Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
रातो किताबबाट यसरी फालिन्छन् विकास योजना

Articles

रातो किताबबाट यसरी फालिन्छन् विकास योजना

By Dhurba Pokharel

February 10, 2015

रवीन्द्र अधिकारी (सभासद एवं विकास समिति सभापति)

राजनीति केका लागि गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो । राजनीति प्रवजातन्त्रका लागि, अधिकारका लागि, लोकतन्त्रका लागि भनेर हामीले लामो यात्रा पार गरिरहेका छौं । अब राजनीति मुलुकको सम्वृद्धिका लागि, विकासका लागि हुनुपर्छ । कुरा गरेरमात्रै भएन, कामबाट नै हुनुपर्दछ । अबको राजनीति सम्वृद्धि र विकासको दिशातर्फ गएन भने राजनीतिप्रति धेरैको वितृष्णाको कारण यही हुन्छ ।

हाम्रा नेताहरु अहिले पनि पुरानै नाच नाचिरहेका छन् । युद्ध भन्यो भने, क्रान्ति भन्यो भने, परिवर्तन, लोकतन्त्र, प्रजातन्त्रका लागि जेल त्याग, बलिदान भन्यो भने गज्जप र भयंकर भइरहेको छ भन्ने ठान्छन् ।

तर, आजको जेनेरेशनलाई विकास चाहिएको छ । अब मुलुक बदल्ने हो भने विकास गर्नुपर्छ । हामी वामपन्थीहरुले ध्यान दिनुपर्ने के हो भने यो विकास जनतासम्म पुग्ने किसिमको हुनुपर्छ । सामाजिक न्याय स्थापित भएको विकास हुनुपर्छ ।

पुरानो जेनेरेसशनका नेताहरुको समस्या के छ भने विकास भन्ने, भाषण गर्ने, तर विकास भनेको के हो, थाहै छैन । कसरी गर्ने हो विकास भन्ने पनि थाहा छैन । अनि त्यत्तिकै भनिदिने कि म यस्तो बनाउँछु, उस्तो बनाउँछु, सिंगापुरजस्तो बनाउँछु । तर, हाम्रा नेताहरुलाई सोध्नोस् हाम्रा विकासका अवरोधहरु केके हुन् ? उनीहरुले छिचोलेर उत्तर दिन सक्दैनन् ।

विभिन्न १२ वटा ठाउँबाट योजनाका कामहरु हुन्छन् । जस्तै- पहिले वडा अथवा गाउँ भेला हुन्छ । भेलाले हामीकहाँ यो यो योजना चाहियो भन्ने माग गर्छ । त्यो भेलाबाट योजना पास हुन्छ ।

त्यो योजना गाविस र नगरपालिकामा आउँछ । ती योजनाहरु गाउँ परिषद वा नगरपरिषदबाट पास हुन्छन् । अहिले माघमा धमाधम गाउँ र नगरपरिषदबाट योजना बनाएर इलाका र जिल्लामा पठाउने समय हो ।

गाउँ परिषद र नगर परिषदले ती योजनालाई प्राथमिकता तोकेर पास गरेपछि ती योजना इलाका परिषदमा जान्छन् ।

इलाकाबाट ती योजनाहरु जिल्ला परिषदमा जान्छन् । जिल्ला परिषदबाट ती पास हुन्छन् । ती पास भएका योजनाहरु कुन हुन् त भनेर जिल्लाका सम्बन्धित कार्यालयले हेर्छ । जस्तो सडक भनेको छ भने सडक कार्यालयले हेर्नुपर्‍यो, कृषि भनेको छ भने कृषि कार्यालयले हेर्नुपर्‍यो । ती जिल्लास्थित सरकारी कार्यालयले फिल्डमा गएर स्टडी गरिसकेपछि त्यसको लागत यतिसम्म लाग्छ भनेर अध्ययनसहित सम्बन्धित क्षेत्रीय कार्यालयहरुमा पठाउँछन् । क्षेत्रले त्यसमा अलिकति काटछाँट गरेर सम्बन्धित मन्त्रालयका विभागमा पठाउँछन् । त्यसपछि सबैभन्दा पावरफूल विभाग हुन्छ ।

