व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७३।४।२१ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।
मिति ः २०७३।४।२१
छलफल तथा निर्णयः
समितिको आजको बैठकमा विकास निर्माणसँग सम्बन्धित ठेक्कापट्टा, सम्झौता, निर्माण आदि पक्षहरुमा सुधार गरी समयवद्धता र गुणस्तरीयता ल्याई संरचनात्मक विकासलाई दिगो प्रभावोत्पादक एवं उपलब्धिपूर्ण बनाउने सम्बन्धमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु, संबद्ध विभागका महानिर्देशकहरु र निर्माण व्यवशायी महासंघ समेतका निर्माण व्यवसायीहरुसँग छलफल भयो । छलफल पश्चात् समितिले देहाय बमोजिम निर्णय तथा निर्देशन ग¥यो ः