी सबैलाई चकलेट मात्रै ल्याउछ्न । अन्य उपहार कसैलाई केही ल्याउदैनन |।सामान ल्याउने बानी नभएकाले बिद्याले पनि कुनै उपहारको आशा गर्दिनन ।

राजनितिमा लागेका पति भएपनि घर परीबारलाई पर्याप्त समय नदिएको बिषयमा कहिल्यै गुनासो रहेन ।कसले कसलाई समय दिएन भनेर हिसाब निकाल्नु पर्ने हुन्छ । त्यों फुर्सद नै हुन्न – रबिन्द्र भन्छन । दुबै आ आफ्नो काममा रमाएका छन । भने दुबैको बिचमा राम्रो सम्बन्ध हुन्छ भन्ने हाम्रो मान्यता हो । ठुलो छोरा जन्मदा बिद्या त्यति ब्यस्त थिईनन । रबिन्द्रकी आमा र बिद्याले बिराजलाइ हुर्काए पनि बेलाबेलामा छोरालाई घुमाउन लैजाने काम रबिन्द्र स्वयंले गर्थे । तर सानो छोरा जन्मदा बिद्या दिनमा १२ घन्टा भन्दा बढ़ी ब्यस्त रहन्थिन । त्यसैले कान्छो छोराको जिम्मेबारी रबिन्द्रले नै सम्हालेका हुन । ठुलो होस्टलमै बस्छ भने सानो अधिकांश समय स्कुलमै हुने भएकोले बच्चा पढाउने समय भने उनीहरुलाई निकाल्नु पर्दैन ।

खानामा त्यति सौखिन छैनन रबिन्द्र । हनत उनी बिद्यालाई पारंगत कुकको दर्जामा राख्दैनन । तर उनले पकाएको सबै कुरा मिठो लाग्ने भएकोले जे दिए पनि खाइदिन्छ्न ।उनले आफ्नो बिद्यार्थी जीबन होस्टेलमै बसेर बिताए । त्यस पछि बिबाह भैहाल्यो । त्यसैले खाना पकाउनु पर्ने बाध्यता कहिले नपरे पनि कहिलेकांही मासु खीर जस्ता परिकार भने पकाउछन । थोरै दुधमा पनि उहाँ चिया मिठो बनाउनु हुन्छ – बिद्या पतीको प्रसंशा गर्छिन । दुबैलाई खानामा दुई तिन दिन आइटम भए पुगिहाल्छ ।कहिलेकाही मिठो नै खान मन लागे बरु कतै रेस्टुरामा गएर खाने गर्छन । राजनितिक बिषय बस्तु र त्यसका कारणले हुने तनाबलाई घरमा ल्याउने रबिन्द्रको बानी छैन । कहिलेकाही परिबार ब्यबस्थापन कै बिषयमा दुबैमा ठाकठुक पर्छ । रबिन्द्रनै पहिले रिसाउछन । म रिसाए उ चुप ,उ रिसाय म चुप । हाम्रो ठाकठुक बढिमा एक घन्टा सम्म पनि टिक्दैन- रबिन्द्र भन्छन । सहमति जनाउदै बिद्या भन्छिन- यस्तो गरिनस भनेर भन्ने हुदैन ,यस्तो गर्नु पर्ने भनेर घुर्क्याउने मात्रै हुन्छ ।

राजनीति बुझेकी पत्नी भएकोले यसमा अझै समय बढ़ि खर्चिन सहयोग मिलेको स्विकार्छ्न रबिन्द्र । राती १/२ बजे सम्म पुस्तक पढने र लेख्ने रबिन्द्रको बानी छ । एकताका त संगै त छौं तर कहाँ हो कहाँ जस्तो पनि लाग्थ्यो – पतिको बानी सम्झदै बिद्या भन्छिन । तर यी सबै उनका क्रियाकलाप र ब्यस्तता बिद्याले राम्ररी बुझेकी छिन ।त्यसैले दाम्पत्य जिबनमा कुनै समस्या आएको छैन । सकेसम्म आफ्ना इच्छा आफैले पूरा गर्नु पर्छ भन्ने लाग्छ बिद्यालाई । त्यसै गरी सकेसम्म आफ्नै कमाइले परिबारका अरुलाई पनि सहयोग गरौं भन्ने लाग्छ उनलाई । त्यसैले पतिको कमाईमा रमाउने वा गुनासो गर्ने काम कहिल्यै गरिनन ।

रबिन्द्र बिबाह जीबन यात्रालाई बलियो बनाउने माध्यमको संज्ञा दिन्छ्न र अन्तत: पति पत्नी नजिक कोही हुदैनन भन्ने उनको अनुभब छ । एक अर्कालाई बुझेर एक अर्काको सह अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ़न सकेको खण्डमा बिबाह सफल हुने बिद्याको बुझाई छ । दाम्पत्य जिबनमा एउटा अर्कोमा रूपान्तरित हुनुपर्छ अनि मात्रै सफल दाम्पत्यको कल्पना गर्न सकिन्छ ,- रबिन्द्रको सुझाब छ ।

(एमाले नेता रबिन्द्र अधिकारी र जीबनसाथी बिद्या भट्टराई संग अन्नपूर्ण पोस्टको(शैली) अन्तर्गत जीबनसंगी स्तम्भको लागी रामकला खडकाको प्रस्तुति २०६९-पौष -२६ गते प्रकाशित छ ।)