त्यो विभागले नै के गर्छ भने तलबाट आएका २०/२५ प्रतिशत योजनाहरु हटाएर आफ्ना हाल्छ । केही कर्मचारीले हाल्छन्, केही नेताले हाल्छन् ।

त्यसपछि विभागबाट त्यो योजना मन्त्रालयमा जान्छ । मन्त्रालयको सम्बिन्धत शाखाले त्यसलाई बनाउँछ । अनि त्यो राष्ट्रिय योजना आयोगमा जान्छ । अनि सिलिङका लागि अर्थ मन्त्रालयमा जान्छ । अर्थमन्त्रालयमा पुगेपछि जब रातो किताब छापिने बेला हुन्छ, त्यसबेला ती जम्मै योजनाहरु फालिन्छन् र खल्तीका, मन्त्रीका योजनाहरु पर्छन् ।

तपाईले एकपटक सर्बे गरेर हेर्नोस्, त्यो रातो किताबमा भएका योजनाहरु म दाबाका साथ भन्छु, ६० प्रतिशत योजनाहरु सर्बे, डिजाइन, केही पनि नभएका पर्छन् । तलबाट बनाइएको योजना त नाटकजस्तो मात्रै हो ।

रातो कितावमा नेताका योजना पनि पहुँचवालाका मात्रै पर्छन् । नेताका भन्दा पनि कर्मचारीका योजना पर्छन् । कतिपय सचिवहरु आफ्नो जिल्लाका माननीयभन्दा पावरफूल यही कारणले देखिएका हुन् । यो प्रक्रियाबाट आइरहेको छ नेपालको विकास ।

तलैबाट यसरी हुन्छ चलखेल

अहिले पनि कयौं गाविसहरुमा नक्कली गाउँ परिषद गरिन्छ । मधेस र कर्णलीका कतिपय जिल्ला परिषद नै काठमाडौंमा बसेर गरिन्छ । परिषद नै काठमाडौंमै हुन्छ । सहीमात्रै गर्ने हो, जुन सिधै काठमाडौंमा बसेर गर्छन् । बजेट बाँडफाँड र फार फराक यहीँ काठमाडौंमा बसेर गरिदिन्छन् ।

त्यसकारण यो विकासको मोडल नै नेपालमा असफल भइसकेको छ । हामीले विकासको नयाँ मोडल ल्याउनुपर्छ ।

नेपालमा विकास योजनाका समस्या

विकासका लागि हामीकहाँ पैसाको अभाव छैन । नियम कानूनमा अवरोधहरु छन् भने त्यसलाई बदल्ने कसले ? हामीले नै हो । राजनीतिज्ञले गर्ने के हो ? जेजे अवरोध छ, त्यो बदल्ने राजनीतिज्ञहरुले हो । तर, जे बदल्नुपर्ने हो, त्यो ठाउँमा हाम्रा नेताहरु छँदैछैनन् । मन्त्री भएपछि फाइल सदर गरेर बस्छन्, मुलुक बनाउने सोच उनीहरुमा छैन ।

हामीकहाँ योजनावद्ध विकास भने पनि त्यो कागजमै सीमित रहेछ । कागजमा योजना बनाउने, तर, कामचाँहि मन लागेको सजिलो र पहुँचको काम गर्ने । जस्तो कि हर्क गुरुङकै पालामा चारवटा ठाउँमा उत्तर र दक्षिण बाटो बनाउनुपर्छ भनेको रहेछ । त्यतिबेलै यो योजना पूरा भएको भए नेपाल अहिले कहाँ पुग्थ्यो होला ? तर, एउटा योजना बनाउने, काम अर्को गर्ने । बनाएको योजनालाई कहिल्यै कार्यान्वयन नगर्ने ।

