संसदीय समितिले तीन पटकभन्दा बढी गल्ती गर्ने सवारी चालकको अनुमतिपत्र निलम्बन गर्न सुझाव दिएको छ । पछिल्ला समयमा भएका कहालीलाग्दा दुर्घटना संगै संसद्को विकास समितिले उप समिति गठन गरि अध्यन गरेको हो ।
व्यवस्थापिका संसदकाे विकास समिति अन्तरगतको उपसमितिले तयार परेको सडक दुर्घटना अध्यनन प्रतिवेदन समितिका सभापति रबिन्द्र अधिकारीले शुक्रबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन् । सवारी दुर्घटना अध्ययन उपसमितिको प्रतिवेदनमा २०२० सम्ममा सवारी दुर्घटनाबाट मृत्य हुनेको संख्या आधा घटाउने लक्ष्य हालिस गर्न गाह्रो रहेको निष्कर्ष निकालेको छ । सभासद शिवजी यादवको संयोजकन मा तयार पारिएको प्रतिबेदनका सदस्यहरुमा सभासद गणेश कुमार पहाडी, आङ्टावा शेर्पा, कल्पना सोब, तुलसा राना, धन बहादुर घले, गणेश सिंह ठगुन्ना रहेका थिए ।
सडक दुर्घटना अध्यनन प्रतिवेदन को पूर्ण विवरण पढ्न यो Link यहाँ थिच्नु होला ।
श्रोत : समितिको सचिवालय