Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1054

Warning: array_key_exists() expects parameter 2 to be array, null given in /home/rabindraadh/public_html/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 1081
कहाँ छ हाम्रो कान्छो पुस्ता ?

Articles

कहाँ छ हाम्रो कान्छो पुस्ता ?

By Dhurba Pokharel

December 30, 2013

कवि भूपि शेरचनले भनेझैँ हामी नेपाली क्यारेमबोर्डका गोटी… कसैले हानीदिनुपर्ने कसैले मिलाइदिनुपर्ने… बाध्यताका देशमा छौँ । हामी बारम्बार नेपाली नेतालाई यी शब्दले घोच्ने गर्छौं । तैपनि नेताहरू कानमा तेल हालेर बस्छन् । यस्तो अवस्थामा मुलुकले नयाँ पुस्ताबाट अपेक्षा गरेको छ, तर नयाँ पुस्ताले आफूलाई त्यो रूपमा अगाडि ल्याउन सकिरहेको छैन ।

हाम्रो पहिलो पुस्ताले पर्याप्त मात्रामा सत्ता र सुविधा भोगिसक्यो । बिगारेको दोष बोक्दाबोक्दा हैरान भएको यो पुस्ताका केही नेतामा अन्तिममै भए पनि केही राम्रा काम गरिदिएर दोषको भारी बिसाउन पाए हुन्थ्यो भन्ने भए पनि यो स्वार्थको गोलचक्करबाट उम्किन सक्ने स्थिति देखिन्न । दोस्रो पुस्ता पनि आफ्नो सुरक्षित भविष्य चाहन्छ । ऊ न त खतरा मोल्न तयार छ न त्याग गर्न नै । तर, यो पुस्तामा दृष्टिकोण भने छ । यो पुस्ता बारम्बार एकताको कुरा त गर्छ, तर विभिन्न स्वार्थले एकताका उद्देश्यलाई टुटफुट पारिदिन्छ ।

यसपछिको तेस्रो पुस्तामा केही अपवादबाहेक अध्ययनशीलता र राजनीतिक दृष्टिकोण निकै कमजोर छ । दोस्रो पुस्ता पञ्चायतकालीन विद्यार्थी आन्दोलन र बहुदलका प्रारम्भिक वर्षमा विकास भएको अध्ययनशील, अनुशासित र समर्पित पुस्ता थियो । तर, तेस्रो पुस्ता बहुदलीय व्यवस्थाका विकृत वर्षहरूमा हुर्कियो । ०६२/६३ को आन्दोलनमा जुझारू भूमिका खेलेको भए पनि यो पुस्तामा अराजकता हावी देखिन्छ । राजनीतिक सक्षमताभन्दा पदीय चाह बढी देखिन्छ । यहाँ हामी नयाँ पुस्ताको कुरा गर्न गइरहेका छौँ । यो चौथो पुस्ता हो । यो भर्खरै स्कुल शिक्षा पूरा गरेको पुस्ता हो । यो पुस्ता आफ्नो विषय अध्ययनमा योग्य छ । यो पुस्ता करिअर उन्मुख छ । विशेषतः सहरी क्षेत्रमा यो पुस्ताले राम्रो शिक्षा हासिल गर्ने मौका पनि पाएको छ । यो पुस्ताले राजनीतिलाई आलोचनात्मक ढंगले हेर्छ । यो पुस्ता प्रविधि र सञ्चारसँग साक्षर भएको हुनाले संसारमा भएको विकासक्रमलाई छिटोसँग बुझ्ने क्षमता पनि राख्छ । यो पुस्ता नचाहिँदो राजनीतीकरणमा नगएको हुँदा असल कुरालाई समर्थन गर्ने र खराब कुराको विरोध गर्ने पुस्ताका रूपमा उदाउने सम्भावना छ ।

एक सर्भेक्षणले के देखाउँछ भने संविधानसभाको चुनावको अन्तिम सातासम्म पनि करिब ४० प्रतिशत भोट अनिणर्ीत थियो । द्वन्द्वकालमा हुर्किएको यो पुस्ता देशमा शान्ति र स्थायित्वका लागि व्यग्र थियो । यिनीहरूको माओवादीसँग कुनै साइनो नभए पनि शान्तिको चाहनाले धेरै भोट उनीहरूलाई नै गयो । संसार देख्न र हेर्न चाहने यो पुस्ता अलि महत्त्वाकांक्षी पनि छ । अहिलेको संविधान निर्माण र राज्य पुनर्संरचनाका लागि चलिरहेको द्वन्द्व र झैँ-झगडाबाट यो पुस्ता किंकर्तव्यविमूढ छ । सत्ताका कुचक्रसँग यसको कुनै साइनो छैन । यो पुस्तालाई शान्ति, संविधान, स्थायित्व र विकास चाहिएको छ । यो पुस्तालाई देशमा चलिरहेको जातीय वैमनश्य र अविश्वासप्रति पनि कुनै रुचि छैन । यो पुस्ताले के बुझेको छ भने असल साथी र असल छिमेकी कुनै एउटै जातका हुनै सक्दैनन् । असल भावना र असल काम गर्ने कुरा मान्छेले हो जातले होइन । यो पुस्ता खुला विचारको छ । यो पुस्ताले के बुझेको छ भने एउटा बगैचाको वरिपरि एउटै खालका फूल हुनुभन्दा फरक-फरक फूल हुनुको शोभा बेग्लै हुन्छ । यसले नेपालीको भाग्य र भविष्य आपसी सद्भाव र सहयोगमा आधारित छ भन्ने पनि बुझेको छ । त्यसैले यो पुस्ता देशलाई बढी माया गर्ने खालको छ । के भन्न सकिन्छ भने आउने चुनावमा यो पुस्ता निणर्ायक हुनेछ । यसले पार्टी भोटभन्दा पनि पुस्ते भोट हाल्नेछ । त्यो यस्तो पुस्ते भोट हुनेछ जसले नेपालको विकास, स्थायित्व, राष्ट्रिय सद्भाव र अखण्डतालाई ग्यारेन्टी गरोस् । त्यसैले आजको युवा राजनीति चौथो पुस्तालाई हेरेर दिशानिर्देश गर्न जरुरी छ ।

देशको अवस्था सकारात्मक दिशामा गयो भने यो पुस्ता अबको एक दशकमा देशका विभिन्न संयन्त्रमा निणर्ायक हुनेछ र देशको सुन्दर भविष्य बनाउने जिम्मा उसको काँधमा हुनेछ । नेपाली समाज मूलतः सद्भावमा आधारित समाज हो भन्ने कुरा अहिलेको युवा आन्दोलनले युवा पुस्तालाई स्पष्टसाथ बताइदिनुपर्छ । थारू, दलित, मधेस र जनजाति पछाडि परेको तथ्यको सही समाधान वर्गीय दृष्टिकोणबाटै हुनसक्छ । यो देश सबैको साझा फूलबारी हो । नेपाल एकीकरण गर्न पृथ्वीनारायण शाहजत्तिकै भूमिका जनजातिको पनि छ । नेपाली भाषाका आधारशीला भानुभक्तलाई मानिए पनि यसको विकास र प्रवर्द्धन गर्नेहरू कालिम्पोङ र दार्जलिङका राई र प्रधानहरू हुन् । नेपालको भूगोल, समाज र जातीय बनोटलाई गहिरोसँग बुझ्ने डा. हर्क गुरुङले भनेका छन् कि जनजाति लेकाली खाली पाखो जग्गा र सिकारयोग्य भूमि खोज्दै पूर्वबाट पश्चिमतर्फ गएका हुन् भने आर्यनहरू खाली नदी किनार, बेसीमा आवाद गर्दै पूर्वतिर गएका हुन् । उनीहरूले कहिल्यै एक-अर्कालाई अतिक्रमण गरेनन् र आपसी सद्भावको समाज निर्माण गरे । चर्चित लेखक जगदीश घिमिरेले लेखेझैँ नेपाली समाजलाई दक्षिण अमेरिकामा आदिवासीलाई समाप्त गरेर अर्को जाति अस्तित्वमा आएको कुरासँग कुनै हालतमा तुलना गर्न मिल्दैन । हाम्रो युवा पुस्तालाई भन्नैपर्छ नेपाली माटोमा फुलेका सुन्दर फूल विभिन्न प्रकारका छन् र ती एउटै बगैचामा राम्रोसँग फुल्न सक्छन् । बुद्धदेखि जनक, सीता-भृकुटीदेखि योगमाया, पृथ्वीनारायण शाहदेखि अमरसिंह थापा, भानुभक्तदेखि इन्द्रबहादुर राई, नारायणगोपालदेखि अमर गुरुङ, हर्क गुरुङदेखि पारिजातहरू सबै हाम्रै माटोमा फुलेका सुवास हुन् । फुल्न नसकेका फूललाई ठाउँ दिन आवाज उठ्नु स्वाभाविक छ । हिजोसम्म देशमा हालीमुहाली गरी मुलुकलाई जर्जर बनाउँनेहरू र आज जातीय द्वन्द्वका बीज छर्दै नयाँ जमिनदारी खोज्नेलाई युवाले नांगेझार पार्नैपर्छ । युवा आन्दोलनले अबको राजनीतिक बाटोबारे प्रस्ट हुनैपर्छ । विश्व परिस्थिति र नेपालको सन्दर्भ हेर्दा आपसी प्रतिस्पर्धा तर सहयोगात्मक मोेडेल नै हाम्रो अगाडिको बाटो हो । जननेता मदन भण्डारीले भनेझैँ जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हो । युवा आन्दोलनले सिद्धान्तको रट लगाएर मात्र पुग्दैन । व्यवहारवादको बाटोले फरक विचारलाई एक ठाउँमा ल्याउन मद्दत गर्छ । यसका लागि प्रजातन्त्रलाई सबैले व्यवहारमा रूपान्तरित गर्नुपर्छ । न्याय, समानता, शान्ति, विकास र मानवता युवा आन्दोलनको मुुख्य लक्ष्य बन्नुपर्छ । यहीँभित्रैबाट हामीले युवा अधिकार, शिक्षा, रोजगार, स्वास्थ्यका समस्या समाधान गर्ने उपयुक्त बाटो पहिल्याउन सक्नेछौँ । अन्याय विभिन्न कालखण्डमा विभिन्न मुखुन्डोमा निर्दोषमाथि अत्याचार गर्न आइपुग्छ । इतिहासको