हाम्रो कानून पनि ठीक छैन । हरेक मान्छे चोर छ, खराब छ भन्ने सोचेर कानून बनाइएको छ । चोरले त बाटो छलेर पनि आफ्नो काम गर्छ । असल मान्छे चाँहि के गर्छ भने कानूनले दिएन भनेर काम नगरी बस्छ ।

उदाहरणका लागि सार्वजनिक खरीद ऐनको कुरा गरौं । राज्यले सम्पूर्ण वस्तु र सेवा कसैमार्फत् खरीद गर्नुपर्छ । यो संसारभरिको प्रचलन हो । यसरी खरिद गर्दा जसले सबैभन्दा कम दाममा बनाउँछु भन्छ, उसले ठेक्का पाउने हो । अहिले डरलाग्दो के देखिएको छ भने तोकिएको रेटमा ५८ प्रतिशतसम्म कम गरेर ठेक्का लिन्छन् । ठेक्का हातमा पार्नेमात्रै उसको उद्देश्य हुन्छ । हातमा पारेपछि उसले अनेक दाऊ सोचिराखेको हुन्छ । हामीकहाँ निर्माण व्यवसायीको क्षमतामाथि पनि प्रश्न छ । उसले राम्रो क्वालिटी दिनै सक्दैन । तोकिएको दरभन्दा यति कम गर्न नपाइने भन्ने कुनै व्यवस्था छैन । यसलाई हामीले संसोधनका लागि पठाएका छौं ।

अर्को, उसले राम्रोसँग काम गरेन भने ब्ल्याक लिष्टमा राखेर त्यसलाई जवाफदेही बनाउने गरिएकै छैन । अनुगमन गर्ने किाय असाध्यै कमजोर छ । कुनैपनि सरकारी कार्यालयमा दक्ष अनुगमन गर्नेहरु जानै चाहन्नन् । सानो एउटा कोठामा बसिराखेका हुन्छन् । अनुगमन गर्नेले पनि हेरेर आउँछ, त्यसलाई कारवाही गर्न सक्दैन ।

आजसम्म हाम्रो राज्यले जति पनि विकास किन्यो, त्यसबाट राम्रो उपलब्धि लिएको उदाहरण असाध्यै कमजोर छ । त्यढसकारण हामीकहाँ ठूला परियोजना, प्राथमिकता प्राप्त आयोजनाहरु समयमा सम्पन्न हुँदैनन् । अलपत्र परेर बसेका हुन्छन् । कहिल्यै सम्पन्न हुँदैनन् ।

हामीकहाँ पञ्चायतले के विकास गरिदिएको रहेछ भने सबै जनप्रतिनिधिका नाममा योजना हालिदिने । पाँच लाख, दुईलाख, एक लाखका योजना हालिदिने । ती कहिल्यै पूरा हुँदैनन् । अर्कोतर्फ जुन योजनाहरु तलबाट छनोट भएर आउँछन् र सर्वे भइसकेका हुन्छन्, तिनीहरु योजनामा पर्दैनन्, केही पनि नभएका खल्तीका चाँहि पर्छन् । ती काम सम्पन्न हुन सक्दैनन् ।

मानिलिउँ एउटा खोलामा पुल हाल्ने भन्ने योजना आयो । खल्तीबाट निकालेर आएको त्यो योजनाको लागत इस्टिमेट गर्नुपर्‍यो, सर्बे गर्नुपर्‍यो । के यो वर्षमा सकिन्छ ? सकिँदैन । अर्को वर्ष अर्को कुन नेता आउँछ र अर्कै खल्तीबाट योजना निकाल्छ । राज्यको पैसा यसैगरी खर्च भइरहेको छ । एकातिर भइरहेको खर्चको पनि अनुगमन छैन, अर्कोतिर अनावश्यकरुपमा खर्च भइराखेको छ । यहाँनेर समस्या छ । अनावश्यकरुपमा धेरै योजना बनाउने अनि एउटै पनि सफल नबनाउने ।

