सभासदले बुझाए सभामुखलाई हस्ताक्षर

काठमाडौ, माघ २ – सभामुख सुबासचन्द्र नेम्वाङले अब संबिधानसभाले दलहरुको सहमति पर्खिएर नबस्ने बताएका छन् । आज संबिधानसभा परिसरमा सभासदहरुले बुझाएको हस्ताक्षर बुझ्दै सभामुख नेम्वाङले संबिधानसभा प्रक्रिया अनुसार अघि बढ्ने बताए ।सभ्साद

संबिधानसभाका ४१३ सभासदले बुझाएको हस्ताक्षर बुझ्दै सभामुख नेम्वाङले दलहरुले नचाहेर सहमति नगरेको आरोप लगाए । ‘दुई घण्टामा सहमति गर्छु भन्ने दलहरु सहमति तर्फ अग्रसर भएनन’, उनले भने,’नभएर होइन् नचाहेर सहमति नभएको हो ।’

एमाले सभासद प्रकाश ज्वालाको संयोजकत्वमा संकलन गरिएको हस्ताक्षर अभियानमा दुई स्वतन्त्र सभासद्सहित कांग्रेस, एमाले, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल परिवार दल, बहुजन पार्टी, नेपाली जनता दल, अखण्ड नेपाल पार्टी र जनजागरण पार्टीका सभासदले हस्ताक्षर गरेका छन् ।

सभासद ज्वालाले राप्रपा नेपाल र नेपाल मजदुर किसान पार्टीका सभासदले हस्ताक्षर नगरे पनि प्रक्रियामा गए सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए ।

दलहरुबीच संबिधानका विवादित बिषय र संबिधान निर्माणको प्रक्रियाको बिषयमा सहमति नजुटेपछि अन्यौलका बीच आज संबिधानसभाको बैठक बस्दैछ ।

यसअघि बसेको बैठकमा संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पेश गरिएको थियो ।

साभार : कान्तिपुर दैनिक बाट