Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
महिलामा मानवीय सेवाको भावना बढी हुन्छ 

News

महिलामा मानवीय सेवाको भावना बढी हुन्छ 

By Krishna

December 26, 2014

सभासद एवं संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीले महिलामा सामाजिक एवं मानवीय सेवाको भावना बढी हुने गरेको बताउनु भएको छ । सहयोग गर्ने धन भन्दा मन पहिला चाहिने भन्दै त्यस्तो मन महिलामा बढि हुने गरेको उहाँको बुझाइ छ ।

हामी नारी एक हौं भन्ने उद्देश्यका साथ स्थापना भएको नारी सेवा समिति कास्कीले लेखनाथको श्री कृष्ण प्रणामी वृद्धा तथा बाल आश्रमलाई लत्ता कपडा, नगद र खाद्यान्न सहयोग गर्ने कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका सभासद अधिकारीले सो कुरा बताउनु भएको हो ।

उहाँले विभिन्न अवस्थाबाट वृद्धा आश्रमको शरणमा आएकाहरुको सम्मानजनक बाँच्न पाउने अधिकारलाई ग्यारेन्टी गर्नु पर्ने बताउनु भयो । वृद्धाआश्रममा आइसकेपछि हामी सबै उहाँहरुकै सन्तानहौं त्यसैले जे सक्छौ त्यो सहयोग गर्नुपर्छ , यो सामाजिक सँगै नैतिक दायित्व पनि हो उहाँले भन्नु भयो ।

नारी सेवा समितिकी अध्यक्ष सीता बरालले मानवीय सेवा नै धर्म हो भन्ने भावनालाई जागृत गर्दै वृद्धाआश्रमलाई सहयोग गरेको बताउनु भयो । उहाँले बाबुआमा वृद्धा वृद्धा भएपछि छोरा छोरीले आफ्नो कर्तब्य विर्सदै जानु हाम्रो समाजको दुखदायी अवस्था भएको बताउनु भयो । माया ममता र हेरचाह चाहिने बेलामा वृद्धा बाबु आमाहरु एक्लिन बाध्य भएको भन्दै ज्येष्ठ नागरीकको अधिकारलाई संरक्षित गर्नु सबैको दायित्व भएको बताउनु भयो

सोही अवसरमा नारी सेवा समितिका सदस्य एवं समाजसेवी प्रभा कार्कीले आफ्ना स्व। ससुरा अमर कार्कीको सम्झनामा रु दश हजार नगद सहयोग गर्नुभयो । पोखरा उद्योग बाणिज्य संघ महिला उद्यमी उपसमतिकी संयोजक विन्दु कोइरालाले वृद्धा बुबा आमाको मन खुशी पार्ने सके सबै सन्तान खुशी हुने बताउनु भयो ।

वृद्धा आश्रमका महेश्वर पाण्डेले एउटा सामाजिक भावना र मानवीय सेवा भएकाहरुको सहयोगले वृद्धाआश्रम चलेको भन्दै नारी सेवा समितिलाई धन्यवाद दिनु भयो । अहिले आश्रममा ८ जना महिला र २ जना पुरुष वृद्धा रहेका छन् ।

राम्जी लम्साल/पोखरा