रेल्वे यातायातको विकास सम्बन्धि निर्णय

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।९।२१ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ  ।

समितिको आजको बैठकमा नेपालमा रेल्वे यातायातको विकासको संभावना, देशको समग्र आर्थिक विकास एवं भौतिक पूर्वाधारहरुको विकासमा यसले पु¥याउने योगदान एवं नेपालको भौगोलिक अवस्थिति र रेल्वे यातायातको महत्व र उपयोगिता सम्बन्धमा छलफल एवं देहाय वमोजिम निर्णय भयो ः–20150105_094111

१.   नेपालको द्रुततर आर्थिक विकासका लागि रेल्वे यातायातको विकास एवं विस्तार गर्नु अति आवश्यक देखिएकोले रेल्वे यातायातको विकासको लागि आवश्यक पर्ने रणनीति, अन्य नीतिगत अवस्थाका साथै आवश्यक कानुनी व्यवस्था गर्न तथा आगामी आर्थिक वर्ष देखि रेल्वे विकास, विस्तारका कार्यक्रमहरुका लागि आवश्यक यथेष्ट वजेट छुट्याई कार्यान्वयनमा लैजान समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय र रेल विभागलाई निर्देश गर्दछ ।

२.    त्चबलक ब्कष्बल च्बष्धिबथक ल्भतधयचप विस्तार सम्बन्धी अभिसन्धीको नेपाल पक्ष राष्ट्र भएकोले रेलवे  यातायातको ऋचयकक द्ययचमभच ऋयललभअतष्खष्तथ अभिवृद्धि गर्न तथा देशभित्र ज्ष्नज क्उभभम रेल्वे यातायातको संजाल विस्तार गर्न तत्कालै सम्भाब्य आयोजनाहरुकको म्एच् गरी कार्यान्वयनको प्रक्रियामा लैजान र सो को लागि तत्कालै कार्य प्रारम्भ गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देश गर्दछ ।

३.    राष्ट्रिय प्राथमिकताको मेचि–महाकाली रेल्वे आयोजनाको निर्माणको गतिलाई तिव्रता दिन, निर्धारित समयभित्रै कार्य सम्पन्न गर्न तथा यस आयोजनाको प्रगति विवरण हरेक ३÷३ महिनामा समितिमा उपलब्ध गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देश गर्दछ ।

४.    चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा–केरुङ्गको सम्भाव्य रेल लाइनको तत्काल विस्तृत अध्ययन गरी ज्ष्नज क्उभभम रेल्वे लाइनको विकास र विस्तार गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देश गर्दछ । साथै हाल विद्यमान रहेको रेल्वे यातायातको स्तरोन्नति र विस्तार गर्न समेत समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देश गर्दछ ।