Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
थ्रिस्टारलाई आहा-राराको उपाधि

News

थ्रिस्टारलाई आहा-राराको उपाधि

By Dhurba Pokharel

February 15, 2015

पोखरा २ फाल्गुन – थ्रिस्टार क्लबले पोखरामा जारी आहा-रारा गोल्डकपको उपाधि हात पारेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनलमा चिरचरिचित मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । चिरपरिचित थ्रि स्टार क्लवले प्रतिद्धोन्दी लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव माथि कठिन जित हासिल गर्दा १३ संस्करणको आहा ! रारा गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

थ्रिस्टारको जितमा सन्तोस साहुखलले खेलको २२औ मिनेटमा गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्यो। थ्रिस्टारले उपाधिसँगै नगद ३ लाख ५१ हजार जितेको छ। उपविजेतामा  मनाङले दुईलाख १ हजार रुपियाँ हात पारेको छ।

विजेता खेलाडीहरुको टिमलाई प्रमुख अतिथि संसदीय समिति अन्तर्गतको विकास समितिका सभापति तथा सभासद रविन्द्र अधिकारीले पुरस्कार प्रदान गरेका थिए । प्रमुख अतिथि अधिकारीले खेलकुदले व्यक्तिलाई क्रियाशील, अनुसासित बनाउने, तथा बिश्व सामु नेपाललाई चिनाउने काम गर्छ, गरिरहेको छ । अधिकारीले बिजेता टिमलाई धन्यबाद ब्यक्त गर्दै पोखरामा खेल मैदानको आवश्यकतालाई निर्माण गर्न आफुले सक्दो सहयोग गर्ने बताए ।

उक्त अवसरमा क्लवका निवर्तमान अध्यक्ष विक्रम थकाली र सहारा युकेका संस्थापक अध्यक्ष नविन गुरुङलाई सहाराको गतिविधि अघि बढाउन उल्लेखनिय रुपमा सहयोग गरेको भन्दै सम्मान गरीएको हो । संसदीय विकास समितिका सभापति तथा सभासद रविन्द्र अधिकारी, क्लवका अध्यक्ष विरभद्र आचार्य, क्लवका संस्थापक अध्यक्ष वसन्त थकालीले सम्मान पत्रको साथमा दोसला तथा फुलमालाले सम्मान गरेका थिए ।

पोखरा रंगशालामा शनिबार दश हजार भन्दा बढी दर्शकहरु माझ भएको फाईनल खेलमा थ्रि स्टारले मनाङ माथि १–० को कठिन जित निकाल्दा, आहा राराको ईतिहासमा मनाङ बिरुद्धको तीन वटै फाईनल खेलमै थ्रि स्टारले जित हासिल गर्न सफल भएको छ । विजेता थ्रि स्टारले उपाधि सहित ३ लाख ५१ हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता भएको मनाङले दुई लाख एक हजारमा चित्त बुझाउनु पर्यो  ।

 

गत बर्षको आहा रारामा आयोजक सहारा क्लवसंग फाईनल खेलमा पराजित हुदै उपविजेता भएको मनाङले यष बर्ष पनि फाईनल खेलमा पाएका केहि राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामै सिमिति रहनु पर्यो ।

प्रतियोगितामा सर्वउत्कृष्ट खेलाडी थ्रि स्टारका बिजय गुरुङ घोषित भए । उनले एक थान टि.भि.एसको मोटरसाईकल पुरस्कार प्राप्त गरे । त्यसै गरी प्रतियोगितामा सर्वाधिक गोल कर्ताको उपाधि मनाङका अनिल गुरुङ र सुजल श्रेष्ठले बाँढे । प्रतियोगितामा उत्कृष्ट स्टाइकर मनाङका अनिल गुरुङ, घोषित भए । अनुसासित टिममा भने सुदुरपश्चिमाञ्चल घोषित भयो । विभिन्न विधामा पुरस्कृत भएकाहरुलाई ट्रफीका साथमा नगद १० हजार पुरस्कार प्रदान गरीएको छ । माघ २२ गते देखि सुरु भएको प्रतियोगितामा दुई विदेशी सहित १२ टिमको सहभागिता रहेको थियो ।