बिकास समिति : आफैले गरेका काम तथा प्रगति समिक्षा सम्बन्धि निर्णय

संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७१।९।२० गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकले अहिले सम्म गरेका काम तथा प्रगतिको समिक्षा गर्दै , देहाय बमोजिमको निर्णय भएको  गरेको छ ।20150104_110655

१.    समितिको आजको बैठकमा समितिको क्षेत्राधिकार, समितिले आफ्नो कार्यक्षेत्रका सम्बन्धमा गरेका कामहरुको प्रगति, कार्यसम्पादनका क्रममा देखिएका कमजोरीहरु, समितिको कार्य सम्पादनको प्रभावकारिता अभिवृद्धि गर्ने सम्बन्धमा समितिका सभापति, माननीय सदस्यहरु, सचिवालय, सम्बन्धित निकाय (मन्त्रालय÷विभाग), सञ्चारकर्मीहरुको भूमिका, समितिले हाल सम्म नेपाल सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयन र कार्य प्रगतिको अवस्था साथै दिइएका निर्देशनहरुको परिपालनाको सन्दर्भमा सम्बन्धित निकायले निर्वाह गर्नु पर्ने भूमिका, सवल र कमजोर पक्षहरु र सुधार गर्नु पर्ने पक्षहरुको समग्र समीक्षा तथा मूल्याङ्कन साथै समितिलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा विस्तृत छलफल भयोे ।
२.    छलफल पश्चात सुधार्नु पर्ने कमिकमजोरीहरु तत्कालै सुधार गर्दै समितिले आपूmले गरेका काम कारवाहिहरुको समीक्षा हरेक ४÷४ महिनामा (वा हरेक ३०÷३० बैठक पछि) गर्ने निर्णय भयो ।
३.   समितिले हालसम्म नेपाल सरकारलाई दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्थाको विस्तृत जानकारी लिन सम्बन्धित मन्त्रालयहरुलाई समितिको आगामी बैठकहरुमा आमन्त्रण गरी क्रमशः विस्तृत जानकारी लिने साथै आवश्यकता अनुसार समितिले अनुगमन गर्ने ÷ स्थलगत निरीक्षण गर्ने निर्णय ग¥यो ।
४.    राष्ट्रिय प्राथमिकताका योजनाहरुको कार्यान्वयनका पक्षहरु साथै दुर्गम क्षेत्रको विकासलाई प्राथमिकता दिंदै र भएका विकास निर्माणका कामहरुलाई स्थायित्व दिन आफ्नो क्षेत्राधिकार भित्रका समसामयिक विषयहरु, सार्वजनिक महत्वका विषयहरु, नीतिगत र व्यावहारिक विषयहरुलाई क्रमशः आवश्यकता अनुसार कार्यसूचिमा समावेश गर्दै अगाडि बढ्ने निर्णय  ग¥यो ।
५.    सम्बन्धित मन्त्रालय÷निकायहरुलाई आफ्नो कार्यक्षेत्रमा परेका निर्देशनहरुको कार्यान्वयनको अवस्था, कार्यप्रगतिको विवरण सहितको लिखित प्रतिवेदन एक हप्ताभित्र (मिति २०७१।०९।२७) गितेभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय ग¥यो ।

श्रोत: समितिको सचिवालय