समितिको कार्यक्षेत्र

सरकारलाई ब्यबस्थापिका-संसद प्रति उत्तरदायी र जवाफदेहि बनाउन सरकारबाट भए गरेका कामकारवाहिको अनुगमन र  मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने ब्यवस्थापिका संसद को संबिधानको धारा ५८ बमोजिम समितिका आफ्ना काम कर्तब्य रहनेछन । 

क. मन्त्रालय बिभाग र अन्तर्गतका निकायहरुको नीति तथा कार्यक्रम, स्रोत परिचालन, ब्यबस्थापन र अरु  यस्तै क्रियाकलाप को   मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस र निर्देशन सहित को वार्षिक प्रतिबेदन सभामा पेस गर्ने ।

ख. मन्त्रालय बिभाग र अन्तर्गतका निकायहरुको राजस्व र व्यय सम्बन्धी अनुमानको जाँच गरि बार्षिक अनुमान तयार गर्ने तरिका, बार्षिक अनुमानमा निहित नीतिको सट्टा अपनाउन सकिने बैकल्पिक नीति र बार्षिक अनुमानमा रहेको रकममा के कति किफायत गर्न सकिन्छ भन्ने सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र आफ्नो राय सहितको वार्षिक प्रतिबेदन सभामा पेस गर्ने ।

ग. मन्त्रिपरिषद्का सदस्यहरुले सरकारको तर्फ बाट सभामा समय समयमा दिएका आश्वासनहरुलाई पुरा गर्न नेपाल सरकार द्वारा के कस्ता कदमहरु उठाईएका छन् सो सम्बन्ध मा अध्यन गरि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र सभामा प्रतिबेदन दिने ।

घ. बिषयसँग सम्बन्धित सरकारी निकायको सार्बजनिक सम्पतिको हिनामिना भए, नभएको अध्ययन, अनुगमन र  मूल्याङ्कन गरि आवश्यक निर्देशन दिने र सभामा प्रतिबेदन पेश गर्ने,

ङ.  सरकार द्दरा प्रचलित एन नियम अनुरुप भए गरेका काम कारबाही बारे सम्बन्धित  निकायलाई आवश्यक छलफल गरी निर्देशन दिने ।

च. सरकार द्वारा समय सयमा गठन हुने छानबिन आयोग/समिति र जाँचबुझ आयोग/समितिहरु द्वारा प्रस्तुत प्रतिबेदन कार्यान्वनको अनुगमन गरि सम्बन्धित निकायलाई आवश्यक राय, सल्लाह र निर्देशन दिने । 

छ. सरकारलाई ब्यबस्थापिका-संसद प्रति उत्तरदायी र जवाफदेहि बनाउन सरकारबाट भए गरेका कामकारवाहिको अनुगमन र  मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने ।