निर्णय नं १ :
यस बर्षका महत्वपूर्ण चाडपर्वहरु जस्तै दशै, तिहार, छठ बकरिद आदिको सिजन शुरु भएकोले यस क्रममा सडकमा यात्रुहरुको आवागमन सघन हुने भएकोले प्रत्येक सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न प्रत्येक विकास क्षेत्रमा सडक यातायात व्यवस्था, डोलिडार विभाग र ट्राफिक प्रहरी निर्देशनालयले निम्नाुसार व्यवस्था मिलाई आआफ्नो कार्यक्षेत्रको कार्ययोजना बनार्ई ३ महिनाभित्र यस समितिमा प्रतिवेदन पठाउनका साथै सर्वसाधारणको जानकारीमा पुग्ने गरी प्रचारप्रसार समेतको व्यवस्था मिलाउन निर्देशन गरिन्छ :
(क) केन्द्र तथा क्षेत्र तथा जिल्लाहरुमा समन्वय केन्द्र स्थापना गरी सडक, पुल तथा सार्वजनिक सवारीका लागि संचालित सवारी साधनहरुलाई सुरक्षित र सुव्यस्थित राख्ने तथा प्राकृतिक प्रकोपका बेला तुरुन्त परिचालित भै आवगमन सुचारु गराउन आवश्यक मेशिनरीहरु चालु हालतमा तैनाथ गराउने ।
(ख) सर्वसाधरणले यात्रा गर्ने सवारी साधनहरुका टिकटहरु सरल मूल्यका सहज रुपमा उपलब्ध हुने र सुरक्षित रुपमा गन्तव्यमा पुयाउन सबै व्यवस्था मिलाउने र यस सम्बन्धी यात्रुहरुका पिरमार्का र गुनाशा सुनी तत्कालै कार्य क्षेत्रको समस्या समाधान गर्न सक्ने अधिकार भएको ज्भउि म्भकप हरु आवश्यकीय सबै स्थानमाहरुमा व्यवस्था गर्ने ।
(ग) जिल्लास्थित सडक पुलहरु त्यहाँ चल्ने सवारी साधन अनुकूल आवश्यक मर्मत संभार तुरुन्त गर्न सक्ने व्यवस्था संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गका जि.वि.स.हरु तथा डोलिडार विभागले स्थायी व्यवस्था मिलाउने ।
(घ) ट्रापिक प्रहरी निर्देशानलयले प्रचलित ऐनका प्रावधानहरु सार्वजनिक सवारी साधन परिचालनमा कडाइका साथ परिचालन गराउन केन्द्र, क्षेत्र, जिल्ला तथा महत्वपूर्ण राजमार्गहरुमा उच्च सतर्कता साथ अनुगमन, निरीक्षण तथा पेट्रोलिङ्गको व्यवस्था गरी सवारी जोखिम निराकरण गर्नुका साथै यात्रु वर्गको सुरक्षाका लागि समेत विशेष व्यवस्था मिलाउने ।
निर्णय नं २ :
दशैको लागि बाटो घाटोको अवस्था तथा राजधानीबाट ओहोरदोहर हुने सवारी साधनको उपलब्धता र सुव्यवस्था सम्बन्धमा निम्ननुसारको मा. सदस्यहरु हुनु भएको एक अनुगमन टोली गठन गरी वहाँहरुबाट प्राप्त प्रतिवेदन मा छलफल गरी सम्बन्धित निकायलाई आवश्यक कार्यार्थ निर्देशन दिने निर्णय गरियो –
मा. श्री राम कुमार भट्टराई
मा. श्री रामचन्द्र पोखरेल
मा. श्री सन्त कुमार थारु
मा. श्री रन्जना सरकार
मा. श्री इश्तियाक अहमद खान