संविधानसभा÷व्यवस्थापिका–संसद, विकास समितिको मिति २०७२।०४।१४ गते सभापति मा० श्री रविन्द्र अधिकारीको सभापतित्वमा बसेको बैठकमा देहाय बमोजिमको निर्णय भएको छ ।
छलफल एवं निर्णय ः
व्यवस्थापिका–संसद, विकास समितिको आजको बैठकमा काठमाडौं–तराई÷मधेस (निजगढ) द्रुतमार्ग ९ँबकत त्चबअप० निर्माण सम्वन्धमा हालसम्मको कार्य प्रगति एवं समितिले दिएको निर्देशनहरुको कार्यान्वयनको अवस्थाका सम्बन्धमा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष, अर्थ मन्त्रालय लगायत सम्बद्ध पदाधिकारीहरुसँग छलफल भयो । छलफल पश्चात समितिले देहाय बमोजिम निर्देशन दिने निर्णय गर्यो ः १. काठमाण्डौ–तराई÷मधेश (निजगढ) द्रुतमार्ग निर्माण गर्ने सम्वन्धमा यस विकास समितिले विभिन्न मितिका (मिति २०७१।०६।०८ को वैठक, २०७१।०६।२६को वैठक, २०७१।११।१७ को सुशासन तथा अनुगमन समितिसंगको संयुक्त वैठक, तथा काठमाण्डौ–तराई÷मधेश (निजगढ) दु्रतमार्ग सम्वन्धी मिति २०७१।१२।०२ लगायतका )वैठकहरुले दिएका निर्देशनहरु बमोजिम कार्यसम्पादन गर्न गराउन समिति नेपाल सरकार, भौतिक पुर्वाधार तथा यतायात मन्त्रालय, अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई गम्भिरतापुर्वक निर्देश गर्दछ । २. काठमाण्डौ–तराई÷मधेश (निजगढ) द्रुतमार्ग तथा राष्ट्रिय प्रथामिकता प्राप्त योजनाहरु कार्यान्वयन गर्दा प्रारम्भ देखि अन्त्यसम्मका चरणहरुमा पारदर्शिता कायम गर्न, राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखि देशको अधिकतम हित हुने गरि द्रुत गतिमा परिणाममुखि कार्यसम्पादन गर्न, जनस्तरमा देखिएका चासोहरुलाई जवाफदेहिताका साथ संम्वोधन गर्न, राष्ट्रिय प्रथामिकता प्राप्त योजनाहरु कार्यान्वयनमा लगानी लगायतका विषयमा स्पष्ट दृष्टिकोण राखी कार्यसम्पादन गर्न समिति नेपाल सरकार, भौतिक पुर्वाधार तथा यतायात मन्त्रालय, अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देश गर्दछ । ३. काठमाण्डौ–तराई÷मधेश (निजगढ) द्रुतमार्ग तथा अन्य राष्ट्रिय प्राथमिकता प्राप्त योजनाहरु कार्यान्वयन गर्दा कामको गुणस्तरमा गम्भिरतापुर्वक ध्यान दिन तथा यस्ता आयोजनाहरुमा लगानीको वन्दोवस्त कसरी गर्ने भन्ने सम्वन्धमा स्पष्ट सोच तय गर्न समेत समिति नेपाल सरकारलाई निर्देश गर्दछ ।
सचिवालय