घुमाउरो बाटोलाई मानवता, न्याय र समानताको मापदण्डले हेर्‍यौँ भने यसलाई सरल ढंगले बुझ्न सक्छौँ । ऐतिहासिक कालखण्डमा साम्राज्यवादले गरेका हर्कत र पुँजीवादले गरेका असमानता र शोषणलाई युवाहरू अस्वीकार गर्छन् । त्यसरी नै अहिलेका प्रगतिशील युवा क्रान्तिका नाममा भएका अति र असान्दर्भिकता तिलाञ्जली दिएर अगाडि बढ्ने बाटो पत्ता लगाउँछन् । उनीहरू प्रजातन्त्रलाई आत्मसात् गर्छन् र इतिहासका सच्चाईलाई स्वीकारेर अगाडि बढ्छन् । आजका युवामा इतिहासप्रतिको सम्यक् बुझाइ पनि आवश्यक छ । इतिहासमा माक्र्सदेखि लिंकन, लेनिनदेखि गान्धी र माओदेखि मन्डेलासम्मलाई हामीले सम्यक् ढंगले बुझ्न जरुरी छ । त्यसैगरी हाम्रै इतिहासका बुद्ध र जनकदेखि पृथ्वीनारायण त्यस्तै पुष्पलाल, बिपीदेखि मदन भण्डारीलाई पनि नयाँ पुस्ताले सम्यक् ढंगले बुझ्नु जरुरी छ । नेपाली राष्ट्रिय एकता, अखण्डता र यसको विकासका लागि यस्तो खालको बुझाइ जरुरी छ । कहिले-काहीँ हामी युवाको बाटो क्रान्ति हो कि शान्ति भन्ने भ्रममा पर्छौं । क्रान्ति र शान्ति भन्ने कुरा सापेक्ष कुरा हुन् । नेल्सन मन्डेला युवाकालमा क्रुर र अमानवीय रंगभेदविरुद्ध लड्ने सैन्य छापामार नेता थिए । उनमा माओत्सेतुङ र चे ग्वेभाराहरूको बढी प्रभाव थियो । २७ वर्षे जेलजीवनपश्चात् उनका विचारमा अहिंसा र गान्धीपथको बढी प्रभाव देखिन्छ । सत्य के हो भने मण्डेला दुवै समयमा सापेक्ष थिए र त्यो अपि|mकी जनताको मुक्तिका लागि जरुरी थियो । आज युवा आन्दोलन जमिनदारी सोचाइबाट मुक्त हुन जरुरी छ । क्याम्पस कब्जाका लागि हुने गरेका भिडन्त र हर्कत यसका उदाहरण हुन् । युवा नेतृत्व दृष्टिकोण, पहलकदमी र लोकपि्रयताका आधारमा स्थापित हुनुपर्छ । वामपन्थी थिंक ट्यांकको अखडा रहेको जवाहरलाल नेहरू विश्वविद्यालयको चुनावी प्रक्रियाबाट मात्रै पनि नेपालको स्ववियु आन्दोलनले धेरै कुरा सिक्न सक्छ । राजनीतिक पार्टीमा पनि संयन्त्रमा सधैँ एउटैको कब्जा हुनुपर्छ भन्ने मान्यता निकै गलत हो । नेपालको भावी सत्ता बाँडफाँड र परिचालनका लागि हामी केरेलाको मोडेलबाट सिक्न सक्छौँ । निरक्षरता उन्मूलन, ग्रामीण विकास, भूमिसुधार र पर्यावरण संरक्षणजस्ता मुद्दालाई अगाडि बढाएर वामपन्थी पार्टीले केरलामा समानता र न्यायको जग खडा गरिदिएका छन् । त्यहाँ प्रायः चुनावमा सत्ताको नेतृत्व परिवर्तन हुन्छ । तर, वामपन्थीले अगाडि बढाएका जनपक्षीय एजेन्डालाई कसैले पनि निषेध गरेर जानसक्ने अवस्था छैन । कम्युनिस्ट पार्टीर्ले पनि जनताका बीचमा राम्रो गर्न नसक्दा जनताले सजाय दिन पाउनुपर्छ ताकि सुधारिएर जनताबीच पुनस्र्थापित हुन प्रयत्न गरोस् । राजनीतिक परिवर्तनको कालखण्डमा आन्दोलन नै महत्त्वपूर्ण कुरा हुन्छ । नेपालमा युवा र विद्यार्थी आन्दोलनले स्वाभाविक रूपले