अर्को हाम्रो समस्या विकासको छनोट पनि हो । हाम्रा प्राथमिकता के हुन् ? हामी कहिल्यै पनि छनोट गर्दैनौं । इलेक्टि्रसिटीमा हामीले किन ध्यान दिँदैनौं ? सय वर्षको इतिहास बोकेको विद्युत प्राधीकरण ७ सय मेघावाट बिजुली बोकेर बसेको छ ।

हामीकहाँ अर्को समस्या के देखिन्छ भने काम गरेर बिगि्रइसकेपछि निर्णय गरिन्छ । जस्तो काठमाडौंको सडकलाई हेरे हुन्छ । अहिले हामीले काठमाडौं र कर्णालीको विकास रणनीति बनाउन भनेका छौं । अहिलेसम्म कर्णालीको पनि विकास रणनीति छैन, काठमाडौंको पनि छैन । मुख्यसचिव, सचिवले जहाँ त्यहीँ घर बनाउँदै जाने अनि आफ्नो पहुँचले बाटो पुर्‍याउँछन् । कुनै प्लानिङ छैन । दोस्रो रिङरोड किन बन्न सकेन ? किनभने हामीले भाषण राम्रा राम्रा गर्‍यौं तर त्यसप्रति गम्भीर भएनौं । मेलम्चीको कथा यस्तै छ । अहिले हामीले त्यसलाई हेरिरहेका छौं ।

यदि सरकारले गरेको निर्णय कार्यान्यवय गरिदिएको भए काठमाडौंका बाटाका यी घरहरु भत्काउनै पर्ने थिएन । एउटाले बनायो, अर्कोले बिगार्छ ।

विकाससम्बन्धी अर्को समस्या भनेको आर्थिक उत्पादन वृद्धिसँग जोडिएर विकास गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । हामीले औद्योगिक करिडोर निर्माण गर्नुपर्ने । उर्जामा ध्यान दिनुपर्ने । कृषिमा ध्यान दिनुपर्ने । कति दुर्भाग्य छ हाम्रो ? १०४ वर्ष भयो, काठमाडौंबाट मधेस झर्ने कान्ति राजपथ बाटोको रेखाङ्कन भएको । त्यो आज केही पनि कम्प्लिट छैन । कान्ति राजपथ वन् वे छ । फास्ट ट्रयाक अलपत्र छ । सुरुङमार्ग त्यसै बसेको छ । १०४ वर्षमा यहाँ कहाँनेर गम्भीरता छ ?

त्यसैले गर्दा विकासको समस्या भनेको प्राथमिकता पहिचान हो । गर्नुपर्ने मुख्य काम कहाँबाट हो, त्यो छैन । राजनीतिक प्रतिवद्धता नभएको हो । लिडरसीपको अभाव छ । अस्थिरता छ । त्यसपछि भ्रष्टाचार । विकास हुन नसक्नुको कारण भ्रष्टाचार पहिलो होइन । काम नगरिकन भ्रष्टाचार गर्न खोजिन्छ ।

अर्को के छ भने काम नगर्दा शरु दण्डित भइन्न, काम गर्दा बिगि्रयो भने दण्डित भइन्छ । त्यसकारण हाम्रोमा सिस्टम के भैदियो भने काम नगर्नु पनि जिम्मेवारी पूरा नगर्नु हो भन्नेे भएन । यो पनि एक प्रकारको टाइम करप्सन हो । यस्ता समस्याहरु छन् हामीकहाँ ।

(कुराकानीमा आधारित)

यो लेख २०७१ माघ २७ गते अनलाईन खबर मा प्रकाशित छ