Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको सिलन्यास फाल्गुन तेश्रो साता

News

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको सिलन्यास फाल्गुन तेश्रो साता

By Dhurba Pokharel

February 14, 2015

पोखरा फाल्गुन २ – पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको बैठक आज समितिका संयोजक सभासद रबिन्द्र अधिकारीको अध्यक्षतामा बसेको थियो । बैठकमा संयोजक अधिकारीले हाल पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल आयोजनाको लागि थप जग्गा अधिग्रहण सम्बन्धमा भएका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

विमानस्थलको एप्रोज लाईटको ८०.३२ रोपनी जग्गा अधिग्रहण मुआब्जा वितरण सहज बनाउन र बिना झन्झट मुआब्जा उपलब्द गरिने हुदा मुआब्जा लिन बाँकी जग्गादाता सबैलाई मुआब्जा बुझ्न आब्हान गरिएको छ ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल हामी सबैको साझा सपना हो र यो सपना पुरा गर्न पून:ह हामी एकजुट हुनु पर्ने संयोजक रबिन्द्र अधिकारी बताए ।

बैठकमा सदस्यहरु बिच प्रतिबेदन प्रस्तुत गर्दै संयोजक अधिकारीले भने विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण हुदा पुन: (दुई पटक) विस्थापित जग्गा धनीहरुलाई उनीहरुको माग बमोजिम जग्गाको साटो जग्गा नै उपलब्ध गराई उच्चित निर्णय लिनुपर्ने बताए ।

सोहि बैठकमा हाल सम्मका प्रगति पूर्ण सन्तुस्ट पर्न नसकेपनि पोखरा विमानस्थल निर्माणका धेरै साना लाग्ने तर महत्वपुर्ण काम हरु अगाडी बढेको बताउदै विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिका संयोजक सभासद रबिन्द्र अधिकारीले विमानस्थलको पानि निकास हुने स्थायी नयाँ नाली निर्माणको काम अगाडी बढेको, विमानस्थल निर्माणका लागि आवश्यक माटो परिक्षण सम्पन्न भएको, संगै विमानस्थले पार्न सक्ने सम्भावित वातावरणीय प्रभाव मूल्यांकनको चरणको काम अगाडी बढीसकेको र विमानस्थलले पार्ने प्रभावित क्षेत्रलाई गुरुयोजना निर्माण गरि काम अगाडी बढाउन सभासद सारद पौडेलको अध्यक्षतामा समिति गठन गरिएको जानकारी गराए । प्रतिबेदनमा अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरण र China CAMC Engineering Co. Ltd बिच Commercial Contract Agreement भई आवश्यक रकमको व्यवस्थाका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट चिनिया सरकारमा Loan Application पठाइएको र दुबै सरकार बीच फाल्गुनको तेश्रो हप्ता Loan Negotiation र तत् पश्चात Loan Agreement कार्य सम्पन्न भएको मिति वरपर उपयुक्त दिनमा यस क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको सिलन्यास गरीने जानकारी दिए । विमानस्थललाई आवश्यक थप जग्गा अधिग्रहणको सुचना निकाल्ने तयारी अन्तिम चरणमा पुगेको सोहि बैठकमा बताइएको छ ।

श्रोत : सचिवालय