त्यो अभिभारा पूरा गरेको छ । भनिन्छ, राजनीतिक परिवर्तनभन्दा समाज र देश निर्माणको प्रक्रिया झनै जटिल र पेचिलो हुन्छ । हामी नयाँ नेपालको सन्दर्भमा गइरहँदा युवा विद्यार्थी आन्दोलनले देशको पुनर्निर्माण र सेवाको मुद्दामा केन्दि्रत हुन जरुरी छ । प्राकृतिक स्रोत साधनले सम्पन्न हुँदाहुँदै पनि हाम्रो देश नेपालमा चर्को गरिबी व्याप्त छ । हामीले त्यसको उपयुक्त सदुपयोग गर्न सकेका छैनौँ । न्यूनतम विकासका पूर्वाधार र सार्वजनिक सेवा जनताबीच उपलब्ध छैनन् । हाम्रा संयन्त्र चुस्त छैनन् । भ्रष्टचार र कुशासन व्याप्त छ । जलवायु परिवर्तनले नेपालको पर्यावरणमा ठूलो असर देखा पर्दै छ र जनजीविकामा आघात पर्न गइरहेको छ । हामीकहाँ ठूला जलस्रोतका योजना, नवीकरणीय ऊर्जाको विकासका निमित्त कस्तो नीति हुने भन्ने कुरा युवाको चासोभित्र पर्न गएको छैन । युवालाई अस्वस्थ राजनीतिमा लगाएर राजनीतिक जागिरदार बनाइँदै छ र उनीहरूको सिर्जनशीलता नष्ट गरिँदै छ । हाम्रा युवा उद्यमशीलताको विषयमा कम चर्चा गर्छन् । हाम्रा विद्यार्थीमा शैक्षिक क्षेत्रमा प्रगतिशील सुधारका विषयमा चासो देखिँदैन । तर, क्याम्पसको ठेक्कापट्टाको विषयमा बढी चासो राख्ने गर्छन् । आज ग्रामीण युवा अरबको मरुभूमिमा थोरै पैसाका लागि पसिना चुहाइरहेका छन् । तर, हाम्रा युवालाई आधुनिक कृषिमा आकषिर्त गर्न सक्यौँ भने देशको उत्पादकत्व बढ्ने मात्र नभई आफ्नै गाउँ ठाउँमा त्योभन्दा बढी पैसा कमाउन सक्नेछन् । ग्रामीण शैक्षिक जागरण, सामाजिक कुरीति र भेदभावविरुद्ध संघर्ष, वातावरण संरक्षण र उद्यमशीलता विकास गर्न आजका युवाले नयाँ जागरणको सुरुवात गर्नैपर्छ । ग्रामीण क्षेत्रका गरिब जनताको सेवा गर्ने मुद्दा केवल विकासे संघ-संस्थाका मुद्दा मात्र बन्नु हुँदैन । यो क्रान्तिकारी र प्रगतिशील युवाको वास्तविक मुद्दा बन्नुपर्छ । बोलिभियामा गुरिल्ला युद्ध सुरु गर्नुअघि स्वयं चे पनि आफू डाक्टर भएर जनताको सेवा गरी उनीहरूलाई प्रभावित गर्न चाहन्थे । कम्युनिस्ट विचारबाट प्रभावित डा. कोट्निस र नर्मन बेथुनले घाइते र पीडित जनताका लागि गरेको सेवा विश्वविख्यात छ । प्रजातन्त्र र प्रतिस्पर्धामा विश्वास गर्ने आजका युवाले योजना पार्ने र खाने अहिलेको तरिकालाई दुरुत्साहित गर्न जरुरी छ । उनीहरूले जनतालाई सेवा गर्नसक्ने नमुना ग्रामीण परियोजना आफ्नै पहलमा विकास गर्न जरुरी छ । वास्तवमै यो कम्युनिस्ट आन्दोलनप्रतिको कठोर टिप्पणी हो र प्रगतिशील युवा आन्दोलनले यस्तो टिप्पणीबाट पाठ सिक्नैपर्छ । आजका युवाले सोच्नैपर्छ कि जनताको सेवा गरेर मात्र भोलि युवा आन्दोलन स्थापित हुन सक्छ । युवा आन्दोलन स्थापित भएर मात्र हाम्रो देश विकसित र सुन्दर बन्न सक्छ ।Rabindra Adhikari, Publish on Nayapatrika Daily.